January 23, 2026
समाचार

ब्रिटिसको एनसीसी र विनायक शिक्षा निकेतनका बीच सूचना तथा प्रविधि (IT) कोर्समा सम्झौता

ब्रिटिसको एनसीसी र विनायक शिक्षा निकेतनका बीच सूचना तथा प्रविधि (IT) कोर्समा सम्झौता

ब्रिटिसको एनसीसी र विनायक शिक्षा निकेतनका बीच सूचना तथा प्रविधि (IT) कोर्समा सम्झौता मध्यपुर ठिमी ,भक्तपुर आजको युग सुहाउँदो वैज्ञानिक, व्यावहारिक र प्राविधिक शिक्षा प्रदान गरिरहेको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि UK को ब्रिटिस कलेज सँग सूचना तथा प्रविधि (IT) पठनपाठन विषयका सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।ब्रिटिस सरकारबाट मान्यता प्राप्त नेसनल कम्प्युटर सेन्टर र विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिका बीचमा सो कोर्स पठनपाठन सम्बन्धमा सम्झौता भएको थियो ।यस अन्तर्गत विद्यार्थीहरुलाई वर्तमान विश्वमा बहुचर्चित विषयका रूपमा रहेको Scarch ,coding, cyber security का विषयमा प्राविधिक ज्ञान प्रवाह गर्ने र विद्यार्थीहरूलाई सीपमूलक र जीवन उपयोगी ज्ञान दिँदै उज्ज्वल भविष्यका लागि डोर्याउन लागिपर्नेछ। साथै दुई वर्षपछि योग्य र सक्षम व्यक्तिहरुलाई रोजगारी समेत प्रदान गर्नेछ। सो सम्झौता हस्ताक्षर कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले रुपान्तरित शिक्षाका लागि प्रविधि महत्वपूर्ण हुने र प्रविधिले आजका विद्यार्थीलाई भोलिका विश्व बजारमा टिक्न र बिक्न सक्ने बनाउने भएकाले विद्यालयले स्थापनाकालदेखि नै प्रगतिशील सोचको रुपान्तरित शिक्षामा जोड दिँदै आएको कुरा बताउनुभयो।

 

 

0 Comments

Leave a comment