नेपालबाट संस्थागत विद्यालयका ६ जना प्रिन्सिपलहरु सुजी एनियाग्राम प्रशिक्षक प्रशिक्षण लेभल २ को तालिमको लागि कोरियाको सियोलमा सहभागीता जनाउनु भएको छ । यस तालिमबाट विद्यार्थी, शिक्षक, स्कुलका लिडरहरुको व्यक्तित्व विकास, विद्यालय व्यवस्थापन, संस्कारित शिक्षा तथा आत्मिक उन्नयन हुने जस्ता विषयवस्तु समेटिएको छ ।
५ दिने तालिम पश्चात् सुजी एनियाग्राम नेपाल सेन्टरको उद्घाटन भएको छ । यस नेपाल सेन्टरको निर्देशकमा श्री हिक्मत दाहाल मनोनित हुनु भएको जानकारी प्राप्त भएको छ । यस तालिमको दौडानमा कोरियाको शिक्षा तथा विकास सम्वन्धी विविध क्षेत्रहरुको अनेक दृष्टिकोणवाट अवलोकन भयो । ग्योङसाङ इलिमेन्टरी स्कुल, हानसङ विश्व विद्यालयको भ्रमण समेत गर्नु भएका टोलिले कोरिया रिपब्लिकनको नेशनल एसेम्बली भ्रमण, खाङडुकखु सांसदसंग शिक्षा सम्वन्धी विविध विषय वस्तुमा छलफल भएको जानकारी प्राप्त भएको छ ।
नेपालवाट यस महत्वपूण तालिममा सहभागिता जनाउने नेपालका प्रिन्सिपलहरुमा हिक्मत दाहाल, हिरा मर्हजन, मनोज कुमार श्रेष्ठ, विनोद वावु ढकाल, प्रकाश राज वुढाथोकी,प्रोशन भण्डारी रहेका छन् ।
0 Comments