January 23, 2026
समाचार

रोटरी क्लब गोदावरी र काठमाडौंद्वारा विपन्न बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

रोटरी क्लब गोदावरी र काठमाडौंद्वारा विपन्न बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

               रोटरी क्लब अफ गोदावरी र रोटरी क्लब अफ काठमाडौंले संयुक्त रूपमा १०५ जना विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेका छन्। कार्यक्रम श्री बागेश्वरी आधारभूत विद्यालय (गोदावरी–१०, चापागाउँ, टाहाखेल) र श्री चित्रकुमारी आधारभूत विद्यालय (गोदावरी–८, डुकुछाप) मा सम्पन्न भएको हो।
कार्यक्रममा उपस्थिति रहेका १०५ जना विद्यार्थीहरूलाई विशेष प्राथमिकताका साथ न्यानो कपडा, कपी–पेन्सिल लगायत शैक्षिक सामग्री वितरण गरिएको थियो।
             कार्यक्रममा गोदावरी नगरपालिकाका उप–प्रमुख श्री मुना अधिकारीज्यू प्रमुख अतिथि रहनुभएको थियो। साथै, गोदावरी नगरपालिका सामाजिक संघ संस्था शाखाका शाखा प्रमुख श्री सन्त बहादुर देशार, सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १० का वडाध्यक्ष श्री शेखर न्यौपाने, र रोटरी परिवारबाट, रोटरी क्लब अफ गोदावरीका चार्टर्ड अध्यक्ष युवराज रोक्का सहित रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष रोटेरियन राजेन्द्र गौतमको उपस्थिति थियो। साथै, दुबै क्लबका पूर्व अध्यक्षहरू, सल्लाहकार र सक्रिय सदस्यहरू सहितका रोटेरियनहरूले यस सामग्री वितरण कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

         दुबै रोटरी क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा शिक्षकहरूको उपस्थितिमा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।

0 Comments

Leave a comment