न्युजिल्याण्डमा अवस्थित टे पुकेन्गा ( Te Pukenga) अन्तर्गत १६ वटा शैक्षिक संस्थाहरुले न्युजिल्याण्डमा अध्ययन सम्वन्धि उचित परामर्श दिनका एक भव्य कार्यक्रमको आयोजना हुने भएको छ ।
यही फेब्रेवरी १० शनिवारका दिन विहान ११ बजे देखि २ बजे सम्म विद्यार्थीहरुको लागि न्युजिल्याण्डमा अध्ययन सम्वन्धि उचित परामर्शका लागि इन्फरमेशन डे नाम दिई सो कार्यक्रमको सहजीकरण डल्फिन एजुकेशनले गरेको छ ।
डल्फिन एजुकेशनका निर्देशक सुरेन्द्र बस्यालले जानकारी दिनु भएको हो । यस कार्यक्रमको बैकिङ पार्टनर स्टान्डर्ड चार्टर्ड बैंक र नबिल बैंक रहेको छ । यसैगरी ट्राभल पार्टनर भगारी ट्राभल रहेको छ । उच्च गुणस्तरिय शिक्षाका लागि न्युजिल्याण्ड जान चाहाने युवाहरुलाई यस कार्यक्रममा सहभागी भई पढाई संगसगै अवसरहरुको बारेमा जानकारी लिन सक्नुहुने छ ।
युवाहरुले धेरै ज्ञानको हासिल गर्न सक्नुहुनेछ । युवाहरुका लागि यो कार्यक्रम फलदायी हुने भएकोले यस कार्यक्रममा सहभागीताको लागि आह्वन समेत गर्दछौं भनेर आफ्नो भाव बस्यालले राख्नु भयो । न्युजिल्याण्डमा गई उच्च गुणस्तरिय शिक्षा लिनका लागि डल्फिन एजुकेशन कन्सल्टेन्सी भरपर्दो एवं न्युजिल्याण्डमा विद्यार्थी पठाउने नेपालको पहिलो संस्था हो ।
0 Comments