December 01, 2023
विविध

१ हप्ते ICT तालिम

१ हप्ते ICT तालिम

‌प्रबिधिमैत्री शिक्षक समाज , नेपाल बागमती प्रदेशको आयोजना र उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर ) समन्वय समितिको सहकार्य /समन्वयमा २०७७।०६।०१ गते देखि १ हप्ते ICT तालिम सन्चालन हुने भएको छ। केन्द्रिय प्राबिधिक समितिको आयोजनामा सक्रिय सदस्यहरुको लागि मात्र संचालित २० दिने Advanced TOT मोडेलको तालिम कार्यक्रमको समापन संगै १००० जना सहभागी गराउने उदेश्यले उपत्यका केन्द्रित यो तालिम कार्यक्रमको आयोजना गर्न लागिएको बागमती प्रदेश जिबन तिमल्सिनाले बताउनु भयो।

तालिम कार्यक्रमका इच्छुक सहभागीहरुबाट माग संकलन गरिएकोमा देशभरबाट करिब १५०० भन्दा बढीको सुझाव प्राप्त भएकोमा इच्छुक सहभागीकै मागमा आधारित रही केन्द्रिय प्राबिधिक समिति, प्रदेश प्राबिधिक समिति, प्रदेश समिति र उपत्यका समन्वय समितिका पदाधिकारीहरु बिचको ब्यापक छलफलबाट तालिम कार्यक्रमको मोडेल, पाठ्यक्रम र सहजकर्ताहरुको निर्धारण गरिएको बागमती प्रदेश सचिब बासु अधिकारीले जानकारी दिनु भएको छ। साथै प्र शि स सदस्य र सदस्यता प्राप्त गर्न बाकी रहनुहुने सामुदायिक र सस्थागत बिध्यालयका शिक्षक कर्मचारी सबैले निशुल्क रुपमा यो तालिम कार्यक्रममा सहभागिता जनाउन सकिने बताइएको छ।

‌ ‌प्र शि श केन्द्रिय अध्यक्ष तथा सस्थाका परिकल्पनाकार भुपती बस्यालको प्रमुख आतिथ्यतामा असोज १ गते उद्घाटन समारोह संगै तालिम कार्यक्रम सन्चाल्न हुने र हरेक दिन बिशिस्ट शैक्षिक ब्यक्तीत्वहरुबाट कार्यक्रममा सम्बोधन गराउने गरी तालिम कार्यक्रमको तयारी पुरा भएको सस्थाले जनाएको छ। ‌ ‌प्रबिधिमैत्री शिक्षक समाज, नेपालले आफ्नो कार्यक्रम र संगठन बिस्तार गर्दै जाने क्रममा उपत्यकाका तिनै जिल्लाहरुमा उपत्यका समन्वय समितिको पहलमा सदस्यता बिस्तार लगायतका अन्तर्कृयात्मक कार्यक्रमहरु सन्चालन गर्दै आएको छ।

यसै तालिम कार्यक्रमकै क्रममा ललितपुरको जिल्ला भेला आयोजना गर्न ७ सदस्यीय भेला आयोजक समिति समेत गठन भैसकेकोले केहि दिन भित्रमै प्र शि स ललितपुर जिल्ला समन्वय समिति गठन गरि बिधिबत घोषणा गरिने कार्यक्रम समेत रहेको ललितपुरका सक्रिय सदस्य नानीराम सन्जेलबाट जानकारी प्राप्त भएको छ।

4 Comments

  • I want join

  • I want to join

  • I want to join

  • I want to join

Leave a comment