समृद्धि फाइनान्सले मकवानपुरका विद्यार्थीलाई विहीबार न्यानो कपडा वितरण गरेको छ । मकवानपुरको महादेवटारस्थित नटारम्भेश्वर आधारभूत विद्यालयका ४२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
सहयात्राको आयोजना, समृद्धि फाइनान्सको सहयोग तथा योङ्ग पिकासोको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुलाई स्वेटर, टोपी तथा मोजा वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राधानाध्यापक भिमसेन कठायतले विकटताभित्र भएको आर्थिक विपन्नताले विद्यार्थीलाई जाडो याममा विद्यालय आउन मुस्किल हुने अवस्थालाई सहज बनाउन वितरित कपडाले सहयोग गर्ने भाव व्यक्त गरे ।
योङ्ग पिकासोका निर्देशक अजय देशारले विद्यार्थीलाई विद्यालय आउनको लागि सामान्य व्यवस्था गर्न नसक्दा धेरै विद्यार्थी विद्यालय आउन नसक्ने अवस्थामा न्यानो कपडाले विद्यार्थीलाई विद्यालय आउने वातावरण निर्वाह गर्न सहयोग गर्ने बताए ।
शिक्षकले वहानाको सट्टामा योजना बनाउन सकेमा विद्यार्थीको सिकाइ तथा नियमितता दुवै हुन सक्ने हुनाले विद्यार्थीको मनोभावना बुझेर कार्य गर्न सकिने सहयात्राका निवर्तमान अध्यक्ष बाल मुकुन्द आचार्यले बताए ।
कार्यक्रममा राजधानी दैनिकका युमास शेर्पा, मुलुक टाइम्सका सम्पादक संजिव सिंह, स्वास्थ्यकर्मी नितु शर्मालगायतको सहभागीता थियो ।
आर्थिक रुपमा विपन्न विद्यार्थी पढ्ने नटारम्भेश्वर आधारभूत विद्यालयमा दैनिक २ घण्टासम्म हिडेर आउने बाध्यता भएका विद्यार्थीहरु जाडो याममा पनि सामान्य सर्ट र चप्पलको भरमा विद्यालय आउने गरेका छन् ।
विद्यालयलाई न्यायो कपडा

0 Comments