रोटरी क्लब अफ महाबौद्धले माईक्रोकेडिट प्रोजेक्ट अन्तर्गत विन नेपाल लघुवित्त संस्था लिमिटेडलाई १ करोडको चेक हस्तान्तरण गरेको छ । इम्पिलिमेण्ट र्दि रिभल्भिङ लोन कार्यक्रम कमिटिका चेयर रोटरियन गुप्त बहादुर राणाले विन नेपालका सिईओ जीवन खनाललाई आज एक औपचारिक कार्यक्रममा सो रकम बराबरको चेक हस्तातरण गर्नु भएको हो ।
यो रकम सिन्धुपाल्चोक जिल्लामा रहेका भुकम्प पीडित महिलाहरुलाई सहुलियत व्याजमा विना धितो ऋण प्रदान गरि सो स्थानका महिलाहरुको जीवन शैलीमा आर्थिक पाटोमा सवलतका लागि तय गरिएको प्रोजेक्ट हो । रिभल्भिङ लोन कार्यक्रम संचालनका लागि विन नेपाल लघुवित्त संस्था लिमिटेडलाई ३ वर्षका लागि रोटरी क्लब अफ महाबौद्धले १ करोड रकम प्रदान गरेका हो ।
यस कार्यक्रममा रभल्भिङ लोन कमिटिका चेयर गुप्त बहादुर राणा, प्रिसिडेन्ट विरंगना मर्हजन, सल्हाकार धर्म बज्रचार्य, रोटरियनहरु डा. पुष्प राज राजकर्णिकार , टिकानीधि लोहनी र श्यााम तण्डुकारको उपस्थिति रहेको थियो ।
समाचार
रोटरी क्लब अफ महाबौद्धले १ करोडको चेक हस्तान्तरण गरेको छ

0 Comments