March 02, 2024
समाचार

टोखा नगर प्याब्सनको साधारण सभाको तयारी सम्पन्न

टोखा नगर प्याब्सनको साधारण सभाको तयारी सम्पन्न

टोखा नगर प्याब्सनले माघ १२ गते शुक्रवारका दिन साधारण सभा गर्ने  जानकारी टोखा नगर प्याब्सनका अध्यक्ष टंक कुमार चापागाईले दिनु भयो । यस टोखा नगर प्याब्सनले बर्षभरिमा गरेको गतिविधिहरुलाई सभामा प्रस्तुत गर्ने कुरा बताउदै यस नगरमा संस्थागत विद्यालयले उकृष्ट शिक्षा प्रदान गर्दै आएको छ ।

टोखा नगर प्याब्सनको साधारण सभा यसै नगरपालिका तथा प्याब्सनका केन्द्रिय उपाध्यक्ष थकिन कुमार गरुङले प्रमुख अतिथि र काठमाण्डौं जिल्लाका अध्यक्ष प्रेम राई विशिष्ट अतिथिको भुमिका निर्वाह गर्नुहनेछ । यस नगरमा ७८ वटा संस्थागत विद्यालयहरु रहेका छन् ।

सामुदायिक विद्यालयहरु निकै न्यून छन् । देशभरिको स्थानीय निकायहरुमा टोखा नगरपालिकाले संस्थागत विद्यालयमा अध्ययन गर्ने गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गर्दै आएको छ । यो हाम्रो लागि सुखद पक्ष हो । 

0 Comments

Leave a comment