नेपाली राजनीतिमा उच्च छवी बनाउनु भएकी नेतृ पम्फा भुसालको जन्म अर्घाखाँचीमा भएको हो । उहाँ भुसाल परिवारको चौथो छोरी हुन् । उहाँ जन्मनु भएको समयमा मुलुकमा पञ्चायती व्यबस्था थियो । छोरी माथी ठूलो विभेद थियो । उहाँको परिवारमा छोराकै लागि १० जना छोरी जन्मिए पछि ११औं सन्तानको रुपमा छोराको जन्म भयो । छोरी माथि गरिएको बिभेदका कारण बिद्रोही बन्नु भयो ।
उहाँको बाल्यकाल बिद्रोह गरेर नै बित्यो । उहाँ पढ्ने बिद्यालयमा कम्युनिष्टहरुको प्रभाव थियो । १३ वर्षकै उमेरमा अनेरास्ववियुको सदस्यता लिनु भयो । विद्यार्थी राजनीतिमा सक्रिय भएर लाग्नु भयो । २०३६ सालमा एसएलसी दिएर काठमाण्डौं आएपछि राजनीतिक घटनाक्रमले जेल पर्नु भयो । कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचायले सानै उमेरमा भुसाललाई तिमी नेपाल कम्युनिष्ट पार्टीको सदस्य भयौ भनेर भन्नुभयो । उहाँले नेकपाको चौथो महाधिवेशनबाट पार्टी सदस्यता पाउनु भयो ।
विद्यार्थी जीवनदेखि नै भुसालको राजनीतिक कर्मभूमि ललितपुर भयो । २०४६ सालको जनआन्दोलन पछि नेकपा एकता केद्रको बाग्मती ब्यूरो सदस्य हुनु भयो । उहाँ संयुक्त जनमोर्चाको सचिव, महासचिव हुँदै अध्यक्ष समेत हुनुभयो । त्यसपछि राजनीतिक परिवेशले तत्कालीन नेकपा माओवादीको केद्रिय सदस्य हुनुभयो ।
नेकपा माओवादी जनयुद्धको समयमा उहाँ एक मात्र महिला केन्द्रयी सदस्य हुनुहुन्थ्यो । माओवादी दोस्रो जनआन्दोलन पछि उहाँ महिला, बालबालिका तथा समाजकल्याण मन्त्रि, सामान्य प्रशासन मन्त्रि, शान्ति तथा पुनः निर्माण मन्त्रि भईसक्नु भएको छ । हाल शेर बहादुरको नेतृत्वमा उर्जा मन्त्रि हुनुहुन्छ । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य हुनुहुन्छ ।
बाल्यकालदेखि नै बिद्रोह गरेर आउनु भएकी भुसालले प्रचण्डपछि पार्टीको नेतृत्व लिई पार्टी हाक्ने योजना बुन्नु भएको छ । दोस्रो पुस्ताको नेतृत्व आफूले नस्विकार्ने र आफैले नेतृत्व गर्ने योजना भए पनि उहाँको कुनै गुट नभएको देखिन्छ ।
0 Comments