January 23, 2026
समाचार

पीएचडी एसोसिएसनमा डा. सुन्दरी पोखरेल निर्वाचित

पीएचडी एसोसिएसनमा डा. सुन्दरी पोखरेल निर्वाचित

काठमाडौं ।

                    नेपाल पीएचडी एसोसिएसनले यसपटक कार्यसमितिका अधिकांश पद सर्वसम्मत चयन गरेको छ । काठमाडौमा सम्पन्न एसोसिएसनको १७ औं साधारण सभाबाट अध्यक्षमा डा. सुन्दरी पोखरेल निर्वाचित हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा डा. दिवस अमात्य, महासचिवमा डा. अलकबाबु प्रसाई र सचिवमा डा. सारिका अमात्य निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा भने निर्वाचन भएको थियो, जसमा हुँदा डा. रामशरण थपलिया निर्वाचित हुनुभएको छ । कार्यसमितिको सदस्यहरुमा डा. भोलानाथ ढकाल, डा. माला कुँवर खरेल, डा. भिष्म कार्की, डा. राजेन्द्रकुमार प्रधान, डा. रामानन्द पण्डित र डा. शान्तिकला सुवेदी निर्वाचित हुनुभएको छ । 

                  एसोसिएसनले नीति निर्माण र देश विकासमा राज्यलाई सघाउन एसोसिएसन तयार रहेको प्रस्ताव पारित गरेको छ । नेपालमा रहेका प्राज्ञिक जनशक्तिको सदुपयोग गर्न र विदेशमा अध्यययन गरेका तथा विदेशमै कार्यरत प्राज्ञिक जनशक्तिलाई नेपाल भित्राएर सदुपयोग गर्न सरकारलाई सुझाव पनि दिएको छ । 

एसोसिएसनले यस वर्षदेखि एनपीए एक्सिलेन्स अवार्ड दिन थालेको छ । पहिलो एक्सिलेन्स अवार्ड डा. यादवप्रसाद पन्तलाई मरणोपरान्त प्रदान गरिएको छ । पन्तको परिवारको तर्फबाट राधेश पन्तले अवार्ड ग्रहण गर्नुभएको थियो । डा. पन्त नेपालको पहिलो पीएचडी हुनुहुन्थ्यो । एसोसिएसनले हरेक वर्ष अवार्ड प्रदान गर्ने भएको छ ।

0 Comments

Leave a comment