ललितुर प्याब्सानले आफ्नो सदस्य विद्यालयका प्रथम विद्यार्थी, अभिभावक र विद्यालयलाई एक भव्य सभ्य कार्यक्रमको आयोजना गरि सम्मान समारोह माननीय तेजुलाल चौधरीको प्रमुख अतिथ्तामा सम्पन्न गर्न सफल भएको छ । यस समारोहका प्रमुख अतिथि माननीय तेजुलाल चौधरीले देश विकासका शिक्षा अपरिहार्य भएको कुरा बताउनु भयो । यसैगरि संस्थागत विद्यालयले राज्यको लागि ठूलो योगदान पु¥याउँदै आएको छ । संस्थागत विद्यालयले समयानुकुल शिक्षा प्रदान गरेर राज्यको लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने कुरामा जोड दिई आफ्नो मन्तव्य दिनु भएको थियो ।
यसैगरि विशिष्ठ अतिथि प्याब्सनका केन्द्रिय अध्यक्ष डिके ढुङ्गानाले प्याब्सनले देशभरको विद्यालय, शिक्षक, कर्मचारी र अभिभावक र विद्यार्थी हकमा न्यायपूर्ण ढंगले काम गर्दै आएको छ । स्मार्ट सिटी, स्मार्ट सिटिजनका लागि प्याब्सनले विद्यार्थीहरुको चौतर्फी विकासमा टेवा पु¥याउने उद्देश्यले विभिन्न रचनात्मक तालिम तथा विभिन्न संस्थाहरुसंग हातेमालो गरेर अघि बढेको कुरा आफ्नो मन्तव्यमा राख्नु भएको थियो ।
यसैगरि ललितपुर प्याब्सनका अध्यक्ष निरोज मर्हजनले विद्यालय, विद्यार्थी र अभिभावकको सम्मान स्वरुप यो कार्यक्रम राखिएको हो । प्याब्सनले यो समारोह विगत लामो समयदेखि निरन्तर रुपमा गर्दै आएको हो । आजको समयानुसार हामी सवैले विद्यालय सञ्चालन गर्ने कुरामा ध्यान दिनु आबश्यक छ । हाम्रो विद्यालयमा कक्षा नर्सरीमा भर्ना हुन आउने विद्यार्थीलाई १८ वर्षपछि सक्षम नागरिक बनाउने शिक्षा दिनुपर्छ । यसको लागि अब विद्यालयले ढिलो नगरिकन प्रोगेसिभ शिक्षा प्रदान गर्नुपर्छ भन्ने भाव आफ्नो मन्तव्यमा राख्नु भएको थियो । शिक्षाकर्मीहरुको बाक्लो उपस्थितिमा सम्मपन्न यस समारोहमा प्याब्सनका केन्द्रिय उपाध्यक्षहरु दीपिका रिमाल थापा, टिएल ढकाल, ईश्वर बहादुर गुरुङ, नवराज महत, केन्द्रिय सचिव श्याम यादव, केन्द्रिय सदस्य राधेकृण्ण मर्हजन लगायत २०० जना भन्दा वढि प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।
0 Comments