December 01, 2023
बालपृष्ठ

बन्दाबन्दीमा ८८.३५ प्रतिशत बालबालिका विद्यालय जान नपाएर दुःखी 

बन्दाबन्दीमा ८८.३५ प्रतिशत बालबालिका विद्यालय जान नपाएर दुःखी 

बन्दाबन्दीका बेला विद्यालय जान नपाएका बालबालिकाहरु स्कूल सकेसम्म चाँडो विद्यालय जाने चाहनामा रहेको एक सर्वेक्षणले देखाएको छ । वल्र्ड भिजन र कन्सोटियम नेपालको संयुक्त प्रयासमा गरिएको एक सर्वेक्षणमा ८८.३५ प्रतिशत बालबालिका विद्यालन जान नपाएका कारण दुस्खी देखिएका उल्लेख गरिएको छ । 
 
सर्वेक्षणमा सहभागीमध्ये २९ प्रतिशत बालबालिकाले मात्र वैकल्पिक पठनपाठनमा सहभागी हुन पाएको देखिएको छ भने वैकल्पिक पठनपाठन गरिएका विद्यालयहरुमध्ये २० प्रतिशत मात्र प्रभावकारी भएको सर्वेक्षणले देखाएको छ । वन्दावन्दीका बेला निजी विद्यालयका बालबालिकाहरुले मात्र वैकल्पिक कक्षा लिएको देखिएको छ । 
 
कोभिड–१९ का कारण वैकल्पिक शिक्षाका विषयमा गरिएको सो सर्वेक्षणमा ५१ प्रतिशत विद्यालयसँग अनलाईन कक्षाका लागि न्यूनतम आधारभूत व्यवस्थ नै नभएको, ६८ प्रतिशत शिक्षकहरुमा अनलाईन कक्षा व्यवस्थित गर्न सक्ने क्षमता  नभएको, ८० प्रशिशत विद्यार्थीसँग  अनलाईन कक्षका लागि आवश्यक सामग्री नभएको र ६० प्रतिशत परिवारले अनलाईन कक्षाका लागि आवश्यक सामग्रीको व्यवस्था गर्न असमर्थ रहेको देखिएको छ । 
 
बन्दाबन्दीको समयमा पनि बालबालिकाहरुमाथि विभिन्न खाले हिंसा भएको कन्सोर्टियम र वल्र्डभिजनले संकलन गरी सार्वजनिक गरेको सर्वेक्षणमा देखिएको छ  । जसमध्ये फोनमार्फत हिंसा ९ १६५०, मानसिक तनाव वा दवाव ९२२५०, यौनजन्य हिंसा वा दुव्र्यवहार ९१६५०, इन्टरनेटमार्फत हुने हिंसा ९ १३५०, बलात्कारको प्रयास ९९५०, बलात्कार ९९५० लगायतका हिंसाहरु रहेको वताएका छन् । अभिभावकहरुसँग गरिएको सर्वेक्षणमा ३६५ ले आफ्ना बालबालिकालाई बन्दाबन्दी समयमा शारीरिक कार्यबोझ भएको स्वीकार गरेको समेत सर्वेक्षणमा उल्लेख छ ।
 
बन्दावन्दीका समय मुलुकभरीका  बालबालिकाको अवस्थाका बारेमा जानकारी लिने उदेश्यले सर्वेक्षण गरिएको र यो समयमा बाल संरक्षणका लागि स्थानीय तहका न्यायिक समिति, प्रहरी, बालअधिकार संस्था, बाल क्लवहरु विगतमा भन्दा बढी सक्रिय पाइएको  कन्र्सोटियमका अध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

0 Comments

Leave a comment