December 01, 2023
समाचार

अनल ज्योति बोर्डिङ स्कुलले ग्लोबल सस्टेनेबिलिटी अवार्ड २०२३ मा ३ वटा अवार्ड जितेको छ

अनल ज्योति बोर्डिङ स्कुलले ग्लोबल सस्टेनेबिलिटी अवार्ड २०२३ मा ३ वटा अवार्ड जितेको छ

ललितपुरको ढोलाहिटीको अनल ज्योति बोर्डिङ स्कुलले ग्लोबल सस्टेनेबिलिटी अवार्ड २०२३ मा ३ वटा अवार्ड जितेको छ। स्कूलले २१ औं शताब्दीका सीपहरूलाई बढावा दिन र विश्वव्यापी नागरिक तयार गर्न सिकाइ र परियोजनामा आधारित सिकाइ केन्द्रित गरिरहेको छ। प्रतियोगितामा ५ महादेशका १५+ देशबाट विभिन्न विधामा ४५० भन्दा बढी आवेदन परेको आयोजकले जनाएको छ । विद्यालय, शिक्षक र विद्यार्थीलाई ३ विधामा पुरस्कृत गरिएको छ । अनल ज्योति स्कुलले सबै विधामा ३ अवार्ड जितेको छ ।

1) अनल ज्योति स्कूललाई SDG हिरो नेपाल

2) कक्षा ६ की प्रजिना सापकोटालाई SDG 6- स्वच्छ पानी र सरसफाइमा विद्यार्थी परियोजनाका लागि पुरस्कृत।

3) शिक्षक सुमन शाहलाई SDG 12- Responsible Consumption & Production मा शिक्षक पुरस्कारका लागि सम्मानित।

अवार्ड समारोह १५ र १६ अक्टोबरमा इन्डिया इन्टरनेशनल सेन्टर, नयाँ दिल्ली, भारतमा हुनेछ । अनल ज्योति विद्यालयबाट अवार्ड समारोहमा सहभागी हुन २० विद्यार्थी, ३ शिक्षक र २ अभिभावक नयाँ दिल्ली जाँदैछन् । कार्यक्रम ARCedtech द्वारा आयोजना गरिएको हो जसले UN SDGs, जलवायु शिक्षा र विद्यालयहरूलाई ग्लोबल सिटिजनशिपमा काम गरिरहेको छ।

0 Comments

Leave a comment