नेपाली चलचित्र जगतमा पहिलो व्यवसायी चलचित्र सिन्दुरका नायक विश्व वस्नेत ललितपुरको ढोलाहिटीमा अवस्थित अनल ज्योति बोर्डिङ स्कुलमा एक कार्यशालामा पुग्नु भएको हो । स्वच्छ समाजको लागि स्वस्थ हुनुपर्छ भनेर स्वास्थ्य सम्वन्धी विशेषतः कोभिड पछि खोपको विषयलाई लिएर अनुसन्धानमा जुट्नु भएको थियो । बस्नेतले खोपको विषयमा गहिरो अध्ययन तथा अनुसन्धान गर्नु भएको छ । यही आफूले अध्ययन गरेको विषयलाइ एक कार्यशालाको आयोजना गरि आफ्नो प्रस्तुति राख्नु भएको थियो ।
यस कार्यशालाको संयोजन विष्णु गोपाल श्रेष्ठले गर्नु भएको थियो । स्कुलको प्राङणमा कार्यक्रम संचालन गर्ने वातावरण मिलाइ दिनु भएकोमा श्रेष्ठले स्कुल परिवारलाई आभार व्यक्त गर्नु भएको थियो । यस विद्यालयका प्रिन्सिपल निरोज मर्हजनले स्कुल भनेको समाजको अभिन्न अंग हो । समाजको विकासको लागि जुनसुकै समयमा स्कुलसंग भएको स्रोत साधन प्रयोग गर्न सक्नुहुन्छ भन्ने भाव राख्नु भएको थियो । विद्यार्थीहरुको सिकाई आजको नयाँ प्रविधी र विज्ञानको द्रुत गतिसंगै हुनुपर्छ भन्ने अवधारणाले सञ्चालित अनल ज्योति स्कुल प्रोगेसिभ एजुकेशन प्रदान गर्ने एक उत्कृष्ट विद्यालय हो ।
0 Comments