December 01, 2023
अन्तर्वार्ता

शिक्षामा सक्षम दोस्रो पुस्ता

शिक्षामा सक्षम दोस्रो पुस्ता

देश, विदेशमा पाएका कयौं अवसरलाई थाती राखेर स्व. बुबा डा. बाबुराम पोखरेलले स्थापित गर्नुभएको भी.एस. निकेतन फाउण्डेशनको शैक्षिक यात्रालाई अगाडि बढाउन डा. बबिन पोखरेल लागि पर्नुभएको छ । नेपालको ‘क’ श्रेणीको विद्यालय भी.एस. निकेतनको बागडोर सम्हाल्नु डा. बबिन पोखरेलको लागि अवसर र चुनौती दुवै हो । आफ्नो पिताले ज्ञान, विवेक र श्रम लगाएर स्थापना गरिएको संस्थालाई बाहिरबाट धेरैले डा. बबिनलाई नयाँ सारथी भनेर संज्ञा दिएको पाइन्छ । उहाँले लामो समयदेखि अनवरतरुपमा आफ्नो पिताको निकट रहेर धेरै समय व्यतित गर्नुभएको थियो । उहाँले आफ्नो जिम्मेवारी प्राथमिक तहबाटै परिष्कृत गर्दै आउनुभएको हो ।  डा. बबिनले मुलुकको ‘क’ श्रेणीको विद्यालय संस्थापकको सुपुत्रको रुपमा जन्मनु भाग्यको कुरा हो । दिनरात खटेर स्थापित गरिएको ‘क’ श्रेणीको भी.एस निकेतन संस्थाले डा. बबिन जस्तो नेतृत्व पाउनु पनि अहोभाग्य हो भन्न सकिन्छ ।

डा. बबिन पोखरेल वि.सं. २०३८ पुस २४ गते स्व. डा. बाबुराम पोखरेल र उर्मीला पोखरेलबाट कान्छा सुपुत्रको रूपमा काठमाडौँमा जन्मिनुभएको हो । उहाँको जीवनको अविस्मरणीय क्षण भनेको आमा बुबाको काखमा खेल्नु थियो । उहाँ भन्नुहुन्छ, ‘म पाँच वर्षको मात्रै थिएँ । मैले आकाशमा प्लेन उडेको मात्रै देखेको थिएँ । तर चढ्न पाएको थिइन । तर बुबाआमाको साथमा बोइङ चढ्ने अवसर भने पाएको थिएँ ।  मैले त्यो बोइङ्ग त्यत्रो हुन्छ र त्यसभित्र त्यति मान्छे अटाउँछन् भनेर सोचेकै थिइन । आज पनि मेरो मानसपटलमा त्यही कुरा अविस्मरणीय क्षण बनेर बसिरहेको छ ।’ 
 

उहाँले शैक्षिक अध्ययन कक्षा नर्सरीदेखि स्नातकसम्म आफ्नै बुबाको विद्यालय भी.एस. निकेतनमा अध्ययन गर्नुभयो । बुबाले सञ्चालन गर्नुभएको भी.एस निकेतन एजुकेसन फाउण्डेसनबाट उहाँका स्कुल तथा कलेज तहको पढाई भएको थियो । उहाँले आप्mनै बुबाको शैक्षिक संस्था भएता पनि अरु सामान्य विद्यार्थीको जस्तै जीवनशैली विताउनुभयो । उहाँले कहिल्यै साथी, शिक्षक, कर्मचारीसँग घमण्ड गर्नुभएन । जसरी अरु विद्यार्थीले फर्म भरेर, लिखित परीक्षा पार गरेर अन्तर्वार्ता दिएर भर्ना हुन्छन्, सोही प्रक्रियामार्फत् अध्ययन गनुभयो । आफू प्रिन्सिपलको छोरा भनी घमण्ड नगरेर होला उहाँको विद्यार्थी जीवन सामान्य रह्यो । 

 स्नातकोत्तरदेखिको अध्ययन डा. पोखरलले फरक फरक क्षेत्रमा गर्नुभएको छ । उहाँले सिंगापुरको जेम्सकुक युनिभर्सिटीबाट एम.बी.ए., युनिभर्सिटी अफ वाल्सबाट एमएससी इन म्यानेजमेन्ट, काठमाडौं विश्वविद्यालयबाट एजुकेशन अफ लिडरसीपु मा विद्यावारिधि गर्नुभएको छ । हाल उहाँले हाडवर्ड युनिभर्सिटी, अमेरिकाबाट राजनीतिशास्त्र र स्टाफोर्डसायर युनिभर्सिटी लण्डबाट ग्लोबल पोलिसि एण्ड डिप्लोमेसी अध्ययन गर्नुभएको छ । 

डा. बबिनलाई जहाँ अध्ययन गरे पनि नेपालमै केही गरौं भन्ने सोच थियो । सिंगापुरमा मास्टर डिग्री पश्चात् उहाँले लाखौं लाख तलवको अवसर पाउनु भएको थियो । तर पनि उहाँलाई त्यहाँका सुविधाले तान्न सकेन । स्वेदशमा केही उदाहरणीय काम गर्छु भन्ने हेतुले स्वदेशमा फर्केर आउनुभयो । मातृभूमिको लागी केही गर्नुपर्छ भन्ने सोचले नेपालमै पसिना चुहाउने निर्णय लिनुभयो । फलस्वरुप धेरै अवसरका बाबजुद पनि शिक्षामार्फत् समाज तथा मूलुकलाई परिवर्तन गर्नको लागि शिक्षण पेशामा आउनुभयो । 

भी.एस. निकेतनमा प्राथमिक तहबाट उहाँले शिक्षण पेशा अँगाल्नु भयो । यही नै उहाँको पहिलो पेशा थियो । त्यसबेला विदेशको तलबभन्दा यहाँको तबल निकै कम थियो तर पनि शिक्षा मार्फत् मुलुकमा रहेको पुरातनबादी सोच तथा अन्धविश्वासको अन्त्य गरी नयाँ समाजको स्थापना गर्ने सोचमार्फत् उहाँको यात्रा आफ्नै परिवारको कर्मक्षेत्रमा अगाडी बढेको हो । त्यही यात्रामा अगाडी बढ्दै गर्दा डा. पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७५ भाद्र २३ गतेका दिन ‘नेपाल विद्याभूषण–क’ बाट सम्मानित हुन पोखरेल सफल हुनुभयो । 

0 Comments

Leave a comment