January 23, 2026
समाचार

प्रहरीसंगसंगै रोटरियन छन्

प्रहरीसंगसंगै रोटरियन छन्

               रोटरी क्लब अफ गोदावरी र रोटरी क्लब अफ काठमाडौँले संयुक्त रूपमा बाँडिगाउँ स्थित प्रहरी प्रभाग हालको जेनजी आन्दोलनका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरी चौकीको पुनर्निर्माणका लागि जस्ता पत्रा, वालपेन्ट/रङ, प्लास्टिक टेबल कुर्सी लगायतका सामग्री सहयोग गरेको छ।जसमा जस्तापाता चार बण्डल, प्लास्टिक टेबल एक थान र कुर्सी चार थान, वालपेन्ट १०० लिटर, रोलर ब्रस, पुटिङ आदि जस्ता सामाग्री वितरण गरेको छ। यस रोटरी क्लब अफ गोदावरीको कार्यलाई गोदावरी रेसिडेन्सियल स्कुलको पनि सहकार्य रहेको जानकारी प्राप्त भएको छ।गोदावरी रेसिडेन्सियस स्कुलको तर्फबाट दुई बण्डेल जस्ता सहयोग गरेको हो। यसैगरी नेपाली सेनाका पूर्व कर्णेल ई. रोटरियन अर्जुन कुमार श्रेष्ठले प्लास्टिक कुर्सी र टेबल, गोदावरी रोटरी क्लबका सदस्य रोटेरियन उद्धव बहादुर बुढाथोकीले वालपेन्ट, लगायतका सामग्री सहयोग गर्नुभएको छ। 

       कार्यक्रममा सहभागीहरू गोदावरी नगरपालिका वार्ड नं १४ का वडाध्यक्ष नीरोज बज्राचार्य, बाँडेगाउँ प्रहरीचौकीका इन्चार्ज Inspector विक्रम केसी,Assistant गभर्नर, रोटारियन महेन्द्र राज भुसाल, NRCL का चेयर रोटरियन राजेन्द्र बहादुर बम, न्यू क्लब एडभाइजर एवं रोट्री क्लब काठमाडौँका पास्ट प्रेसिडेन्ट रोटेरियन अचुत बाबु ओझा, पास्ट प्रेसिडेन्ट रोटरियन दानबहादुर चन्द, रोटरी क्लब अफ बानेश्वर, IPP रो.विदोत्ता प्रधान  श्रेष्ठ, रोटरी क्लब गोदावरीका उपाध्यक्ष रो. गोविन्द पुरी, कोषाध्यक्ष रो. आशुतोष आचार्य, सदस्यहरू रो. उपेन्द्र दाहाल रो. प्रयासचन्द्र पौडेल, रो. मिना खड्का, रो. सुरेश बज्राचार्य, रोटरी क्लब अफ माहबौद्धका अध्यक्ष रो. श्याम तण्डुकार लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।
 

0 Comments

Leave a comment