March 17, 2026
समाचार

रोटरी क्लब अफ महाबौद्धले बाल बिनोद मा.बि. का बिद्यार्थीहरुलाई  छात्राबृत्ति बाड्यो 

रोटरी क्लब अफ महाबौद्धले बाल बिनोद मा.बि. का बिद्यार्थीहरुलाई  छात्राबृत्ति बाड्यो 

             रोटरी क्लब अफ महाबौद्धले यस वर्षको छात्राबृत्ति प्रदान गरेको छ । रोटरी क्लब अफ महाबौद्धले विगत ५ वर्ष देखि प्रदान गर्दै आएको छात्राबृत्ति २०८२ साल माघ २५ गते आइतबारका दिन श्री बाल बिनोद माध्यामिक विद्यालयका ३ जना विद्यार्थीहरु आशिस कुमार साल्मी कक्षा ८, शान्ति श्रेष्ठ कक्षा सात र राजन उरव कक्षा सात गरि ३ जना विद्यार्थीहरु लाई जनही सात हजारका दरले क्लबका प्रेसिडेन्ट श्याम तण्डुकारले हस्तारण गर्नु भएको हो ।

            यस विद्यालयको हिरत जयन्तीको भव्य सभ्य कार्यक्रमको समारोहमा छात्राबृत्ति प्रदान गर्नको लागि संयोजनको भुमिका क्लवका पास्ट प्रेसिडेन्ट बत्स कुमार शाक्यले गर्नु भएको थियो । यसै समारोहमा पास्ट प्रेसिडेन्ट सुरेन्द्र शाक्यले बिद्यार्थीहरुको स्टेशनरीका लागि यसै विद्यालयका प्रध्यानाध्यापक अनिल कुमार झालाई १० हजार नगद हस्तातरण गर्नु भयो । 
            बिद्यालयको हिरक जयन्तीको अबसरमा पूर्व प्रध्यानाध्यापक, शिक्षक , कर्मचारी र पूर्व विद्यार्थीहरुलाई सम्मान कार्यक्रमले उत्साहमय बनाएको थियो । विद्यार्थीहरुको नृत्यले कार्यक्रमलाई थप शोभायमान बनाउन थप बल पु¥यायो  । 

0 Comments

Leave a comment