September 10, 2024
समाचार

विद्यार्थी उत्साहित भएर विद्यालय आएका छन्ः प्रकाश श्रेष्ठ

विद्यार्थी उत्साहित भएर विद्यालय आएका छन्ः प्रकाश श्रेष्ठ

विश्व कोभिड महामारीको चपेटामा पर्दा नेपाल पनि यसबाट अछुतो रहँन सकेन । कोभिड महामारीले देशको धेरै क्षेत्र प्रभावित भए, त्यसमा पनि सबैभन्दा बढी प्रभावित भएको क्षेत्र भनेको शिक्षा नै हो । 
विभिन्न ठूला र पूर्वाधार बढी भएका विद्यालयहरुले विभिन्न प्रविधिको प्रयोग गरेर आफ्ना बालबालिकाको पढाइ निरन्तरताको लागि धेरै विद्यालय सफल भए । अनलाइन कक्षा सञ्चालन गरिरहेको विद्यालयहरुमध्ये एक हो सन्तानेश्वर विद्या मन्दिर । जुन विद्यालयले आफ्ना विद्यार्थीको शैक्षिक सत्र खेर नजाओस् भनेर अनलाइन कक्षा (जुम, गुगल एप्स र माइक्रोशप्त जस्ता अनलाइनबाट विद्यार्थीको पढाइलाई निरन्तरता दिएको थियो । हाल भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्दै आएको सन्तानेश्वर विद्या मन्दिरका प्रधानाध्यापक प्रकाश श्रेष्ठसँग शिक्षालयले गरेको कुराकानी सारः 
 
नगरकार्यपालिकाले विद्यालय खोल्नु भनेर निर्णय गरिसकेपछि हामीले हाम्रो विद्यालय पनि नियमित रुपमा खोल्ने र पढाईलाई निरन्तरता दिने काम गरेका छौं ।  विद्यालय लामो समयको बन्द पछि बालबालिकाहरुमा पनि छुट्टै किसिमको जोश जागर आएको हामीले देखेका छौं । उनीहरु उत्साहित भएर विद्यालय आए । तर, केही अभिभावकहरु भने अलि शशंकित हुनुहुन्थ्यो, केहीले विद्यालयमा फोन नै गरेर अलि हतार भयो कि भन्ने जिज्ञाशा पनि राखे । हामीले पनि अभिभावकहरुलाई सिफ्टमा पढाउने काम गरेका छौं, होमवर्क चाहिँ लिएर आउनुहोस् भनेर कतिपय अभिभावकहरुलाई हामीले कन्भिन्स गरौं ।

झण्डै ९० प्रतिशत बालबालिका चाहिँ विद्यालयमा उत्साहित भएर आएका थिए । तर, अहिलेको स्थिति हेर्दा एकदमै सामान्य रुपमा पठनपाठन सञ्चालन भइरहेको छ, त्यस्तै हामीलाई पनि लागेको छ कि अब पहिलाको जस्तै स्फूर्तरुपमा विद्यालय सञ्चालन भइरहेको छ । साना कक्षा नर्सरी र एलकेजीका नानीहरु पनि विद्यालयमा आउने क्रम जारी छ । त्योभन्दा माथिका बालबालिका प्रायः सबै आउनुभएको छ । अभिभावकमा पनि निकै खुशी देखिन्छ । पढाइ पनि पहिलाको जस्तै गरी चलेको छ । साना कक्षामा भने अभिभावकको डरले होला या घरमा नै पढाउन पनि सकिने भएकोले होला साना नानीहरु चाहिँ आउने क्रम जारी छ । ठूलो कक्षा सामान्य नै चलेको छ त्यसमा दुरी कायम गरेर पढाइरहेका छौं ।  

कोभिड र बालबालिका
कोभिडको जोखिमबाट बच्न हामीले बालबालिकाहरुको नियमित ज्वरो नाप्ने, सेनिटाइजर गर्ने, बारम्बार हात धुने र ज्वरो आएको बालबालिकालाई विद्यालयमा नपठाउन अभिभावकहरुलाई भनेका छौं । 

शैक्षिक सत्र लम्ब्याउने
शैक्षिक सत्र लम्ब्याउने जुन निर्णय छ, त्यो राम्रो उपाय हो, किनभने हामीले त अनलाइन कक्षा, सञ्चालन ग¥यौं । तर, कतिपय विद्यालयले त्यो पनि गर्न सकेका छैनन् । त्यस्तै अनलाइन कक्षामा सबैलाई सामेल गर्न पनि सकेका छैनन् । जेठसम्म लम्ब्याएर परीक्षा लिने र असारबाट नयाँ सेसन सुरु गरियो भने १० महिनामा त सकिन्छ नि ! त्यसले कुनै प्रभाव पार्दैन त्यो निकै राम्रो कुरा हो । 
 

0 Comments

Leave a comment