December 01, 2023
फिचर

यसरी गर्न सकिन्छ लकडाउनको सहि सदुपयोग

यसरी गर्न सकिन्छ लकडाउनको सहि सदुपयोग

तपाईंहरु जो कोहिलाई पनि पटक पटक थपिएको बन्दाबन्दी (लकडाउन)ले सार्है दिक्क लागि सक्यो होला ? बफादार इमान्दार कर्मचारीहरुलाई कार्यालय जान नपाएर, लगनशील कर्तव्यनिष्ठ शिक्षकहरुलाई विद्यालय जान नपाएर, मेहनती अनुशाशीत विद्यार्थीहरुलाई स्कुल / कलेज जान नपाएर,यस्तै यस्तै विविध पेशा / क्षेत्र / ब्यबशायमा कृयाशील मानिसहरुलाई -आफ्नो कार्यथलो/ काममा जान नपाएर दिक्दारी भैरहेको होला ।

सन् २०१९ डिसेम्बरबाट फैलिएको महामारी कोरोना( कोभिड-१९)ले मानवीय जीवनलाई चुनौती दिइरहेको छ । कोरोना भाइरसका कारण हालसम्म ( बैशाख २७,२०७७) बिश्वका ४०,१२,७७० मानिसहरु संक्रमीत भएका छन ,,८६,२१५ जनाको मृत्यु भैसकेको ,१३,८५,१२३ निको भएका छ्न । त्यस्तै नेपालको परिप्रेक्ष्यमा १०९ जना कोरोना संक्रमीत देखिएका छ्न,३० जना निको भएर घर फर्किएका छ्न भने हालसम्म कोरोनाको कारणबाट कसैको पनि मृत्यु भएको छैन

हालसम्म यसको कुनै भ्याक्सिन तथा औषधी पत्ता नलागी सकेको अवस्थामा एक मात्र औषधी भनेको लकडाउनको पुर्ण पालना अर्थात घरमै सुरक्षित बस्ने हो ।

भयावह स्थिति महामारीका कारण नेपालमा पनि २०७६ चैत ११ देखि बन्दाबन्दी(लकडाउन) गरिएको हो।मानिसहरुको भिड्भाड कम गर्न,स्वास्थ सरसफाई सम्बन्धि उच्च सतर्कता अपनाउन ,सामाजिक दुरी कायम गर्न,ब्यक्ति ब्यक्तिको भेटघाट प्रत्यक्ष सम्पर्क जिरो बनाउन लकडाउन गरिएको हो ।

हालसम्म यसको कुनै भ्याक्सिन तथा औषधी पत्ता नलागी सकेको अवस्थामा एक मात्र औषधी भनेको लकडाउनको पुर्ण पालना अर्थात घरमै सुरक्षित बस्ने हो । पहिलो पटक लकडाउन २०७६ चैत ११ देखि चैत १८ सम्म ,दोस्रो पटक चैत १९ देखि चैत २५ सम्म,तेस्रो पटक चैत २६ देखि २०७७ बैशाख सम्म, चौथो पटक बैशाख देखि बैशाख १५ सम्म,पाचौं पटक बैशाख १६ देखि बैशाख २५ सम्म, छैठौं पटक बैशाख २६ देखि जेठ सम्म लकडाउन लम्बाइएको छ ।

सर्बसाधारण मानिसहरुलाई लकडाउन अबत खुल्ला कि भन्ने आशै आशमा बितेको जिन्दगी ।सरकारले नेपालमा कोरोना सक्रमितको संख्या वृद्धि, छिमेकी मुलुक भारतमा दिन प्रतिदिन सक्रमित मृत्यु हुनेको संख्या अत्यधिक वृद्धि, खुला सिमाना, छिमेकी मुलुक चीनबाट कोरोना शुरूवात भएका कारण उच्च जोखिम न्यूनीकरण सतर्कताका लागि लकडाउन लम्बाउनु परेको आबश्यकता प्रष्ट हुन्छ ।

सरकारले पटक पटक लम्बाउदै गरेको लकडाउन तपाईं हाम्रै सुरक्षाको लागि हो त्यसैले लखर लखर, छाडा हिडेर,डुलुवा घुमुवा फिरन्ते नबनौ हामी । हो दैनिक जीवन कष्टकर, अस्तब्यस्त, अर्थतन्त्र धारासायी बन्दै गएको छ।सरकारले राहत बितरण कार्यक्रम, बिपद ब्यबश्थापन, स्वास्थ जांच परीक्षण चुस्त बनाउनु आबश्यक छ।लकडाउन लम्बिदो !लम्बिरहेको ,कहिले खुल्छ,कहिले सहज परिस्थिति हुन्छ भन्न सक्ने स्थिति छैन ,आफू सुरक्षित हुनु बाहेक अर्को बिकल्प छैन । अब लकडाउन भईनै सक्यो सरकारलाई गाली गरेर, चिन्ता गरेर,छ्टपटाएर हुनेवाला केहि छैन बरु हामी सबैले लकडाउनलाई बोझ होइन अबसरको रूपमा प्रयोग गर्न सक्छौ ।कस कसले के के गर्न सक्छौ ?                                 

. विद्यार्थी : तपाईं विद्यार्थी भाईबहिनीहरु सधै स्कुल जादा जादा दिक्क लागेको महसुस गर्नु भएको थियो । सधै स्कुल जादा कहिले बिदा होला ,कहिले मज्जाले सुत्न पाइएला,कहिले खेल्न पाइएला , कहिले मनमा लागेको काम गर्न पाइएला ,कहिले यसो गर्छु कहिले त्यसो गर्छु भन्ठान्नु भएको थियो ।

आज तपाईं माझ ती अबसरहरु आएका छ्न,तपाईंहरुले सहि समयको प्रयोग गर्न सक्नु हुन्छ । सिकाई भनेको स्कुल / कलेजमा मात्र हुदैन।तपाईंहरुले घरमा जीबनोपयोगी शिक्षा, जीवन जीउन सक्ने शिक्षा प्राप्त गर्न सक्नु हुनेछ । त्यसका लागि तपाईंहरुले गणित, बिज्ञान, सामाजिक, अङ्ग्रेजी, अर्थशास्त्र ,नीतिशास्त्र ,लेखा ,नेपाली लगायत थुप्रै बिषय बिना पुस्तक पाठयक्रम  सिक्न सक्नुहुनेछ

कोठाका लम्बाई चौडाई उचाई नाप्नु होस, क्षेत्रफल, परिमिती, चारभित्ताको क्षेत्रफल ,आयतन निकाल्नु होस।आफ्नो घर कम्पाउन्डको नक्सा कोर्नुहोस । सामानहरु मिलाउनुहोस।आफ्ना घरमा भएका सामग्रीहरुको सुची तयार पार्नुहोस । कस्ताकस्ता ज्यामितिय बस्तुहरु रहेछ्न टिपोट गर्नुहोस् अनि कागज वा माटाका त्यस्ता आकृती बनाउनुहोस ।

अहिलेको समयमा युटुब / ईन्टरनेटबाट पाक शिक्षा सम्बन्धि विविध खानेकुरा कसरी बनाउने ,कसरी बनाउन सकिन्छ भनेर जानकारी दिएको हुन्छ हेर्नुहोस, खाना बनाउन सिक्नुहोस,खाना बनाउन , विभिन्न परिकार बनाउन नि सिकियो अनि समय पनि पास भयो खानेकुरा पनि फेरि फेरि खान पाइयो अनि मज्जा नै बेग्लै भएन ? चित्र कोर्नुहोस,तपाईंले लकडाउनको बेलाको डायरी लेख्नुहोस,घर करेसाबारीमा फूल लगाउन ,बोट्बिरुवा लगाउन सक्नुहुनेछ । तरकारी कसरी फल्दछ,फूल कसरी फुल्दछ सिक्न पाउनु हुन्छ । इन्डोर गेमहरु जस्तै चेस, लुडो,क्यारम बोर्ड, पजल गेम ! ब्याडमिन्टन ,योग ध्यान गर्न खेल्न सक्नुहुनेछ

विभिन्न च्यानल / मिडियाबाट आउने उचित आफुलाई आबश्यक पाठहरु / कक्षाहरु हेर्न सक्नुहुनेछ ।तपाईंहरुले शिक्षामुलक टि.भी. शोहरु , महाभारत ,रामायण लगायत अन्य शिक्षामुलक फिल्महरु हेर्न सक्नुहुनेछ ।जो ...परीक्षाको मुखैमा आएर पनि परीक्षा दिन नपाएर दिक्दारीमा हुनुहुन्छ, परीक्षा स्थगित भयो अब के हुनेहोला, परीक्षा कहिले हुनेहोला ,होला कि नहोला ,परीक्षा सकिएको भए कति रमाइलो हुन्थ्यो ,सधै टेन्सन नै हुने थिएन ,सधै कति ...भनेर पढ्नु चौध महिना हुन लागिसक्यो भनेर दिक्क मानेर बस्नु भएका विद्यार्थी भाइबहिनीहरु , कक्षा ११ १२ ,अनि विभिन्न तहका परीक्षा स्थगित भएर बस्नु भएका विद्यार्थीहरु सबैलाई के अनुरोध भने " तपाईंहरुले अध्ययन गरेको भनेको परीक्षाका लागि मात्र हो ? तपाईंहरुकोअध्ययन (पढाई ) भनेको जीन्दगीको तयारी हो, तपाईंहरु सफल जीन्दगीका लागि तयार हुँदै हुनुहुन्छ।निश्चिन्त भएर , चिन्तामुक्त भएर यो तपाईंहरुका लागि अबसर हो, बढी सिक्ने ,बढी जान्ने ,अनुसन्धान गर्ने ।सकारात्मक सोच्नुहोस,कर्म गर्नुहोस।तपाईंहरु आफ्नो बिषयबस्तुमा बढी निपुर्ण हुने मौका पाउनु भएको "प्रबिधिको प्रयोग गर्ने मौका ( अनलाइन कक्षा ), कम्प्युटर, मोबाइल, ल्यापटपको प्रयोग गर्दै खोजी गर्ने बानी परेको छ । तपाईंको अध्ययन अरु कसैका लागि नभई स्वयम् तपाईंका लागि नै हो रहेछ भन्ने बुझ्न पाउनु भएको छ।

बच्चाहरुलाई बिबिध तरिकाले  सिकाउन सकिन्छ । विभिन्न भाडामा पानी भर्न लगाउनुहोस,चामल पिठो भर्न  लगाउनुहोस, गर्हौ हलुका, समय घटनाक्रम  टिपोट गर्न लगाउनुहोस, चित्र बनाउन लगाउनुहोस,खानाका विभिन्न परिकार पकाउन सिकाउनुहोस । प्रबिधिसग घुलमिल हुन दिनुहोस । तपाईले सिकाउन खोज्ने भन्दा पनि बच्चाले के सिक्न खोज्दैछ त्यो अनुसार सिक्न दिनुहोस । महत्वपूर्ण कुरा उसको सिकाई उसको इच्छा चाहना अनुसार नै हुन्छ ।

. अभिभावक :तपाईं अभिभावकहरुले पनि सोच्नुहोस सधै काम काम/ अफिस /कार्यालय भनेर ब्यस्त समय बिताइरहनु भएको थियो । आफ्ना बच्चाहरु सङ संगै बस्ने, संगै खाना खाने,बच्चाहरुलाई समय दिने,बच्चाहरु सङ खेल्ने समय पाउनु भएको थिएन । अहिले तपाईहरुले बच्चाहरु सग सगै बस्ने, बच्चाहरुलाई बुझ्ने ,बच्चाहरुको मनोभावना बुझ्ने समय पाउनु भएको छ । विद्यालयको औपचारिक शिक्षा मात्र तपाईहरुका बच्चाहरुका लागि सबथोक होइन, घर बच्चाहरुको पहिलो पाठशाला हो अनि तपाईंहरु पहिलो शिक्षक । बच्चाहरुलाई बिबिध तरिकाले  सिकाउन सकिन्छ । विभिन्न भाडामा पानी भर्न लगाउनुहोस,चामल पिठो भर्न  लगाउनुहोस, गर्हौ हलुका, समय घटनाक्रम  टिपोट गर्न लगाउनुहोस, चित्र बनाउन लगाउनुहोस,खानाका विभिन्न परिकार पकाउन सिकाउनुहोस । प्रबिधिसग घुलमिल हुन दिनुहोस । तपाईले सिकाउन खोज्ने भन्दा पनि बच्चाले के सिक्न खोज्दैछ त्यो अनुसार सिक्न दिनुहोस । महत्वपूर्ण कुरा उसको सिकाई उसको इच्छा चाहना अनुसार नै हुन्छ । के बच्चाहरुले घरमा सिकेका यस्ता कुराहरू सिकाई होइनन् ? आफ्ना वाकि भएका घरायसी कामहरु गर्न् का लागि बच्चाहरुबाट सहयोग लिन सकिन्छ । जस्तै :तरकारी केलाउने ,पकाउने ,लगाउने ,तरकारी उमार्ने, फलफूल गोडमेल गर्ने,करेसाबारीको हेरचाह गर्ने,झ्याल सिसा सफा गर्ने आदि इत्यादि काम गर्न सकिन्छ । योग साधना गर्ने,लकडाउनको बारेमा डायरी लेख्ने, सृजनात्मक कामहरु गर्ने,प्रबिधिलाई आत्मसाथ गर्दै सामाजिक सन्जालको सहि सदुपयोग गर्न सकिन्छ । तपाईं अभिभावकहरु केवल आफ्नो बच्चाहरुको अभिभावक मात्र होइन असल साथी असल शिक्षक पनि हुनुहुन्छ          

. शिक्षक: शिक्षक साथीहरू तपाईंहरु लामो बन्दाबन्दी (लकडाउन )मा दिक्क हुनुहुन्छ दिक्क हुनुपर्ने अवस्था छैन ।केवल हामीहरुमा इच्छाशक्ति ,जागर तत्परता हुनुपर्दछ । हामीहरुले नयाँ शैक्षिकसत्रका लागि प्रशस्त शैक्षिणिक सामग्रीहरु निर्माण गर्न सक्छौ ,पाठ योजना बनाउन सक्छौ ,घरैमा खेर फालिएका,काम नलाग्ने सामग्रीको पुन प्रयोग गरि आकर्षक शैक्षिक सामग्रीहरु बनाउन सक्छौ ,खोजी अनुसन्धान गर्न सक्छौ ।आजको एक्काइसौं शताब्दीमा प्रबिधिमैत्री सिकाईमा जोड दिनुपर्ने भएकोले मोबाइल, ल्यापटप, कम्प्युटरबाट पठनपाठन गर्न ,सिक्न प्रयोग गर्न सक्छौ zoom meeting ,google meet ,google teams आदि प्रयोग गरि आफ्ना विद्यार्थीहरुलाई अनलाइन कक्षा सन्चालन गर्न सक्छौ । अहिले सामाजिक संजालहरुमा धेरै ब्यक्तिहरुका लेख/रचनाहरु आउन थालेका छ्न तपाईंहरुले पनि त्यसलाई सृजनात्मक काममा लगाउन सक्नुहुनेछ । थप अध्ययन गर्ने ,परिस्कृत हुने आफुलाई शैक्षिक ब्यक्तित्व निर्माण गर्ने अबसर प्राप्त गर्नु भएको छ।तपाईंहरुले लकडाउनको समयमा शिक्षा सग सम्बन्धित चलचित्रहरु हेर्न सक्नुहुनेछ

 यसरी बन्दाबन्दीको स्थिति भैरहदा बिबिध पेशा /क्षेत्र /ब्यबशाय सग सम्बन्धित मानिसहरुले आफ्नो पेशा सुहाउँदो थुप्रै रचनात्मक सृजनात्मक कामहरु गर्न सक्नुहुनेछ ।यस अबधिमा सकारात्मक सोच,योग साधना ,नित्यकर्म ,दैनिक क्रियाकलाप ,दिन चर्यालाई सहज बनाउन सुतेर होइन !हटेर होइन कृयाशील भएर परिस्थितिलाई स्वीकार गरि गाली गलौज भन्दा पनि आफुलाई सृजनात्मक काममा लगाउन सके(लकडाउन) बन्दाबन्दीको सहि सदुपयोग गर्न सकिन्छ भन्ने कुरामा कसैको दुईमत नहोला

(लेखक श्री बिश्वामित्र गणेश मा.बि., महालक्ष्मी नगरपालिका वडा ज्यामिरकोटमा कार्यरत हुनुहुन्छ।)

3 Comments

  • I liked the article very much...good analysis of the current situation...Please keep it up...!

  • Very good thought sir everone should follow your strategy to be successful in their life

  • लेख साहै नै चित्तबुझ्दो , सहारणिय, समय सापेक्ष सुझाव रहेको हुँदा लेखक मित्रबट अझै यस्तै लेखको अपेक्षा सहित धन्यवाद ।

Leave a comment