December 10, 2025
समाचार

राजनीतिक दलबीच घनीभूत छलफल : हरि सिंह के.सी. केन्द्रिय सदस्य केन्द्रिय शिक्षा विभाग, नेपाली कांग्रेस

राजनीतिक दलबीच घनीभूत छलफल : हरि सिंह के.सी. केन्द्रिय सदस्य केन्द्रिय शिक्षा विभाग, नेपाली कांग्रेस

                आज मिति २०८२ साल जेठ १२ गते सोमबारका दिन लैनचौरमा अवस्थित मल्ल होटेलमा उच्च शिक्षाका आयाम विषयक विमर्श भव्य रुपमा सम्पन्न भएको छ । माननीय श्री शेर बहादुर देउवा पूर्व पप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापतिको प्रमुख अतिथि, माननीय शिक्षा, विज्ञान तथा प्रविधि  मन्त्री रघुजी पन्तको बिशिष्ट अतिथिको उपस्थितिमा सम्पन्न  भएको हो । यस विमर्श समारोहमा पूर्व राजदुत एवं त्रिभुवन विश्वविद्यालयका  पूर्व उपकुलपति केदारभक्त माथेमा, प्रा.डा. त्रिभुवन विश्वविद्यालयका  पूर्व उपकुलपति तिर्थराज खनिया र सुदुरपश्चिम विश्वविद्यालयका  पूर्व उपकुलपति प्राा.डा.अम्मरराज जोशीले कार्यपत्र पेश गर्नु भएको थियो । 
यस उच्च शिक्षाका आयाम विषयकमा उठान भएका विषयवस्तुहरुलाई उजागर गरि नेपाली कांग्रेसका केन्द्रिय सदस्य, केन्द्रिय शिक्षा विभागका हरि सिंह के.सी. ले आफ्नो विचार यसरी प्रष्ट रुपमा राख्नुभएको छ । 

    राजनीतिक दलबीच घनीभूत छलफल गरेर शिक्षाका सम्बन्धमा साझा धारणा निर्माण गर्नुपर्छ । मुलुकभित्र तथा बाहिर रहनुभएका शिक्षाविद्हरु, यस क्षेत्रका विज्ञ तथा सरोकारवालासँगको परामर्शमा शिक्षा नीति निर्माण गरिदनुपर्छ । 
    पछिल्लो समय क्याम्पसहरुमा विद्यार्थी घट्दै गएका छन् । जसका कारण केही क्याम्पसहरु मर्ज वा बन्द गर्नुपर्ने अवस्थामा छन् । सबे भन्दा डरलाग्दो विषय भनेको अहिले नेपाली विद्यार्थीहरु अध्ययनको लागि विदेशिने गरेको जस्तो देखिएको छ । तर यसँगै उनीहरु आफू मात्रै विदेशिएका छैनन्, उतैका स्थायी बासिन्दा बनेका छन् र आफ्ना आमा बाबुलाई पनि उतै लगेर से्टल गराउन थालेका छन् । यस्तो अवस्थामा मुलुकको उच्च शिक्षा सुधारको लागि निकै ठूलो चिरफार गर्नुपर्ने देखिन्छ । यस्तो अवस्थामा अनियन्त्रित रुपमा विश्वविद्यालय स्थापनाको क्रम रोकिनुपर्छ । कुन विषयमा कति विद्यार्थी आवश्यक पर्छ भन्ने विषयमा पनि गम्भिर अध्ययन हुनुपर्छ । यति गर्न सकिएन भने मुलुकको उच्च शिक्षा समस्याग्रस्त मात्रै होइन संकटग्रस्त हुनेछ । 

नेपालमा उच्च शिक्षा राम्रो गर्न सकिने उपायहरु ः
    सम्पूर्ण उपकुलपतिहरुको कन्सोर्टिएम तयार गर्ने जसले एकिकृत शैक्षिक क्यालेन्डर निर्माया गरेर भर्ना, परीक्षा, नतिजा प्रकाशन, पुनः परीक्षा, दिक्षान्त समेतको मिति तोक्नुपर्छ । एक दिन पनि विद्यार्थीको समय खेर नजाने वातावरण तयार गर्नुपर्छ । 
    विद्यार्थीको अध्ययनमा क्रेडिट ट्रान्सफरको व्यवस्था गरेर, फ्याकल्टि एक्सचेन्ज गरेर अनुसन्धानम सहार्य गर्न सकिन्छ । साथै, हाम्रो परीक्षा प्रणलीमा सुधार ल्याउने, समय अनुसार पाठ्यक्रमलाई परिमार्जन, वा पुन संरचना गर्ने व्यवस्था मिलाउनुपर्छ । 
    विद्यार्थीको मूल्याङ्कन प्रणालीमा आवश्यकता अनुसार परिमार्जन गर्नुपर्छ । क्याम्पसलाई कति सम्बन्धन दिने, कुन बिषय वा सङ्कायमा कति विद्यार्थी भर्ना गर्ने भन्ने बिषयम योजना बनाउने, विदेशी विद्यार्थीहरुलाई नेपालमा आउने वातावरण तयार गर्ने वा नेपाललाई शैक्षिक हब बनाउने 
    मुलुकलाई आवश्यक पर्ने थिङ्क ट्याङक उत्पादनमा जोड दिनुपर्छ । शैक्षिक संस्थालाई व्यावसायिक घरानासँग जोड्न सक्नुपर्छ । अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ । 
    विदेशी विद्यार्थीहरुलाई स्टुडेन्ट भिसााको व्यवस्था मिलाउन पहल गर्नुपर्छ । साथै, उनीहरुलाई छात्रवृत्रिको व्यवस्था गर्नुपर्छ । उनीहरुसँग विविद्यालयहरु सँग सहकार्य गर्ने जसले गर्दा knowledge exchange तथा Faculty / student exchange कार्यक्रम तय गर्ने, culture मा सहकार्य सार्थ culture exchange  कार्यक्रममा focus गर्न सकिन्छ । 
    शिक्षण पद्धतिलाई सिकाइसँग जोड्ने । समय अनुसार Global सँग compete गर्न सक्ने curriculum तयार गर्ने वा अहिले भैरेहको  curriculum लाई आवश्यक परेमा Re- engineering गर्ने । स्नातक तहको अन्तिम वर्ष पढाइ भन्दा पनि उद्यमशिलता वा एक सीपसँग जोडिने वा job/ Employment सँग जोडिने वातावरण तयार गर्नु पर्ने । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले आफ्नो रुची अनुसार एक सीप सिकेर अध्ययन पुरा गर्ने वातावरण तयार गर्नु पर्छ । 
    विद्यार्थीले सेवा छिटो र छरितो खोजेको छ त्यसैले विद्यार्थीले सम्पूर्ण सेवा तथा सुविधा one door service system  बाट लिने दिनेको व्यवस्था मिलाउनु पर्छ साथै online  बाट सेवा सुविधा हुने वातारण तयार गर्नु पर्छ ।  
    नेपालमा अवसर छैन, नेपालमा भविष्य छैन, नेपाल खत्तम भयो, नेपाल काम नलाग्ने भयो, नेपालमा बसेर केही हुँदैन, विदेश नगए भविष्य खत्तम हुन्छ भन्ने भाष्य विकसित भएको छ, त्यो चिर्नु पर्छ । यो चिर्नलाई नीति चाहिन्छ, नीति बनाउन सबैको सहयोग आवश्यक छ । 
 

0 Comments

Leave a comment