अनलाइन कक्षामा अभिभावकको निगरानी आवश्यक
कोभिड को कारणले गर्दा बिध्यालय भौतिक रुपमा लामो समयदेखि बन्द छन्। प्रविधिको कारणले गर्दा बालबालिकाको शिक्षालाई निरन्तरता दिन सकेको छ। यो प्रबिधिले दिएको ठूलो देन हो।
प्रविधिलाई प्रयोग गरेर अनलाइन(कक्षा सञ्चालन गरिरहँदा थुप्रै समस्याहरु पनि सँगसँगै आएका छन्। हामी सबैको लागि बिल्कुल नयाँ भएर पनि होला बारम्बार “अभिभावकहरु प्रभावकारी भएन, शिक्षकहरु बाट एकदम गाह्रो छ, बिद्यार्थी कक्षामा हुन्छ तर ध्यान नदिने, सही तरिकाले होमवर्क नगर्ने। कक्षामा बस्दै गेम, च्यात तथा भिडियो
हेर्ने जस्ता गतिविधि गर्ने” जस्ता गुनासो सुनिन्छ। यो आम समस्याको रूपमा देखिएको छ ।अहिले बालबालिका घरमा बसेर अनलाइन पढ्नु पर्ने भएकोले अभिभावकको निगरानी बढाउनु पर्ने हुन्छ। हामी अभिभावकले केही कुरा ध्यान दिएर लागू गर्ने हो भने अनलाइन कक्षाबाट भरपुर फाइदा लिन सकिन्छ।
१. बालबालिका भौतिकरुपमा बिध्यालय जाँदा होस वा अनलाइनमा होस् एउटा दैनिक योजना हुनुपर्छ। दैनिक योजना बनाउँदा अभिभावक र शिक्षकले यो त्यो कुराहरु समावेश गर भन्नु भन्दा, शिक्षक अभिभाबक र बालबालिकाले सल्लाह गरेर बालबालिकालाई नै आफ्नो दैनिक योजना बनाउन लगाउने। कुनै क्रियाकलाप थपघट गर्नुपर्दा, पहिले बालबालिकासँग सल्लाह गरेर उनीलाई नै परिवर्तन गर्न लगाउने।
२. दैनिक योजना बनाई सकेपछि अभिभावकले दैनिकी पालना गरेको छ छैन र पालना गर्न सहयोग गर्ने। कुनै बेला कुनै क्रियाकलाप छुट्टाएर अरु गरेको छ, र त्यसले बालबालिकालाई फाइदा हुने खालको छ भने यस्तो कुरालाई अभिभावकले स्वीकार्नु पर्छ र गर्ने काम छुट्टाएको छ भने नगर्नुको कारण छलफल गर्ने र सहयोग गर्ने।
३.बालबालिकालाई रुटिन अनुसार कक्षामा बस्न व्यवस्था मिलाउने। घरमा खाना, खाजा खाने समय, कक्षाको रुटिन अनुसार व्यवस्थापन गर्ने।
४. दिनदिनै आज कक्षा कस्तो भयो, गृहकार्य वा कक्षाकार्य कस्तो गरिराखेको छ, कापी हेर्ने, छलफल गर्ने, गृहकार्य पठाइसक्यो या बाँकी छ बुझ्ने, सम्झाउने। गृहकार्य वा कक्षाकार्य गर्न अभिभावकको सहयोग चाहिन्छ भने खुसी भएर सँगै काम गर्ने। यसले अभिभावक र बालबालिका बिच सिकाइ आदानप्रदान गर्न र गुणात्मक समय बिताउन मदत गर्छ।
५. समय समयमा बिषय वा कक्षा शिक्षकसँग सम्पर्क राख्ने। बालबालिकालाई कुनै कुरामा कक्षामा असहज भइरहेको छ भने तत्काल सम्बन्धित शिक्षक वा अफिसमा खबर गर्ने।
६. अनलाइनकक्षामा लामो समय स्क्रीन मा हेर्नुपर्ने भएकोले हरेक ब्रेक मा ताजा हावा लिन कौशी तिर वा बाहिर वा भित्र घुमफिर गर्ने। पानी प्रशस्त खाएको छ छैन याद गर्ने, दिनदिनै बिहान संगै व्यायाम गर्ने।
७. दिनदिनै बालबालिकाले चलाउने बिधुतिय उपकरण हेर्ने वा आफ्नो फोन मा पनि लिंक वा कनेक्ट गर्ने, जसले उनीहरुलाई अनावश्यक व्यक्तिसँगको सामाजिक संजाल चलाउन बाट सतर्क गर्छ। आफन्तहरुसँग कुराकानी गराउने, स्वास्थ्यस्थिति बुझ्न लगाउने।
.
प्रायः अभिभावकबाट समय छैन भन्ने कुरा आउँछ हामीले बालबालिका लाई समय दिनुपर्ने नै जन्म देखि वर्षसम्म १८ प्राय अभिभावकहरुले भन्ने गर्नुहुन्छ । हामीले मेहेनत गरेको पैसा कमाएको उनीहरुको लागि हौंू। यदि हामीले अहिले समय दिन सकेन भने, त्यो मेहनत र पैसा खेर जान्छ। हामीले मेहेनत गरेको र कमाएको पक्कै बालबालिकाको लागि हो र हामीले अहिले समय दिन सकेन भने हाम्रो लगानी खेर जान्छ। कुलतमा फसेर बालबालिका बरालिने खतरा धेरै हुन्छ।
अभिभावक अन्तरक्रिया मा एउटा अभिभावकले आनुभव सुनाउनु भएको कुरा उल्लेख गर्न चाहन्छु। बालिका पाँच वर्षको हुनुभयो। अभिभावकले बालिकाले भनेको हरेक कुरा, जस्तै खेलौना, रेष्टुरेन्टबाट खानेकुरा दिने, घुमाउन लाने आदि पुरा गरिदिराख्नु भएको थियो। तर पनि, छोरी “मलाई माया कसैले मलाई कसैले माया गरेन” भनेर गुनासो गर्नु हुँदो रहेछ।
अभिभावक अन्तरक्रियामा उहाँले मायाको भाषाको बारेमा थाह पाउनुभयो र घरमा नानीसँग बसेर कुराकानी गर्नुभयो छोरीलाई अँगालोमा बाँध्नु भयो र काखमा राख्नुभयो, र छोरीले भन्नु भयो आज मामुले कति माया गर्नुभयो। यो कुरा अभिभावकले पछि स्कुलमा आएर सुनाउनु भयो कि, “मेरो छोरीलाई अभिभावकले दिएको समय पो नपुगेको रहेछ।“
भौतिकरुपमा प्राय सबै साथी आफन्त संग टाढा भएर बसिरहँदा अभिभावकले साथीको जस्तो व्यवहार पनि गर्नुपर्ने हुन्छ। ख्ष्चतगब िकक्षाहरु चलिरहदा अभिभावकको सही तरिकाले गरेको मार्गदर्शन र साथले यो समयमा सिकाइ उपलब्धि हासिल गर्न महत्वपूर्ण भूमिका खेल्छ।
0 Comments