April 30, 2025
समाचार

नयाँ केन्द्रीय कार्यकारिणी समिति घाेषणा गर्दै विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशन सम्पन्न

नयाँ केन्द्रीय कार्यकारिणी समिति घाेषणा गर्दै विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशन सम्पन्न

 

                    काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशन भरतपुरकाे चितवनमा सम्पन्न भएको छ ।राष्ट्रिय सुरक्षा स्वावलम्बन र सुशासनका लागि चैत्र  ०२ गतेदेखि ४ गते सम्म  पर्यटकीय, ओैद्याेगिक, सांस्कृतिक नगरी चितवनकाे भरतपुरमा सुरु भएको विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशन महत्त्वपूर्ण र ऐतिहासिक प्रस्तावहरू पारित गरी नयाँ केन्द्रीय कार्यकारिणी समिति घाेषणा गर्दै  सम्पन्न भएको हाे ।

               अधिवेशनले राष्ट्रिय अध्यक्षमा डा.दयाराम भूषाल, राष्ट्रिय उपाध्यक्षहरू पुष्कर खतिवडा, पृथ्वीराज अवस्थि, लक्ष्मी दत्तकर्ण, चिन्तामणि बस्नेत, राष्ट्रिय महासचिवमा दिनेश कार्की, राष्ट्रिय संगठन सचिवमा रमेश कण्डेल, राष्ट्रिय सह संगठन छितराज न्याैपाने, राष्ट्रिय सचिवहरूमा मुना विष्ट, जितेन लाेहार, अरूण कुशुवाहा, लाेग बहादुर चयडा, दिप्सन गुरूङ, अभिषेक विष्ट, अनुप तिवारी,  हरिष बाेहाेरा, मनिष बञ्जाडे, प्रेेम बाेहाेरा राष्ट्रिय छात्रा प्रमुख डा.सुस्मा तीवारी, सह छात्रा प्रमुख जानकी आचार्य,  राष्ट्रिय मिडिया संयाेजक कृष्णप्रसाद हुमागाईं, राष्ट्रिय सम्पर्क प्रमुख विष्णुप्रसाद पंगेनी, राष्ट्रिय साेसल मिडिया संयाेजक ब्रिजित बाेहाेरा र केन्द्रीय सदस्य सहित ९० जनाकाे केन्द्रीय कार्यकारिणी समिति घाेषणा गरेको छ ।

              पूर्वकाे मेचीदेखि पश्चिमकाे महाकालीसम्मका ७ सय भन्दाबढी विद्यार्थी नेतृत्वहरूकाे सहभागीतामा चितवनकाे उद्योग संघमा भएको दशाैँ राष्ट्रिय अधिवेशनमा १५ वटा अलग अलग सत्रहरू सञ्चालन गरिएको थियोे ।

0 Comments

Leave a comment