हिसान बाग्मती प्रदेशको दोस्रो अधिवेशनबाट राज कुमार आचार्य अध्यक्षमा सर्बसहमत चयन भएका छन् । यसैगरि उपाध्यक्षमा सन्दिप श्रेष्ठ र आनन्द कुमार यादब, सचिबमा मदन कुमार सुवेदी, कोषाध्यक्षमा जयराम वाग्ले, र सहसचिब सहित २१ जनाको कार्य समिति निर्बाचित भएका छन् ।
हिसान बाग्मती प्रदेशका निर्बतमान अध्यक्ष भबानी पौडेलले आफ्नो कार्यकालमा गरेका कामहरुले हिसानलाई एक ढिक्का बनाएको र विभिन्न रचनात्मक काम गर्नुको साथै गुणस्तर शिक्षा प्रदान गर्नमा योगदान पु¥याएको भाव आफ्नो मन्तव्यमा व्यक्त गर्नु भएको थियो ।
यसैगरि हिसानका केन्द्रिय अध्यक्ष रमेश सिलवालले यो अधिवेशनमा शिक्षा ऐन आउँँदैन भन्ने जिकिरका साथ आाफ्नो भनाई राख्नु भएको थियो । यस कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीले निजी शिक्षाको पक्षमा सरकारले वकालत गर्दछ । तपाईहरु ढुक्ले लगाानी गर्नुहोस्, भौतिक पूर्वाधारमा लगानी गरेर गुणस्तर शिक्षामा जोडड दिनुहोस् भन्ने भाव आफ्नो मन्तव्यमा राख्नु भएको थियो ।
समाचार
निजी शिक्षाको पक्षमा सरकारले वकालत गर्दछ

0 Comments