कोरोना भाइरसका कारण विश्व लकडाउनको अवस्थामा छ । नेपालको सन्दर्भमा २०७६ चैत ११ गतेबाट लकडाउन सुरु भएर करिब दुई महिना अवधिदेखि लकडाउन भएर सबै घरभित्रै बस्नुपरेको छ । व्यापार, व्यवसाय, शिक्षा, सेवा निकायहरु सबै ठप्प भएका छन् । यो संकटअवस्थामा बालबालिकासँग कसरी जोडिन सकिन्छ भनेर ललितपुर प्याब्सनले सूचना तथा प्रविधि फेसबुकको माध्यमबाट अनलाइन कक्षा सुरु गर्ने जमर्काे गरेको छ ।
नेपालमा लकडाउन थपिँदै गर्दा शैक्षिक क्षेत्र मारमा परेको छ । नयाँ शैक्षिक सत्रको सुरुवात नहुँदै भएको लकडाउनले लाखौं विद्यार्थीहरु घरमै बस्न बाध्य भएका छन् । यस परिस्थितिमा ललितपुर प्याब्सनले सबै तहका विद्यार्थी र अभिभावकको पहुँच पुग्ने गरी फेसबुक लाइभ र युट्युवमा हेर्न मिल्नेगरी हरेक दिन ४ बजे अनलाइन कक्षा सञ्चालन गरिएको कुरा ललितपुर प्याब्सनका अध्यक्ष राधाकृष्ण महर्जन बताउनुभयो ।
सूचना तथा प्रविधिको सदुपयोग गर्दै विद्यार्थीहरुसँग जोड्नका लागि सहज वातावरण बनाउने प्रयासलाई सम्पूर्ण विद्यालयले आफ्ना विद्यार्थीलाई जानकारी गराई लाभान्वित हुन सक्ने ललितपुर प्याब्सनका सचिव तथा विज्ञान शिक्षक निरोज महर्जनले जनकारी गराउनुभयो । सामान्यतया फेसबुक नचलाउने अभिभावक कम हुने भएको र वाईफाई, इन्टरनेट नभएको ठाउँमा समेत डाटाको माध्यमबाट विद्यार्थीले फेसबुकको माध्यमबाट सिकाइबाट लाभ लिन सक्ने कुरा शिक्षक सन्दिप बालमीकिले बताउनुभयो ।
0 Comments