September 10, 2024
विविध

नेपालको प्रोगेसिभ  अनलज्योति स्कुलले अन्तराष्ट्रिय अवार्ड पाउन सफल 

नेपालको प्रोगेसिभ  अनलज्योति स्कुलले अन्तराष्ट्रिय अवार्ड पाउन सफल 

अनल ज्योति बोर्डिङ स्कूल नेपाललाई नयाँ दिल्लीमा ग्लोबल सस्टेनेबिलिटी अवार्ड २०२३ बाट सम्मानित गरिएको विजेताहरुलाई प्रमुख अतिथि भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री माननीय श्री अश्वानीकुमार चौबेले पुरस्कार वितरण गरेका थिए

 कार्यक्रमको आयोजना एआरसीले गरेको थियो प्रतियोगितामा महादेशका १५ मुलुकबाट विभिन्न विधामा ४५० भन्दा बढी आवेदन परेको मध्य यस विद्यालय, शिक्षक विद्यार्थीलाई विधामा पुरस्कृत गरिएको हाे। 

 विद्यालयले सस्टेनेबिलिटी हिरो नेपाल, शिक्षक सुमन शाहलाई एजुकेटर्स अवार्ड छात्रा प्रजिना सापकोटालाई एसडीजी प्रोजेक्ट अवार्ड प्रदान गरेको

अवार्ड लिन विद्यालयका प्रधानाध्यापक निरोज महर्जनसहित नेपालबाट अन्य १८ विद्यार्थी भारत गएका थिए अनल ज्योति स्कूलले आफ्ना परियोजनाहरूमा आधारित सिकाइ अनुभवमूलक सिकाइका साथ २१औँ शताब्दीका सीपहरूले सुसज्जित विश्वव्यापी नागरिकहरू तयार पार्ने काम गरिरहेको छ।

 

0 Comments

Leave a comment