March 17, 2026
समाचार

सुदेशा लर्निङ एण्ड फन मेला सम्पन्न

सुदेशा लर्निङ एण्ड फन मेला सम्पन्न

सुदेशा लर्निङ एण्ड फन मेला सम्पन्न
ललितपुर जिल्लाको एक अब्बल बिद्यालय जो नख्खुमा अबस्थित छ, यस बिद्यालयले विद्यार्थी केन्द्रित भएर पठन पाठन संगसंगै अहिलेको प्रविधीको प्रयोगले जनजीवनमा कसरी सहज बनाउन सकिन्छ भनेर प्रविधिमैत्रिक शिक्षा अर्थात प्रयोगात्मक रुपमा बिशेष लक्षित गरेर सिकाईलाई प्राथमिकता दिर्दै आएको छ । 
  जसले गर्दा विद्यार्थीमा सानै उमेर देखि प्रयोगात्क ज्ञान पाई आत्माविश्वास बढेको पाइन्छ ।  यस्तै विविध प्रकारको डिजिटल रोचक तथा ज्ञानबद्धक स्टलहरु सुदेशा स्कुलका ससाना कलिला विद्यार्थीहरुले यस लर्निङ एण्ड फन मेलामा आफ्नो स्टलहरुको प्रर्दशन गरेका थिए । जसले मेलामा पाल्नु भएका आगन्तुक तथा अभिभाबकहरुले खुलेर प्रसंशा गरेको सुनिन्थ्यो । 

यस मेलामा विद्यार्थीहरुले बर्षभरि गरेको प्रर्फमेन्सका आधारमा कक्षागत रुपमा अवार्ड प्रदान गरिएको थियो । यसले विद्यार्थी र अभिभाबकको मुहार उज्यालो देखिन्थ्यो । विद्यार्थीहरुको विभिन्न मनमोहक र राष्ट्रिय ओतपोत हुने गीत, संगित तथा नृत्यले कार्यक्रमको आकर्षक थपेको थियो । 
   विद्यालयले एक अर्कामा सूचना प्रवाह कसरी गर्ने , सही सूचना सही समयमा गर्नको लागि टेक्नोलोजीको प्रयोग कसरी गर्ने भन्ने कुरा यो मेलामा देखाउन खोजिएको भाव यसै विद्यालयका प्रिन्सिपल विरंगना मर्हजनले बताउनु भयो । 
 


 

0 Comments

Leave a comment