२०७१ सालमा बौद्धिकरुपमा फरक क्षमता भएका बालबालिकाको क्षेत्रमा काम गर्ने ध्येयले यस स्वस्थ समाज नेपालको स्थापना गरेका हौँ । हाम्रो समाजमा शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका बालबालिकाहरु छन् । उनीहरुको जीवनचर्या अरुको तुलनामा फरक हुनुको साथै कष्ठदायी छ । पारिवारिकरुपमा मात्र उनीहरुलाई सहयाग तथा प्रोत्साहन दिने गरेको छ । सरकारी निकायबाट उनीहरुलाई प्रशय दिएको हामीले पाएनौँ । संरक्षण तथा सहयोगी संस्थावीना उनीहरुको जीवनस्तरलाई उकास्न सम्भव थिएन । यस्तै क्षमता भएका बालबालिकाको संरक्षण तथा सहयोग गर्नको लागि हामीले २०७१ मा यस संस्था स्थापना गरेका हौँ ।
बौद्धिक समस्या भएका बालबालिकाको आमाले यो संस्थाको स्थापना गरेका हौ । सात जना सदस्यको सहभागितामा संस्थाको स्थापनका गरेका हौँ । हामी बाहेक केही साथीहरुले आर्थिक रुपमा तथा अन्य माध्यमबाट सहयोग गर्दै आउनु भएको छ । हाम्रो बालबालिकाको लागि सामुदायिक विद्यालयमा स्थान पाउनुपर्छ भन्ने मान्यता हाम्रो हो । किनकी सामुदायिक विद्यालयमा पनि यी नानीहरुको लागि स्थान दिएको हामीले पाएका छैनौँ । धेरै समयपछिको संर्घषले सामुदायिक विद्यालयले हामीलाई सहयोग गरेको छ ।
संस्थाले उनीहरुको संरक्षण गर्नुको साथै समाजमा परिचित हुन समेत सहयोग गर्दै आएको छ । कतिपय अभिभावकलाई यस्ता बालबालिकालाई पढाउनु पर्छ । समाजमा घुलमिल गराउनु पर्छ भन्ने जानकारी छैन । चेतनाको कमीले गर्दा धेरैजसो बालबालिका घरमा मात्र सीमित भएर बस्नु परेको छ । उनीहरुलाई परिवारमा मात्र सीमित नगराई बाहिरी बातावरणमा घुलमिल हुन हामीले सहयोग गर्दै आएका छौँ । यसले उनीहरुलाई आफ्नो क्षमताको पहिचान गराउन तथा समाजमा परिचित गराउन सहयोग गर्दछ ।
हाम्रो संरक्षणमा १५ जना बालबालिकाहरु छन् । सुन्दरी जलबाट गोर्कणेश्वरसम्ममा बालबालिका हामीसंग छन् । उनीहरु हाल ५ वर्ष देखि २१ वर्ष सम्मका छन् । यहाँको सामुदायिक विद्यालयको तीन वटा कोठामा उनीहरुलाई राखेका छौँ । एउटा कोठामा उनीहरुलाई अतिरिक्त क्रियाकलाप गराउँछौ । दुई वटा कोठामा उनीहरुलाई राखेका छौँ । सबै जना एक अर्कासँग मिलेर बसेका छन् ।
स्थानीय सरकार तथा व्यक्तिगतरुपमा हामीलाई केही रुपमा आर्थिक राहत मिलेको छ । स्थानीय सरकारले आर्थिक रुपमा भन्दा पनि विभिन्न सामग्रीहरु उपलब्ध गराई दिनुहुन्छ । साथै यहाँ रहेको नानीका अभिभावकले सहयोग गर्नुहुन्छ । यसले हामीलाई केहीसहज भएको छ । यी सहयोगलाई नानीहरुको यातायात सुविधा, खानपान, कर्मचारी तथा व्यवस्थापनमा खर्च गछौँ । स्थानीय सरकारलाई सहयोगको लागि आग्रह गरेका छौँ । शिक्षा शाखाबाट यस्ता नानीहरुको लागि वार्षिक रुपमा ४० हजार रुपैयाँ दिने गरेको सुनेका छौँ । तर हामीले यस वजेटको लागि कुनै कदम चालेका छैन । यदि निवेदन दिएमा सो सहयोग हामीले पनि पाउँछौँ होला । नेपाल सरकारले फरक क्षमता भएको व्यक्तिको प्रकृतिको आधारमा सहयोग गर्ने गरेको छ । सो सहयोग उनीहरुको परिवारलाई दिने गरिन्छ । यसका साथै केही संस्थाले प्राविधिक सहयोग गरेको छ । मेलै पनि सिवीआरको तालिम लिएको छुु ।
यी बालबालिकासँग सोच्न सक्ने क्षमता छैन । आफूलाई आवश्यक पर्ने सामान्य कुरासमेत उनीहरुलाई गर्न आउँदैन । खुवाउनदेखि दिसा विसर्जन गर्नको लागि समेत उनीहरुलाई सहयोग चाहिन्छ । परिवारमा आमा बुबा भएसम्म त उहाँहरुलाइ सहयोग गर्ने सदस्य हुन्छ । उहाँहरु नभएपछि उनीहरुको हेरचाह गर्ने कोही हुन्न । उनीहरु एक्लो हुन्छ । यही एक्लोपन नगराउनको लागि तथा उनीहरुलाई अरु सरह अगाडी बढाउनको लागि हामीले संस्था सञ्चालनमा ल्याएका छौँ ।
उनीहरुलाई खाना कसरी खाने भन्ने पनि जानकारी छैन । सामान्यभन्दा सामान्य कुरामा पनि हामीले ध्यान दिनुपर्ने अवस्था छ । यसैले गर्दा दैनिक रुपमा उनीहरुलाई घरमा पठाउँछौ । केही समयमा परिवारका व्यक्तिले उनीहरुको हेरचाह गर्नुहुन्छ । तर उनीहरुलाई आवातजावत गर्नको लागि खर्च धेरै लाग्छ । विद्यालयमा उनीहरुको लागि शौचालयको व्यवस्था पनि छैन ।
विभिन्न मुद्धा मामिलाको सामना गरेर यस संस्थाको स्थापना गरेका हौँ । झण्डै दुई वर्षको संघर्षपछि मात्र यस संस्थालाई सञ्चालनमा ल्याउन हामी सफल भएका थियौँ ।
0 Comments