February 06, 2025
समाचार

युवा शिक्षासेवी हिक्मत दाहालले प्रोफेशन डेप्लभपर अवार्ड पाउन सफल

युवा शिक्षासेवी हिक्मत दाहालले प्रोफेशन डेप्लभपर अवार्ड पाउन सफल

              दक्षिण एसियाली मुलुकका शिक्षाकर्मी सम्मानित दार्जिलिङ(भारत), २३ भदौ प्रथमसार्क एजुकेसन अवार्ड २०२३बाट नेपाल, भारत भुटानका शिक्षासेवी संस्था सम्मानित भएका छन् नेपालकोशिक्षालय राष्ट्रिय मासिकद्वारासार्क जर्नालिष्ट फोरमरोटरी क्लब अफ दार्जिलिङको सहकार्यमा सेन्ट जोसेफ स्कुल, नर्थ प्वाइन्टमा आयोजित कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्र प्रशासनिक सभाका उपाध्यक्ष राजेश चौहानले ती सम्मान प्रदान गर्नुभएको हो उपाध्यक्ष चौहानले समाजलाई अग्रगमनका लागि शिक्षाको महत्व अनिवार्य भएकाले यस क्षेत्रमा योगदान दिने रचनात्मक कार्य गर्नेलाई सम्मानित गर्नुपर्नेमा जोड दिनुभयो सेन्ट जोसेफ स्कुलमा नेपालका पूर्वराजा वीरेन्द्र शाह, ज्ञानेन्द्र शाह, भुटानका वर्तमान राजा, थाइल्याण्डका राजपरिवारका सदस्यले पनि अध्ययन गर्नुभएको थियो ।aA

          दक्षिण एसियाली मुलुकमा सामुदायिक निजीस्तरको शिक्षा क्षेत्रमा उहाँहरुले प्रदर्शन गर्नुभएको योगदान, नवप्रवर्तन, उत्कृष्टता, समर्पण, सृजनात्मकता, व्यावसायिक विकासका लागि सम्मान प्रदान गरिएको शिक्षालयका अध्यक्ष श्याम तण्डुकारले जानकारी दिनुभयो

                सम्मानित हुनेमा नेपालबाट सार्क एजुकेशनमा युवा शिक्षासेवी हिक्मत दाहालले प्रोफेशन डेप्लभपर अवार्ड पाउन सफल हुनु भएको उहाँ बसुन्धारामा अवस्थि तक्षशिला कलेजमा रिसर्च डेभलमेण्ट डाइरेक्टर, अरुणी सेकेण्डरी स्कुलका प्रिन्सिपल तथा एडिनको अध्यक्ष हुनुहुन्छ उहाँले शैक्षिक उन्ननयनका लागि स्वदेशी तथा विदेशी शिक्षाविद्हरु ल्याउनु भई शैक्षिक गोष्ठीहरु उपत्यका भित्रका प्रिन्सिपल तथा उपत्यका वाहिरका प्रिन्सिपलहरुलाई केन्द्र विन्दुमा राखेर थुप्रै गोष्ठीहरु आयोजना गरिसक्नु भएको उहाँले गर्नु भएको योगदानको कदर गर्दै सार्क एजुकेशन अवार्डमा सम्मानित हुनु भएको हो 

                जेम्स स्कुलले सार्क मुलुकभर एक्सिलेक्स स्कुल अवार्ड पाउन सफल भएको हो सेन्ट जेभियर्स स्कुलका प्रिन्सिपल फादर स्यामुअल सिमिक, हिमालय कलेजका प्रिन्सिपल रामहरि सिलवाल, , प्याब्सननका केन्द्रिय सदस्य राधेकृणा मर्हजन भक्तपुर प्याव्सननका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, प्रेरणा विद्यासदनका प्रिन्सिपल हीरा महर्जन, विद्यालयमा पठन संस्कृतिका अभियन्ता शरदबाबु श्रेष्ठ, प्याब्सनका उपाध्यक्ष सङ्गीता सिलवाल, ऐसेलु भूमे माध्यमिक विद्यालय व्यवस्थान समितिका अध्यक्ष नन्दराम न्यौपाने, काठमाण्डौंवाट फ्यूचर स्टार इड्लिस स्कुलका संस्थापक निर्देशक  मनोजकुमार श्रेष्ठ, नार्गजुन सितापाइलामा अवस्थित ज्योति एकेडेमीका संस्थापक प्रिन्सिपल गोविन्द पंगेनी , काठमाण्डौं स्वम्भुमा अवस्थित द एक्सेल पब्लिक सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल बासुदेव घिमिरे र रेनबो ई. स्कुलका संस्थापक निर्देशक तथा प्रिन्सिपल विनोद ढकाल सम्मानित हुनु भएको छ ।  कुसुम थापा, हीरा थापाा, भक्तपुरको प्रिशेस इङ्लिस स्कुल, ललितपुरको जुगल स्कुलका भाइस प्रिन्सिपल सुमन केसी , पुष्पाञ्जली स्कुलका निर्देशक एलिन लेप्चाले आउट स्ट्याडिङ एचिभमेण्ट अवार्ड पाउन सफल भएका छन् यसैगरी कैलाालीका कुल प्रसाद भट्ट, सुर्खेतका प्रतिमा राणा मल्ल, धरान सुनसरीवाट पार्वती राई जुली राई, बुटवलबाट नितु श्रेष्ठ, भारतबाट सेन्ट पल स्कुलका पिटर लेप्चा, स्न्ट जाोसेफ स्कुल नर्थ प्वाईन्ट, अमर सिंह राई, सर्निमल चक्रवर्ति, सुरिन राई, टेलिग्राफ पत्रिकाका सहसम्पादक विवेक क्षेत्री सिक्किमबाट ईडन गार्डेन स्कुल वेथल ऐकेडेमि, भूटानबाट लोसेल ग्याष्ट्रो एकेडेमीका प्रिन्सिपल छिरिङ डिमा हुनुहुन्थ्यो कार्यक्रममा उच्चशिक्षालय तथा विद्यालय सङ्घ (हिसान) का उपाध्यक्ष रामहरि सिलवालले अशल शिक्षा प्रणालीले मुलुुकको विकासका लागि अगुवाइ गर्ने उल्लेख गर्दै शिक्षा क्षेत्रमा निरन्तर सेवा गरी विशिष्टता प्रदर्शन गर्नेलाई हुने सहकार्यले दक्षिण एसियाली मुलुकको शिक्षा क्षेत्र लाभान्वित हुने बताउनुभयो निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का वरिष्ठ उपाध्यक्ष दीपिका थापाले शिक्षा क्षेत्रमा गरिएको समर्पण लगानी भविष्यको पुस्ताका लागि सम्पति भएको बताउनुभयो

          सार्क जर्नालिष्ट फोरमका अध्यक्ष राजु लामाले शिक्षा सञ्चारको सहकार्य तथा दक्षिण एसियाली मुलुकमा सामाजिक रुपान्तरणबारे चर्चा गर्नुभएको कार्यक्रममा उक्त संस्थाका महासचिव एमडी अब्दुर रहमान, भारत च्याप्टरका अध्यक्ष डा अनिरुद्ध शुधाम्शु, नेपाल च्याप्टरका अध्यक्ष प्रकाश सिलवाल, भारतको सूचना तथा प्रसारण मन्त्रालयको केन्द्रीय चलचित्र बोर्डको सल्लाहकार शेख रइस अहमदलगायतको सहभागिता थियो –––

 

 

0 Comments

Leave a comment