April 30, 2025
समाचार

प्रदेशभरका शिक्षालयहरूको शैक्षिक सुधार र हकहितको संरक्षणमा प्रतिबद्धता : अध्यक्ष, राजकुमार आचार्य

प्रदेशभरका शिक्षालयहरूको शैक्षिक सुधार र हकहितको संरक्षणमा प्रतिबद्धता : अध्यक्ष, राजकुमार आचार्य

          उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल हिसान को दोश्रो बागमती प्रदेश अधिवेशन काठमाडौंमा सम्पन्न  भएको  दोश्रो हिसान बागमती प्रदेश अधिवेशनले २१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो

           हिसान बागमती प्रदेश अध्यक्षमा राजकुमार आचार्यसहित  सम्पूर्ण २१ सदस्यीय कार्यसमिति नै निर्विरोध निर्वाचित भएका हुन् उपाध्यक्षमा, आनन्द कुमार यादव सन्दिप श्रेष्ठ निर्वाचित भएका छन् सचिवमा मदन कुमार सुवेदी, सह-सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा जयराम वाग्ले निर्वाचित भएका छन्

         सदस्यहरुमा, बुद्धिराम बन्जाडे, नन्दु कुशवाहा, बरुण पन्थी, आर.डी भट्ट, सुदर्शन जमरकट्टेल, ऋतु न्यौपाने, होम बाहदुर अधिकारी, लक्ष्मण पोख्रेल, पेशल लुइटेल, आकाश पौडेल, विष्णु शर्मा, राम प्रसाद बडाल, भुशील खनाल, सरोज महर्जन नेत्र प्रसाद भुसाल निर्वाचित भएका हुन् । नवनिर्वाचित कार्यसमितिको बर्षको कार्यकाल रहने

   बागमती हिसानको नव निर्वाचित कार्यसमितिको योजना
१. प्रमुख योजना ः
बागमती प्रदेशमा रहेका निजी तथा आवासीय विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन तथा अभिभावकहरूको समन्वयमा सकारात्मक परिवर्तन ल्याउनु नै हाम्रो मुख्य उद्देश्य हो। यसका लागि निम्न योजनाहरूलाई प्राथमिकतामा राखिनेछः
गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिको उपयोग, पाठ्यक्रम सुधार, शिक्षक प्रशिक्षण तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विशेष कार्यक्रम सञ्चालन। आपसी सहयोग र नेतृत्व विकासस् निजी विद्यालयहरूबीच अनुभव आदान(प्रदान, शैक्षिक गोष्ठी, सेमिनार तथा कार्यशालाको आयोजना। परीक्षा प्रणाली सुधारस् राष्ट्रिय परीक्षा बोर्ड तथा विश्वविद्यालयहरूसँग सहकार्य गर्दै परीक्षामा पारदर्शिता र विश्वसनीयता कायम राख्ने। खेलकुद तथा अतिरिक्त क्रियाकलापस् शारीरिक तथा मानसिक विकासका लागि खेलकुद, कला, संस्कृतिलाई प्रोत्साहन गर्दै विभिन्न प्रतियोगिताको आयोजना। केन्द्रीय हिसानको योजना तथा बिधानअनुसार कार्यान्वयन, केन्द्रीय नीति तथा दिशानिर्देश अनुसार प्रदेशस्तरीय योजनाहरू निर्माण गरी प्रभावकारी रूपमा लागू गर्ने।
२. सरोकारवालाहरूको भूमिका ः
हाम्रो योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालाहरूको सक्रिय सहभागिता अनिवार्य छ। विद्यालय प्रशासन , नीति निर्माण, कार्यान्वयन तथा मूल्याङ्कनमा सक्रिय भूमिका खेल्ने। शिक्षक वर्ग,  गुणस्तरीय शिक्षा प्रदान गर्न नवीनतम शिक्षण विधिहरूको अवलम्बन गर्ने। विद्यार्थी आफ्नै प्रतिभा र क्षमतालाई प्रस्फुटन गराउन सक्ने वातावरण निर्माणमा सक्रिय सहभागिता जनाउने। अभिभावक, विद्यार्थीहरूको शैक्षिक प्रगति, अनुशासन तथा सिकाइ प्रक्रियामा सहयोग पुर्याउने। राष्ट्रिय परीक्षा बोर्ड तथा विश्वविद्यालयहरूस् परीक्षाको सुधार, शैक्षिक नीति निर्माण तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न सहकार्य गर्ने। केन्द्रीय हिसान, बागमती हिसानलाई मार्गदर्शन प्रदान गर्दै प्रभावकारी योजनाहरू लागू गर्न सहयोग गर्ने।
३ भावी ठोस कार्यहरू :
नयाँ कार्यसमितिको कार्यकालभित्र निम्न महत्वपूर्ण कार्यहरू गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि कार्यशाला, सेमिनार तथा तालिमहरू सञ्चालन । विद्यालयहरूको समग्र विकासका लागि साझेदारी कार्यक्रमहरू सुरु गर्दै एकीकृत नीतिगत सुधार । बागमती हिसानको नेतृत्वमा अन्तरविद्यालय खेलकुद, सांस्कृतिक तथा शैक्षिक प्रतियोगिताहरूको आयोजना। राष्ट्रिय परीक्षा बोर्ड तथा विश्वविद्यालयहरूसँग समन्वय गरी परीक्षामा पारदर्शिता र निष्पक्षता कायम राख्न पहल। निजी विद्यालयहरूको हकहित संरक्षण तथा सुधारका लागि नीति निर्माणमा सरकारसँग सहकार्य। केन्द्रीय हिसानको रणनीति अनुरूप हिसान बिधानलाई पूर्ण पालना गर्दै बागमती प्रदेशमा उदाहरणीय कार्यहरू सञ्चालन। हाम्रो कार्यसमिति प्रदेशभरका विद्यालयहरूको शैक्षिक सुधार र हकहितको संरक्षणमा प्रतिबद्ध रहेको छ। सबैको सहकार्यले मात्र हामीले खोजेको परिवर्तन सम्भव छ।

 

0 Comments

Leave a comment