-डा. राजेन्द्र केसी
मानिसले सिक्नुपर्ने कुरा कडा परिश्रमी तथा अनुशासित हुनु हो । जो आत्मअनुशासित हुन्छन्, तिनीहरू नै जीवनमा सफल हुन्छन् । म आफू पनि अनुशासित जीवन बिताउँछु । मेरो सपना भनेको शिक्षामा नयाँ ढाँचा लागू गर्नुपर्छ भन्ने हो । शिक्षा विकासको आधार पाठ्यपुस्तकमा मात्र केन्द्रित नभएर विद्यार्थीलाई जीवन जिउने आधारभूत ज्ञान दिन सक्नु हो । यसका लागि विद्यार्थीलाई नजिकबाट नियाल्न आवासको छुट्टै व्यवस्था गरी शिक्षा दिनुपर्छ । विद्यार्थीलाई बिहान उठेदेखि राति नसुतेसम्म नियाल्न सकिएमा राष्ट्रले चाहेजस्तो सक्षम, अनुशासित अर्थात् दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने विचार राख्ने साउथ–वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल राजेन्द्र केसीसँगको कुराकानीमा आधारित सामग्री :
आर्थिक अभावका कारण प्रमाणपत्र तहदेखि नै काम गर्दै पढेको हुँ । त्यो समयमा मेरो जीवन अति कठिन थियो । धादिङबाट काठमाडौं आएर जुन संघर्ष गरेर मैले पढेँ, त्यो जीवनको एउटा हिस्सा बनेर बसेको छ । मैले एमबिए दोस्रो वर्ष पढ्दै गर्दा CEDPA संस्थाको म्यानेजर भएर काम गरी अनुभव बटुलेँ ।
मैले श्री भीमोदय मावि गोरखाबाट एसएलसी पास गरेको हुँ । मलाई आइएस्सी पढ्ने रहर थियो । पाटन संयुक्त क्याम्पसमा नाम निस्केको थियो । विज्ञान पढेर मेडिकल डाक्टर बन्ने रहर थियो, तर आर्थिक समस्याले गर्दा पढ्न पाइएन । त्यसैले पब्लिक युथ क्याम्पस धोबीचौरमा भर्ना भएँ । व्यवस्थापन विषयमा खाली नाफा र नोक्सानको हिसाब मात्र गर्नुपर्दा म व्यवसायी हुन्छु होला भनेर मनमा कता–कता डर पलाएर आउँथ्यो । पछि यही विषयमा राम्रो गर्छु भन्ने प्रणका साथ पब्लिक युथ क्याम्पसमा एमबिएसम्मको अध्ययन पूरा गरेँ । आर्थिक अभावका कारण प्रमाणपत्र तहदेखि नै काम गर्दै पढेको हुँ । त्यो समयमा मेरो जीवन अति कठिन थियो । धादिङबाट काठमाडौं आएर जुन संघर्ष गरेर मैले पढेँ, त्यो जीवनको एउटा हिस्सा बनेर बसेको छ । मैले एमबिए दोस्रो वर्ष पढ्दै गर्दा CEDPA संस्थाको म्यानेजर भएर काम गरी अनुभव बटुलेँ । त्यही अनुभवले ग्रामीण वातावरण तथा विकास संघको स्थापना गरी १६ गाविसलाई कार्यक्षेत्र बनाएर काम गर्न सफल भएँ । त्यसैक्रममा काठमाडौंस्थित बेलायती दूतावासलगायत संघ–संस्थाबाट विभिन्न प्रोजेक्ट आउन थाले । संयुक्त राष्ट्रसंघको कार्यक्रममा निम्तो आयो । म ०५९ सालमा अमेरिका गएँ । पिएचडी त्यतैबाट गर्छु जस्तो लाग्यो । मेरो प्रोजेक्टको टिम थियो । म पिएचडीका लागि दत्तचित्त भएर लागेँ ।
म ०६४ मा अमेरिका छोडेर नेपाल आउँदा मेरो पहिलेको प्रोजेक्ट बन्द भइसकेको थियो । शिक्षामा केही गर्नुपर्छ भन्ने सोचले नयाँ अभियानका साथ टिमसहित ०६७ मा साउथ–बेस्टर्न कलेजको स्थापना गरियो । आज २१औँ शताब्दीकोे शिक्षामा नयाँ नमुना बनाउनका लागि मेरो दैनिक १८ घण्टा यसै प्रोजेक्टलाई दिने गरेको छु । पिएचडी संघ स्थापना गरी संस्थापक अध्यक्ष भएर काम गर्दा समाजको विकासका लागि सानो इँटा थपेको महसुस गर्छु ।
वर्तमानमा शिक्षासम्बन्धी दुई अवधारणामाथि बहस चल्दै आएका छन् । पुरातन अवधारणामा परम्परागत शिक्षा र परम्परागत शिक्षा पद्धतिलाई नै उपयुक्त मानिन्छ । नवीन अवधारणाले प्रचलित शिक्षालाई परिष्कार गरेर व्यक्ति, समाज र राष्ट्रले वर्तमानमा अपेक्षा गरेको ज्ञान, विज्ञान र प्रविधियुक्त शिक्षालाई उपयुक्त मान्दछ ।
हामी अध्ययन र अध्यापनलाई मात्र शिक्षा भन्ने गर्दा रहेछौँ । हामी धेरै अंक, उच्च प्रतिशत वा उच्च ग्रेड प्राप्त गर्नुलाई मात्र गुणात्मक शिक्षा हो भन्ने ठान्दारहेछौँ । हामी डिग्रीको प्रमाणपत्र र लाइसेन्सलाई ज्ञान र विज्ञानको भण्डार भन्ने गर्दा रहेछौँ । हाम्रो समाजमा पनि सूचनाको संग्रह, नोटबुक र किताब बोकेर प्राप्त गर्ने ज्ञानको तीनघण्टे परीक्षाबाट प्राप्त गरेको प्रमाणलाई विद्या मान्ने चलन छ । स्कुल, कलेज र विश्वविद्यालयहरू त काम नलाग्ने सामान उत्पादन गर्ने केन्द्रका रूपमा परिभाषित भएका छन् । नैतिकवान् र विवेकशील तथा सीप, इमान, सुशासन, कर्पोरेटिभ कल्चर, ज्ञान, विवेक, सेवा, उत्तरदायित्व वहन गर्नेजस्ता विशेषतायुक्त शिक्षा पूरै भुलेर अर्कै संसारमा हाम्रो शक्ति आजसम्म खेर गयो । अबको समय भनेको गरिखाने शिक्षा दिने र लिने समय हो । अब देशलाई रोजगारमूलक शिक्षा आवश्यक परेको छ । देशको आवश्यकता र स्रोत–साधनअनुरूपको शिक्षानीति बनाउनु आजको आवश्यकता हो ।
शिक्षाको गुणस्तरका निमित्त आर्थिक विकास आवश्यक छ । आर्थिक विकास शिक्षाको गुणस्तरको मूल आधार हो । विदेश पलायन भएको युवा जनशक्तिलाई देशमा भित्र्याई व्यावहारिक सीपमूलक शिक्षा दिई स्थानीयस्तरमै उद्योग, कलकारखानामा रोजगार दिनुका साथै स्वरोजगारीका लागि मार्गप्रशस्त गरिनुपर्छ । शिक्षणसंस्था आफैँमा रोजगारी उपलब्ध गराउने निकायका रूपमा विकसित हुनुपर्छ ।
शिक्षा र आर्थिक विकास
नेपालबाट शिक्षित तथा लाखौँ अल्पशिक्षित जनशक्ति बिदेसिएका छन् । यो जनशक्ति देश निर्माणमा अहोरात्र खटिनुपर्नेमा विदेशका गल्ली–गल्लीमा दःुख पाइरहेका छन् । यो शक्तिलाई स्वदेश फर्काउने र देशमा स्वरोजगार दिई देश विकासमा सरिक गराउनु आजको मुख्य आवश्यकता र चुनौती हो । यो शक्तिलाई राजधानी र देशका विभिन्न स्थानमा यथोचित व्यवसाय र रोजगारीमा लगाउनुपर्छ तथा लाग्न उत्प्रेरणा प्रदान गर्नेखालको शिक्षानीति हुनु आवश्यक छ । शिक्षाको विकास देशको आर्थिक विकाससँग पृथक् रहन सक्दैन ।
शिक्षाको गुणस्तरका निमित्त आर्थिक विकास आवश्यक छ । आर्थिक विकास शिक्षाको गुणस्तरको मूल आधार हो । विदेश पलायन भएको युवा जनशक्तिलाई देशमा भित्र्याई व्यावहारिक सीपमूलक शिक्षा दिई स्थानीयस्तरमै उद्योग, कलकारखानामा रोजगार दिनुका साथै स्वरोजगारीका लागि मार्गप्रशस्त गरिनुपर्छ । शिक्षणसंस्था आफैँमा रोजगारी उपलब्ध गराउने निकायका रूपमा विकसित हुनुपर्छ । शिक्षाक्षेत्रको परिवर्तनका लागि क्रान्ति आवश्यक भएको छ । विश्वविद्यालयहरूले नयाँ कार्यक्रम सम्बन्धन दिँदा आंगिक र निजी क्याम्पसहरूमा बराबर कोटाको व्यवस्था गरिनुपर्ने र कलेजहरूलाई श्रेणीविभाजन र थप कार्यक्रम दिँदा भौतिक संरचना, कलेजको टिम स्प्रिड, परीक्षाको नतिजा, शैक्षिक तथा मानवीय स्रोत, साधन, अध्ययन–अनुसन्धानको अवस्था तथा कलेजले देशको शैक्षिक उन्नयनमा पु¥याएको योगदानलाई आधार मानेर मूल्यांकन तथा सुपरिवेक्षण प्रतिवेदनका आधारमा श्रेणीविभाजन गरी श्रेणीअनुसारको सेवा–सुविधासमेत तोक्नुपर्छ । निजी स्कुल र कलेजहरूलाई गुणात्मक र दिगो बनाउनका लागि भौतिक पूर्वाधारको व्यवस्थालाई प्रोत्साहन गर्न घर, जग्गालगायत अन्य साधन खरिद गर्दा सरकारी स्कुल र कलेजलाई दिएसरह सुविधा दिनुपर्छ । देशको आवश्यकता तथा स्रोत र साधनअनुसार शिक्षानीति, नियम र पाठ्यक्रम हुनुपर्छ, बनाउनुपर्छ ।
पाठ्यक्रमको स्वरूप
आज आफ्नै देशमा भएका स्रोत र साधनको पहिचान गर्न सक्ने पाठ्यक्रमको आवश्यकता परेको छ । प्रकृतिले हामीलाई हिमाल, पहाड र तराई दिएको छ । यी हाम्रा अमूल्य निधि हुन् । आजसम्म हामीले देशमा भएका हिमाल, कृषि, जलस्रोत, जडीबुटी, जंगल, पर्यटनजस्ता स्रोत र साधनलाई शिक्षाको माध्यमद्वारा उपयोग गर्न सकेनौँ । अबको शिक्षा यी प्राकृतिक स्रोत र साधनलाई चिन्ने र चिनाउन सक्नेखालको हुनु आवश्यक छ । प्रादेशिक शिक्षानीति तथा कार्यक्रम मूलभूत रूपमा राष्ट्रिय शिक्षा कार्यक्रमभन्दा भिन्न नहुने भए पनि प्रदेशसापेक्ष परिवर्तन र विविधीकरणको आवश्यकताअनुरूपको हुनुपर्छ । शिक्षानीति र कार्यक्रममा देखिने प्रभाव (visible effect) नै विकास हो । विकासको परिसूचक नै शिक्षा हो । मानिस कति सक्षम छन्, स्वावलम्बी छन्, व्यवसायी छन् भन्ने कुरा त्यस देशमा कस्तो शिक्षा जनतालाई दिइयो भन्नेमा भर पर्छ । शिक्षालाई व्यावहारिक र व्यावसायिक एवम् वैज्ञानिक रूपमा व्यवस्थित नगर्दासम्म देशको कुनै पनि क्षेत्रको उन्नति असम्भव छ । त्यसको महत्व तब हुन्छ, जब यसले जनताको जनजीविकामा सकारात्मक प्रभाव पार्छ । साधन र स्रोतसँग मेल नखाने सैद्धान्तिक शिक्षाले परिवर्तन र विकास सम्भव छैन । शिक्षा देश, समय र आवश्यकतासँग जोडिएको हुन्छ । कृषिमा आश्रित क्षेत्रमा वैज्ञानिक र व्यावसायिक कृषिसम्बन्धी उपयोगी शिक्षाविना कृषिको उन्नति हुँदैन । कफी, चियाको सम्भाव्य क्षेत्रमा पर्यटकीय विकासका लागि पर्यटन शिक्षा उपयोगी हुन्छ । यसर्थ, प्रादेशिक सम्भाव्यतालाई हेरेर, उक्त क्षेत्रको विशिष्टतालाई ध्यान दिएर शिक्षानीति तथा प्रणाली र यसैका आधारमा पाठ्यक्रम निर्माण गरिनुपर्छ ।
राष्ट्रले सामना गर्दै आएका जल्दाबल्दा समस्या, देशमा भएका स्रोत र साधनलाई मध्यनजर गरी नर्सरीदेखि उच्च शिक्षासम्मको पाठ्यक्रम हरेक १०–१० वर्षमा परिमार्जन गर्ने नीतिको कार्यान्वयन गरिनुपर्छ । देशको साझा विकासका साझा सवालहरूमा समृद्धि र आर्थिक विकासका लागि कुटनीति, जनसंख्या, सुरक्षा, राष्ट्रियता, नैतिक शिक्षा, प्राविधिक शिक्षा, नेतृत्व विकास, उद्योग, सहकारी, पर्यटन, हाइड्रो, कृषि, पर्यावरण, गैरसरकारी संघ–संस्थाको विकास, खेलकुद, कलाकारिताजस्ता पाठ्यक्रमको विकास गरिनुपर्छ । कक्षा १ देखि १० सम्मको पाठ्यक्रममा सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयले एकरूपता ल्याउनुपर्छ । निजी विद्यालयलाई सरकारले तालिम, गोष्ठीजस्ता विषयमा सरकारी विद्यालयमा जस्तै गरी सहभागी गराउनुपर्छ, सुविधा दिनुपर्छ । विश्वबजारमा खपत हुने जनशक्ति उत्पादन गर्न नयाँ–नयाँ विषयको सम्बन्धन दिनेतर्फ ध्यान दिनुका साथै रोजगारमूलक, व्यावसायिक तथा व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्दै विभिन्न प्रदेशका आ–आफ्नै सामथ्र्य र पहिचानको अध्ययन तथा अनुसन्धान गरिनुपर्छ । कृषि शिक्षा विशेषगरी नगदेबाली, जस्तै, कफी, चिया, उखु आदिलाई व्यावहारिक र व्यावसायिक शिक्षाका रूपमा लागू गरिनुपर्छ । विश्वविद्यालयका पाठ्यक्रममा ‘देशको उन्नति शिक्षा’ भन्ने नारालाई केन्द्रमा राखी निर्माण गरेमा पूर्ण रूपमा स्वतन्त्र रूपले राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डले बाँधिनेछन् । प्रदेशको शिक्षामा प्रदेशको विशिष्टता र आवश्यकतालाई ध्यानमा राखी पाठ्यक्रम निर्माण गरिनुपर्छ ।
राष्ट्रिय पहिचान, देशभक्ति, सांस्कृतिक सचेतता, नैतिकता तथा आत्मिक उन्नयनको सिर्जनात्मक तथा विश्लेषणात्मकताका साथै वैज्ञानिक चिन्तनप्रणाली अँगाली प्राज्ञिक स्वतन्त्रतालाई अक्षुण्ण राख्दै नवीन चिन्तन र प्रविधिको प्रतिपादन गर्नु आजको शिक्षाको लक्ष्य हुनुपर्छ ।
आधुनिक सूचना–प्रविधिसँग परिचित भई त्यसको प्रयोग गर्न सक्ने, विश्वपरिवेश सुहाउँदो दक्ष जनशक्ति तयार गर्ने, विज्ञान र समाजको अन्तरसम्बन्ध हिचानसहित समसामयिक प्रविधिलाई व्यावसायिक प्रवद्र्धन र मानवहितमा प्रयोग गर्दै वैज्ञानिक खोज तथा अनुसन्धान गर्न आवश्यक प्रक्रियागत सीपहरू हासिल गरी आधुनिक प्रविधिहरूको दैनिक जीवनमा प्रयोग उच्च शिक्षाको उपयोग गर्नेखालको शिक्षानीति आज आवश्यक परेको छ । राष्ट्रिय पहिचान, देशभक्ति, सांस्कृतिक सचेतता, नैतिकता तथा आत्मिक उन्नयनको सिर्जनात्मक तथा विश्लेषणात्मकताका साथै वैज्ञानिक चिन्तनप्रणाली अँगाली प्राज्ञिक स्वतन्त्रतालाई अक्षुण्ण राख्दै नवीन चिन्तन र प्रविधिको प्रतिपादन गर्नु आजको शिक्षाको लक्ष्य हुनुपर्छ । मानवअधिकारको सम्मान, नागरिक अधिकारको सुदृढीकरण, प्रजातान्त्रिक मूल्य र मान्यताको संवर्धन गर्दै न्यायपूर्ण समाजको सिर्जना गर्ने व्यक्तित्वको निर्माण गर्न सक्ने जनशक्ति उत्पादन गर्नेखालको शिक्षा आज आवश्यक देखिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक तयार गर्नु र नेतृत्वदायी क्षमताको निर्माण तथा विकास गर्ने शिक्षानीति तय हुनु आजको आवश्यकता हो ।
शिक्षाप्रणालीमा नीतिगत परिवर्तन आवश्यक
विश्वविद्यालयका विशिष्ट श्रेणीका प्राध्यापक कुलपति हुने प्रणालीको व्यवस्था गर्नुपर्छ । नेपालका शैक्षिक संस्थाहरूलाई बलियो बनाउन नेपाल सरकार र अर्धसरकारी कार्यालयका सम्पूर्ण कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपले सरकारी विद्यालय र विश्वविद्यालयहरूमा पठन–पाठनको व्यवस्था गर्नुपर्छ । युवालाई विदेश पलायन हुनबाट रोक्न स्वेदशमै स्वरोजगार हुने शिक्षानीति ल्याउने र विदेश पलायन भएका र उच्च शिक्षा हासिल गरेका अनुभवी व्यक्तित्वलाई स्वदेशमा भित्र्याउने वातावरणको सिर्जना गर्नुपर्छ । हरेक स्कुल–कलेजमा अपांगता भएका व्यक्तिहरूको पहुँचको अधिकार तथा अपांगतामैत्री संरचना निर्माण गर्नुपर्छ । विश्वविद्यालयका पदाधिकारी, शिक्षा मन्त्रालय, CTEVT का कर्मचारी तथा शिक्षासम्बन्धी कार्यालयको प्राइभेट शिक्षण संघ–संस्थाहरूमा लगानी हुनुहुँदैन । अस्थायी सम्बन्धनप्राप्त स्कुल र कलेजहरूलाई स्थायी सम्बन्धन दिएर व्यवस्थित गर्नुपर्छ । हरेक नेपालीलाई शिक्षाका साथै आर्थिक सेवा–सुविधा प्रदान गर्दै आर्थिक उन्नति र समृद्धि दिलाउनका लागि बैंक, बिमा, वित्तीय संस्था, सेयरबजारलाई साथसाथै लिँदै जाने नीति अवलम्बन गरी तलदेखि माथिल्लोस्तरका विद्यार्थीलाई अवसरको व्यवस्था मिलाउनुपर्छ । स्वदेशमै निजी विश्वविद्यालयहरूको स्थापना गरी बाह्य विश्वविद्यालयहरूको आगमनलाई निरुत्साहित गरिनुपर्छ । नेपालमा विश्वविद्यालयहरूको मापदण्ड, विश्वविद्यालयहरूलाई नियमन गर्ने निकाय, केन्द्रीय र प्रादेशिक विश्वविद्यालयबीचको भिन्नतामा स्पष्ट नभएको, केन्द्र र प्रदेशले दिने शिक्षा कस्ता हुने ? जस्ता विषय प्रस्तावित शिक्षा ऐनमा नभएको हुँदा उक्त विषयहरूमा स्पष्ट धारणा तुरुन्त ल्याउनुपर्ने हुन्छ । देश विकासका लागि शिक्षालाई प्राविधिक, प्राज्ञिक र प्रशासनिक गरी तीन तहको सम्मिश्रण गरिनुपर्छ र नतिजालाई परिणाममुखी बनाउन सरकारी र निजी शिक्षणसंस्थाबीच पब्लिक–प्राइभेट पार्टनरसिप (PPP Model) मा चलाई शिक्षाको गुणस्तर बढाउने कानुनी व्यवस्था गर्नुपर्छ ।
शिक्षा विकासको मेरुदण्ड हो । शिक्षाकै उपज हो, सिंगो देश । शिक्षामा सुधार गरे मात्र राज्यका सबै क्षेत्र, राजनीति, प्रशासन, कृषि, उद्योग र सारा नागरिकसमाजमा सुधार आउँछ । आज जता हेरे पनि समस्या छन्, विसंगति छन्, बिखण्डन छ र समस्याग्रस्त छ । यस समस्याको समाधानको एउटै मात्रै उपाय भनेको शिक्षालाई सही तरिकाले परिचालन गर्नु हो । हामीले भारत, बेलायत, अमेरिका, युरोपबाट आयातित शिक्षाको उपयोग गर्न थाल्यौँ । त्यो शिक्षानीति त्यही देशका लागि ठिक होला, तर हाम्रो आवश्यकता, हाम्रो स्रोत र साधनसँग त्यो मेल खाएन । अन्य देशको शिक्षा हाम्रो देशमा अनुकरण गर्दा हरेक काम नक्कली हुन गयो र हामी बेरोजगार हुन पुग्यौँ । कृषि ढुलमुलिएको छ, उद्योग अलमलिएको छ, राजनीति आफैँ अलमलमा छ र देश सकसपूर्ण तरिकाले अगाडि बढिरहेको छ । आजको मान्छे अत्यन्त नयाँ छ, त्यसैले ऊ यस नयाँ युगमा नयाँ विचार, नयाँ आवश्यकता र नयाँ चाहनाको खोजीमा छ । ऊ विज्ञान र प्रविधिको युगको मान्छे हो । यसर्थ, अब हामी प्रकृतिको नियमलाई मान्दै स्रोत र साधनको उपयोग गर्दै आफ्नो देशको भूगोल र आवश्यकताअनुरूपको शिक्षानीति अवलम्बन गरी विश्वले आत्मसात् गरेको विज्ञान र प्रविधियुक्त शिक्षाको युगमा प्रवेश गर्नु आवश्यक भएको छ ।
2 Comments
dapoxetine approval https://newfasttadalafil.com/ - Cialis Slvoco <a href=https://newfasttadalafil.com/>Cialis</a> Cirbit Buy Tetracycline 500 Mg For Dogs 79 https://newfasttadalafil.com/ - Cialis cialis new york
I normally shake before every use anyway <a href=http://viagr.art>cvs caremark cover viagra</a> Twenty four percent of cell nuclei were either lightly or heavily stained