March 02, 2024
समाचार

निर्धन उत्थान लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

निर्धन उत्थान लघुवित्तको  वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

                 निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय ठेचोको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । यस वित्तीय साक्षरता कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाको नगर प्रमुख श्री गजेन्द्र मर्हजन, अतिथिहरुमा गोदावरी नगरपालिका वडा नं. १२ का वडा सदस्य श्री अशेष मर्हजन, महिला सदस्य राममाया नेपाली, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रिय कार्यालय तालिम बिभाग प्रमुख जग्यप्रसाद पन्थ, क्षेत्रीय कार्यालय काठमाण्डौंवाट क्षेत्रीय प्रमुख लेखनाथ न्यौपाने, लकस वचत तथा ऋण सहकारीका व्यबस्थापक बासुदेव मर्हजनको उपस्थिति रहेको थियो । यस कार्यक्रममा सभापतिको भुमिका यसै संस्थाको केन्द्र नं. ६४ को केन्द्र प्रमुख रचना श्रेष्ठ चित्रकारले निर्वाह गर्नु भएको थियो । 
               यस वित्तीय साक्षरता कार्यक्रममा १ सय ६० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाको नगर प्रमुख गजेन्द्र मर्हजनले महिलाहरु आर्थिक रुपमा सक्षम भयो भने घरपरिवार, समाज र राष्ट्र विकासमा ठूलो टेवा पुग्ने भाव मन्तव्यमा राख्नु भएकोृ थियो । यसैगरि तालिममा आफ्नो आम्दानी के कति हुन्छ र खर्च केके मा के कति हुन्छ ? यसको विवरण राख्ने बानी बसाल्नु पर्दछ । आफ्नो आम्दानीवाट खर्च कटाएर बचत गर्ने बानी बसाल्नु पर्दछ । यसरी बचत गर्ने बानीले भोलि आफूलाई आवश्यक पर्दा काम लाग्दछ भनेर अभिमुखिकरण नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक उमा जोशि बोहराले गर्नु भएको थियो । 
            यस संस्थाले देशभरका ७७ जिल्लामा १८५ शाखा कार्यालय मार्फत करीव ४ लाख सदस्यहरुलाई विगत ३३ वर्ष देखि वित्तीय र गैर वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस संस्थाको शाखा कार्यालय ठेचोले काठमाण्डौं महानगरपालिका , ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका गरि करीव १७ सय पचास सदस्यहरुलाई सेवा दिर्दै आएको छ । यस वित्तीय साक्षरता कार्यक्रममा स्वागत मन्तव्य शाखा प्रमुख रिता रेग्मीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालक यसै शाखाका लेखापाल कुशल नेपालले गर्नु भएको थियो । 

0 Comments

Leave a comment