काठमाडौँ । ललितपुर नखिपोटको रिजेन्ट रेसिडेन्सियल स्कुलले इन्टरनेशनल अवार्ड–२०१९–२०को फूल अवार्ड जित्न सफल भएको छ । ब्रिटिस काउन्सिल नेपालले २०७७ कात्तिक ४ गते गरेको एक भव्य अनलाइन समारोहका बीच ललितपुर जिल्लाबाट जित्न रिजेन्ट स्कुल सफल भएको हो ।
नेपाल सरकार शिक्षा मन्त्रालय र ब्रिटिस काउन्सिल नेपालको सशक्त कार्यक्रम कनेक्टिङ क्लासरुममार्फत् शैक्षिक गतिविधिलाई परिस्कृत शिक्षा प्रदान गर्न दीगो विकासका लक्ष्यहरु पूर्ति गर्ने उद्देश्यका साथ स्थानीय सरकार शिक्षा शाखाको समन्वयमा विद्यालयले विद्यार्थीहरुलाई समेट्ने गरी अन्य मुलुकका शिक्षक, विद्यार्थी, विद्यालय र अन्य विद्यालयका शिक्षक, विद्यार्थीसँग समन्वय गरी १ वर्षसम्म कम्तिमा ७ वटा सञ्चालन गरी उक्त प्रतियोगितामा सहभागि हुन सकिन्छ ।
रिजेन्ट स्कुलले विगत १ वर्षदेखि यही अवार्ड जित्न ८ वटा परियोजनाहरु सञ्चालन गरेको छ । वि अल आर प्रिजेन्टरपरियोजना रिजेन्ट स्कुल र डोमोनिक्स ग्रामर स्कूलका विद्यार्थी र शिक्षकको बीचमा फूद मेनिया परियोजना रिजेन्ट स्कुल र जोन वेलडन प्रिमियर एकेडेमीका शिक्षक र विद्यार्थीहरुका बीचमा, वी लर्न विथ चिन परियोजना रिजेन्ट स्कुलले जितको छ । त्यसैगरी चिन, भारत र नेपालका केही अन्य विद्यालयसँगको सहभागितामा समेत अन्य परियोजनाहरु सञ्चालन गरिएका थिए ।
यस कार्यक्रममा स्थानीय पाठ्यक्रवापत २० प्रतिशत कार्य स्थानीय संस्कृति, सभ्यता, स्थानीयता झल्काउने कार्य गरिनुपर्ने हुन्छ । त्यसैअन्तर्गत रिजेन्ट स्कुलले सुनाकोटीस्थित संस्कृति संरक्षण संघ भन्ने संरचनासँग सहकार्य गरीपरियोजना सञ्चालन ग¥यो । यस परियोजनाबाट विद्यार्थीले नेवारी संस्कृति, नेवारी बाजा धिमे र यसको महत्व एवं संरक्षणमा गहिरो अध्ययन गरेका हुन् ।
यस्ता परियोजना सञ्चालनको संयोजन रिजेन्ट स्कुलका आइएसओ कोर्डिनेटर रामजी आचार्यले गरेका थिए।
0 Comments