December 01, 2023
विविध

सिकाई प्रणाली मूल्यांकनका लागि परीक्षा प्रणली आवश्यक छ

सिकाई प्रणाली मूल्यांकनका लागि परीक्षा प्रणली आवश्यक छ

नेसनल प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष संजय खड्काले माध्यमिक शिक्षा परीक्षा (एसईई)को खारेजी गर्नु पर्ने भन्ने विषयमा विभिन्न प्रकारले बहसहरु सिर्जना भइरहेको सन्दर्भमा छलफलका लागि विषय प्रवेश गराएका थिए

उक्त कार्यक्रममा नेसनल प्याब्सन जिल्ला बरिष्ठ उपाध्यक्ष शिवकृष्ण कवां, उपाध्यक्ष राम प्रसाद खाताखो, सचिब कुमार थापा मगर, सहसचिब दिनेश शाक्य, कोषाध्यक्ष विक्रम थापा, सहकोषाध्यक्ष रत्न राई लगाएत सहभागी सदस्य एवं उपस्थित प्रिन्सिपलहरुले मुल्याकंनका लागि कुनै कुनै प्रकारको परीक्षा प्रणाली आवश्यक रहेको उल्लेख गर्दै एसईई हटाउन नहुनेमा जोड दिएका थिए।

 कार्यक्रममा सहभागिहरुले शिक्षण सिकाई मुल्याकंन गर्ने विधिको जरुरी हुने भएकाले उक्त प्रणाली हटाउन नहुने उल्लेख गरे साथै अध्यक्ष खड्काले कक्षा १२ सम्मको नै शिक्षण सिकाई विधि मूल्याकंन पद्दतिमा समयसापेक्ष परिवर्तिन गरिनु पर्ने उल्लेख गर्नु भयो  कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको तर्फबाट बिक्रम ढुकुछु, जिबि खड्का पुणयराम कवांलाई जिल्ला समिति सल्लाहकार तथा अधिवक्ता राधाकृष्ण भण्डारीलाई कानुनी सल्लाहकारको मनोनयन पत्र प्रदान गरिएको थियो

नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेसनल प्याब्सन केन्द्रीय सहकोषाध्यक्ष बिक्रम ढुकुछु, अतिथि केन्द्रीय सदस्य जिबि खड्का अधिवक्ता राधाकृ्षण भण्डारीले शुभकामना दिनु भएको थियो !

नेसनल प्याब्सन भक्तपुरको २०८० भाद्र ३० गते सम्पन्न छैटौं अधिवेशनबाट निर्विरोध नवनिर्वाचित जिल्ला कार्यसमितिको तर्फबाट सबै सदस्य विद्यालयलाई धन्यवाद दिइएको थियो भने काठमान्डौ फन भ्यालीले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गरेको थियो ।  

0 Comments

Leave a comment