निजी विद्यालयको हकहितको लागि खोलिएको संस्था प्याब्सनको केन्द्रीय भवन १४ आना क्षेत्रफलमा भवनसहित काठमाडौंको तीनकुनेमा खरिद गरिएको कुरा प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीपिका थापाले बताउनुभयो । यो भवन खरिदका लागि प्याब्सनका केन्द्रीय अध्यक्ष टीका पुरी र सहअध्यक्ष डिके ढुंगानाको उल्लेखनीय भूमिकाबाट सम्भव भएको हो ।
प्याब्सनको केन्द्रीय भवन बनाउने तयारी विगत लामो समयदेखि प्रयास भएता पनि भवन बन्न सकिरहेको थिएन । राजेश खड्काको अध्यक्षताको समयमा खरिद गरिएको खुमल्टारको जग्गा विक्री गरी सो भवनको खरिद गरिएको हो । खुमल्टारमा अवस्थित प्याब्सनको जग्गा विक्रीबाट आएको रकममा केही थप गर्नुपर्ने अवस्था रहेको छ । यस भवनमा प्रशस्त पार्किङ सुविधासहित कार्यक्रमका लागि हलहरुको सुविधासमेत हुनेछ ।




0 Comments