लकडाउनको कारणले गर्दा बालबालिकाहरू घरमै बसेको पनि पाँच महिना भइसकेको छ । सामान्य अवस्थामा ८/९ बजेदेखि ३/४ बजेसम्म विद्यालयमा बस्ने, घर गएपछि गृहकार्यमा व्यस्त हुने विद्यार्थीहरु दिनभरी घरमै बस्नु पर्ने अवस्थामा छ । अहिले घरपरिवारमा बालबालिकाको धेरै जिम्मेवारी थपिएको छ । कति अभिभावकलाई बोझ नै महसुस भइसकेको छ ।
सामान्य अवस्थामा मैले आफ्नो छोराछोरी विद्यालयलाई जिम्मा लगाइदिए भन्ने र विद्यालयले पनि हामीले जिम्मालियौ भन्ने चलन र बुझाइथियो र छ पनि । आमनेपाली मानिसमा बालबालिकाको विकास र सिकाइको लागि अभिभावक र विद्यालयबीचको सहकार्य महत्वपूर्ण छ भन्ने बुझाइ अति थोरै छ । त्यही अभिभावकले आफ्ना बालबालिकाको घरमा कुरा बुझ्न, उनीहरुको भावना बुझ्न गाह्रो भएको हो । बालबालिकालाई के सिकाउने र कति सिकाउने, कसरी सिकाउने भन्ने सन्दर्भमा अभिभावकहरूलाई अप्ठ्यारो भएको छ ।
हाम्रो समाजमा व्याप्त भनाई हो ‘पहिलो पाठशाला घर हो’ तर हामीले त्यो बुझ्न सकेनौं । घर र समाज हाम्रो जीवनभरको पाठशाला हो । हामीले हाम्रो जीवनको महत्वपूर्ण बानी, व्यहोरा, संस्कार र संस्कृति जिन्दगी भर सिकी राखेका हुन्छौँ ।
हाम्रो बुझाइमा पढाई र सिकाइ भनेको धोकेर, कण्ठ गरेर, त्यही कुरा एक अक्षर पनि दायाँ बायाँ नगरिकन परीक्षामा लेख्न सक्यो भने मात्र धेरै जान्ने हो भन्ने मान्यता छ । त्यही भएर कहिले पनि शिक्षण सामग्री शिक्षकको लागि र घरमा आवश्यक भएन ।
अहिले कताकता सिकाइ भनेको घोक्ने, कण्ठ गर्ने होइन (ज्ञान, सीप) हो । सिकेको कुरा गहिराइमा बुझ्न सामग्री (विभिन्न मोडल, अडियो, भिडियो), सम्बन्धित क्षेत्रको मान्छेसँग कुराकानी गर्ने, त्यसमा चासो बढेको देखियो । यस किसिमको व्यवहार र प्रयोगले बालबालिकाहरुलाई सिकाइप्रति रुचि बढाउन सहयोग गरेको छ । हाम्रो घरमा पनि केही शैक्षिक सामग्रीहरु राख्नाले बालबालिकालाई सिक्न र घरमा सही तरिकाले समय बिताउन धेरै सहयोग गर्दछ । जस्तै :
१) नेपालको नक्सा
२) विश्वको नक्सा (globe)
३) Atlas
४) Encyclopedia (उमेर समूहअनुसारको)
५) Dictionary (उमेर समूहअनुसारको)
६) कथाका किताबहरु (उमेर समूहअनुसारको)
७) Geometry box
८) इन्च टेप, रंगिन पेपर, कैची, टेप, चार्ट पेपरलगायतका शैक्षिकसामगी्
सानो बालबालिकासँग कक्षा एकदेखि तीनसम्म, आफू कुन जिल्लामा बस्छु ? आफ्नो पुर्खाहरूको जिल्ला, ठाउँको बारेमा जानकारी दिलाउने सामग्रीहरु घरमा भएर त्यस ठाउँको बारेमा बालबालिकाहरुसँग कुरा गरी राखेमा बालबालिकाहरुलाई त्यस ठाउँको बारेमा बुझ्न सजिलो हुन्छ ।
यस्तै माथिको कक्षामा नेपाललगायत छिमेकी देशहरूको बारेमा बालबालिकाहरुसँगै बसेर खोज्ने, सिक्ने, कथाहरु पढ्ने कुराले बालबालिकाहरुसँग Quality Time बिताउन, सिक्न, सिकाउन सहयोग गर्छ । सामान्य एउटा इन्च टेपको साहयताले १ देखि ३ सम्मको कक्षामा अंक सिकाउन सहयोग हुन्छ भने कक्षा ४ र ५मा घरको कोठाको पेरिमिटर, एरिया निकाल्न लगाउन सकिन्छ । साथै बालबालिकाहरुसँग बसेर समाचार हेर्ने (नेपाली समाचार, BBC,CNN) र छलफल गर्ने, कार्टुन फिल्म हेर्ने, घटनाको बारेमा छलफल गर्ने आदि कुराले बालबालिकाको सिकाइको स्तरलाई maintain गर्न मात्र होइन स्तर बढाउन पनि सहयोग गर्दछ ।
त्यस्तै कक्षा ६ देखि १० सम्मको शिक्षक, अभिभावक र बालबालिकाको कराकानी सन्दा जहिले पनि विज्ञान र गणित धेरै गाह्रो छ कण्ठ गर्नुपर्छ भन्ने बझाई छ । हामीले विज्ञान र गणितलाई बझ्ने हो भने यि दुवै विषय हाम्रो जिवनको अभिन्न अंग हो । भनिन्छ, विज्ञान विषयमा पढाइ हने Simple Machine( lever, pulley, wheel and axle, inclined plane, screw and wadge नै आजको सम्पर्ण Technologyको आवीस्कारको आधार हो । जन हामी दैनिक जीवनमा प्रयोग गरिराखेको हन्छ । यो विना हाम्रो दैनिकी चल्दैन । त्यस्तै विज्ञान विषयमा पढ्ने नाप, बल र गति, ताप, प्रकाश, ध्वनी, चम्वक, पदार्थ, मिश्रण, हावा यी सबै पाठहरु हाम्रो जिवनको अभिन्न अंग हो ।
त्यस्तै गणितमा पढ्ने पाठलाई हेर्ने हो भने जस्तै नाफा–नोक्सान, बजेटलाई घरमा हुने आम्दानी र खर्चलाई उल्लेख गरेर सिक्न, सिकाउन सकिन्छ । पानी बिजुलीको मिटर रिडिङ, त्यस्तै एरिया तथा पेरिमिटर निकाल्ने । यी सबै पाठहरु घरमा, हाम्रो दैनिक जिवनमा उपयोगर प्रयोग हुने सिपहरु हुन् ।हामीले यस्ता सिकाइ तथा ज्ञानलाई घर तथा हाम्रो दैनिक जीवनमा जोड्न नसकेर नसिकाएर यसलाई पहाड बनाइ राखेका छौँ ।
त्यस्तै नपालीमा बालबालिकाले पाठ्यक्रमअनुसार नै पढ्न पर्ने पाठहरु लोक कथा, पौराणिक कथा, सामाजिक कथा । हामी, हाम्रो नेपाली समाज यस्तै कथाहरु सुनेर हुर्किएको समाज हो । बालबालिकासँग अहिले संगै बसेर रामायण, महाभारतका कथा हेर्ने त्यस विषयमा छलफल गर्ने, आफु (अभिभावकले) जानेका लोक कथा, सामाजिक कथाहरुको बारेमा छलफलले बालबालिकाको सिकाइ उपलब्धिका साथसाथै अभिभावक र बालबालिकाको बिचमा राम्रो सम्बन्ध स्थापना गर्न धेरै सहयोग गर्छ ।
हाम्रो दैनिक जीवनमा प्रयोग हुने हरेक वस्तु बालबालिकाको लागि एउटा राम्रो शैक्षिक सामग्रीहो । मात्र हामीले त्यसबाट के सिक्न र सिकाउन सकिन्छ भनेर थाहा पाउन जरुरी छ । हरेक कुराको राम्रो नराम्रो पक्ष हुन्छ भने जस्तै यो लकडाउन लम्बिरहँदा अभिभावकहरुले यो समयलाई बालबालिकाको सिकाइ र विकासमा सहकार्य गर्ने अवसरको रूपमा लिनुपर्छ ।
0 Comments