उमेश श्रेष्ठको परिचय लिटिल एञ्जेल्स स्कूलको संस्थापकमा मात्र सीमित नरहेर नेपाली शैक्षिक जगत्को प्रखर अभियन्ता र अनुभवि शिक्षाविद्सम्म पुग्छ । २०३७ सालमा लिटिल एञ्जेल्स स्कूल स्थापना पछिका साढे तीन दशकभर श्रेष्ठको शिक्षा सक्रियता मुलुकका लागि उदाहरणीय र निजी क्षेत्रको शैक्षिक जगतका लागि अभिभावकीय रहेको छ ।
मेरो जन्म घर भोजपुर हो । वि.सं. २०२८ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरी उच्च शिक्षाको लागि काठमाडौँ छिरेँ । काठमाडौँमा फुपु र फुपाजु बस्नु हुन्थ्यो । उहाँहरुसँग नै बसेर शंकरदेव क्याम्पसबाट आईए पूरा गरेँ ।
नेपालका निजी विद्यालयको संस्थागत विकासमा सक्रिय श्रेष्ठ निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र हिसानको स्थापना गरि ती संस्थाको लामो समयसम्म नेतृत्वदायी भूमिकामा रहे । निजी क्षेत्रको शैक्षिक जगतको विकास र चुनौतिका अधिकांश गाँठा फुकाउन श्रेष्ठको भूमिका अहम् छ । पछिल्लो समय राजनीतिमा सक्रिय श्रेष्ठ संविधानसभा कालदेखि नै संसद्मा शिक्षाको अधिकार र व्यवस्थापन बारेको बहस÷पैरवीमा अग्रपंक्तिमा रहेको देखिन्छ । संविधान जारी भइसकेपछिको पहिलो संसदमा पनि श्रेष्ठ सांसद थिए । संविधानले प्रत्याभूत गरेका हक अधिकारलाई कानूनद्वारा व्यवस्थित गर्ने मुख्य जिम्मेवारिसहित संसदमा पनि श्रेष्ठको सहभागिता हुनुले उनको शिक्षा विकासका लागि राजनीति गर्ने अभिष्ठलाई थप बल पु¥याएको छ । उनको भनाइ छ, “म शिक्षाकै लागि राजनीतिमा सक्रिय भएको हुँ ।” प्रस्तुत छ, उनको विचार ।
मेरो जन्म घर भोजपुर हो । वि.सं. २०२८ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरी उच्च शिक्षाको लागि काठमाडौँ छिरेँ । काठमाडौँमा फुपु र फुपाजु बस्नु हुन्थ्यो । उहाँहरुसँग नै बसेर शंकरदेव क्याम्पसबाट आईए पूरा गरेँ ।
एसएलसी सकेपछि ममा एक प्रकारको सोच विकास भयो, ‘ठूलो ठाउँमा गएपछि अवसर पाइन्छ ।’ यसको लागि धेरै पढ्नुपर्ने थियो । यसै सोचले गर्दा म काठमाडांै छिरेको थिएँ । आईए सकेपछि अरुलाई दुःख दिनुहुन्न भन्ने कुरा बुझेँ । यसपछि आफै छुट्टै कोठा लिएर बस्न थालेँ । पाटन क्याम्पसबाट बिए सकेँ । तत्पश्चात् एक वर्षे बिएड गरेँ । बिएड सकेपछि क्षेत्रीय शिक्षा निर्देशनालयमा प्राथमिक स्कूल सुपरभाइजरको जागिर पाएँ । त्यसैमा पछि स्थायी कर्मचारीको रुपमा नाम निकाल्न सफल भएँ । यस समयमा मुलुकमा भर्खर–भर्खर शिक्षा ऐन लागू भएको थियो । त्यस समयमा मैले १९ वटा जिल्लाका शिक्षालयहरुको निगरानी राख्नु पर्ने थियो । प्रत्येक विद्यालयहरुले व्यावसायिक विषय राख्नुपर्ने नियम त्यस समयमा थियो ।
मैले २०३० सालमा सरकारी जागीर खाएको थिएँ । सरकारी जागीर खाँदै म विद्यालयमा पनि पढाउने गर्थें । जागिरको सरुवाको क्रममा म ललितपुर पुगेँ । त्यसबेला नेपालमा विद्यालयको संख्या निकै कम थियो । निजी विद्यालयहरु त झन् औँलामा गन्न सकिन्थ्यो । सरकारी विद्यालयहरुको शिक्षा बिग्रँदै गएकोले गर्दा सरकारले पनि निजी विद्यालयहरुलाई प्रोत्साहन दिन थालेको थियो । राज्यले निजी विद्यालयलाई प्रोत्साहन दिन थालेपछि मैले पनि केही गर्नुपर्छ भन्ने सोच राखेँ । यसपछि सरकारी जागिरलाई त्यागेर २०३७ सालमा दुईजना साथी मिलेर लिटिल एञ्जल्स् स्कुलको स्थापना ग¥यांै । स्थापनाकालमा वार्षिक रुपमा दुई हजार भाडा तिरेर विद्यालय सञ्चालन गरेँ । विद्यालयको नामका दुई रोपनी जग्गा थियो । स्थापनाको वर्षमा ६५ जना विद्यार्थी मात्र थिए । केही बर्ष ज्ञानोदय विद्यालयमा पढाउँदाको अनुभवले मलाई आफ्नो विद्यालयमा अभिभावहरुको सफल बनायो । यसले गर्दा हामीलाई विद्यालयमा विद्यार्थी बढाउनको लागि निक्कै सहयोग पुगेको थियो ।
त्यस समयमा मैले एउटा साइकल पनि किनेको थिए । साथीहरुलाई साइकलमा पछाडि राखेर जान्थेँ । स्कुल खोलेपछि भक्सवागन भ्यान किनेँ । त्यसबेला म आफैं ड्राइभर भएर विद्यार्थीहरुलाई लिन जान्थेँ । त्यस समयमा मैले मिनीबस पनि चलाउनुका साथै प्राय सवै सवारी साधनहरु पनि चलाएँ । मसँग अहिले पनि भ्यान, बस, ट्रक सबैको सवारी चालक लाइसेन्स छ ।
निजी विद्यालयहरुको संगठन प्याब्सनलाई गतिमा लैजानको लागि हामीले धेरै मिहिनेत गरेका छौं । संस्था आज जति ठूलो भएको छ त्यसमा धेरैको सहयोग छ । प्याब्सन र निजी विद्यालयहर्रु सबैलाई कठिन समय द्धन्द्धकाल नै रह्यो । द्धन्द्धकालमा धेरै विद्यालयहरु बन्द गर्नुपर्यो । करौडौ करोडको लगानी छोडेर संचालक साथीहरुले भाग्ने स्थितिसमेत बन्यो ।
त्यो अवस्थामा म धेरै जिल्ला–जिल्लामा पुगेको छु । म द्वन्द्वकालीन सयममा पनि विभिन्न स्थानमा पुगेको छु । उक्त समयमा हाम्रो एउटा समूह रहेको थियो त्यो समूह जहाँ समस्या परे जान तयार हुन्थ्यो । विद्रोही पक्षको हतियारका विचमा वार्ता गरेर हामीले निजी विद्यालयहरुलाई सहज बनाउन सक्यौं । त्यो कहालीलाग्दो अवस्थाबाट यो अवस्थामा आउनु प्याब्सनको ठूलो सफलता हो । अहिले प्याब्सनको ७२ जिल्लामा कार्यसमिति रहेको छ ।
यसैविचमा सरकारले प्लस टुको अवधारणा ल्याएपश्चात् प्याब्सनले कक्षा १० सम्म मात्र समेटेकोमा कक्षा ११ र १२ लाईसमेत समेटिने गरि हिसान भन्ने संस्थाको स्थापना मेरै पहलमा गरियो र त्यसको संस्थापक अध्यक्ष म नै रहेको थिएँ । मेरै कार्यकालमा हिसानलाई कक्षा ११ र १२ को निजी संस्थाको छाता संगठनको रुपमा नेतृत्वदायी भूमिका समेत निर्वाह गर्ने अवसर पाएँ ।
विद्यार्थीहरुको मनोविज्ञान बुझी उनीहरुलाई रमाइलो तरिकाले पढाउनुपर्छ भन्ने हामीलाई थाहा थियो । यसैले गर्दा बच्चाहरुको लागि विभिन्न सामग्रीहरु र खेलौना हामी आफैँले निर्माण गरेर कक्षा कोठाहरु सजाएका थियौँ । विद्यालयका अधिकांश जिम्मेवारी पनि हामीले नै सम्हालेका थियौँ । धेरै मिहेनत गरी एक नमूना विद्यालयको रुपमा स्थापना गर्न सफल भएको थियो हाम्रो टिम । विद्यालयको लागि आवश्यक पर्ने सामग्रीहरुको निर्माण गर्नको लागि शिक्षकको साथै अभिभावकहरुको पनि अमूल्य सहयोग थियो । हाम्रो विद्यालयलाई अरुभन्दा फरक विद्यालयको रुपमा स्थापना गर्न हामी सफल भएका थियाँै । यसले गर्दा विद्यार्थीहरुलाई घरको वातावरणभन्दा पनि विद्यालयको वातावरण मन पर्न थालेको अनुभव हामीले ग¥यौँ । जसले गर्दा वर्षैपिच्छै विद्यार्थी संख्या बढाउन पनि सफल भयौँ । हाम्रा विद्यार्थीहरु ललितपुर जिल्लाभरि फैलिए ।
विदेशका शिक्षालयहरु गुणस्तरीय थिए । उनीहरुले विद्यालयबाट नै इतिहास बनाएको देखिन्थ्यो । म पनि यस्तै इतिहास बनाउछु भनेर लागिपरेँ । उनीहरुको तुलनामा हेर्दा हाम्रो विद्यालय जुत्ता पसल जस्तै देखिन्थ्यो । यसलाई सुधार गर्न मैले विद्यालयको विस्तारको लागि हात्तिवनमा जग्गा किनेँ ।
विद्यार्थी संख्या बढेपछि स्थानको अभावमा विद्यालयलाई विभिन्न स्थानमा सार्ने क्रममा हामी सानेपा पुग्यौँ । त्यहाँ हामी लामो समयसम्म बस्यौँ । विद्यालयलाई राष्ट्रव्यापी रुपमा मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा पनि विस्तार गर्नको लागि साथीहरुसँग सल्लाह गरेका थियौँ । पाकिस्तान, भारतलगायत अरु देशहरुमा पनि साथीहरुको सम्पर्क थियो । विदेशका शिक्षालयहरु गुणस्तरीय थिए । उनीहरुले विद्यालयबाट नै इतिहास बनाएको देखिन्थ्यो । म पनि यस्तै इतिहास बनाउछु भनेर लागिपरेँ । उनीहरुको तुलनामा हेर्दा हाम्रो विद्यालय जुत्ता पसल जस्तै देखिन्थ्यो । यसलाई सुधार गर्न मैले विद्यालयको विस्तारको लागि हात्तिवनमा जग्गा किनेँ । विद्यालय तथा हस्पिटलहरुको लागि उज्यालो तथा खुल्ला हावा भएको वातावरण चाहिन्छ । मैले पनि यस्तै वातावरण भएको जग्गा लिएँ । विद्यालयको लागि किनेको जग्गा खोला छेउमा रहेको थियो । साथीहरुले भन्ने गर्नुहुन्थ्यो, ‘कस्तो ठाउँमा जग्गा किन्नु भएको ? सबै बाढी पस्ने गरी ।’ तर म देश तथा विदेशमा घुमेको थिएँ । विदेशमा समुद्रमाथि नै विद्यालयहरु सञ्चालन गरेको देखेँको थिएँ । मेलै पनि एउटा उद्देश्य बनाएर त्यसै अनुरुप काम गरँे । तर पछि एक बर्षको बर्षामा विद्यालयको जग्गामा बाढी पस्यो । त्यसलाई फेरि सुधार गर्ने गरी निर्माण गरेँ । तर त्यसपछि भने जतिसुकै बाढी आएता पनि विद्यालयमा पसेको छैन ।
शिक्षा भनेको एउटा पसल होइन । जुन बेला जे गर्न मन लाग्छ त्यही गर्न । शिक्षामा नतिजा आउनको लागि कम्तिमा पनि २० वर्ष लाग्छ । हाम्रो मुलुकमा हालसम्म २९ जना शिक्षामन्त्री भएका छन् । तर, उनीहरुसँग शिक्षालाई दीगो योजना, समयसापेक्ष र नेपालीपनको आभाष हुने गरि मैले कुनै भिजन पाइँन । मैले काम गर्दा मरीचमान सिंह शिक्षामन्त्री थिए । शिक्षामा राजनीतिक व्यक्तिहरुको चासो चाहिन्छ । जुन हाम्रो मुलुकको शिक्षामा कमी रहेको छ । निजी शिक्षाको तुलनामा सरकारी शिक्षा विग्रेको छ । निजी विद्यालयहरुमाथि कतिपयले धेरै गालीगलौज गर्ने गरेका छन् । तर, अहिले सामान्य परिवारका बच्चादेखि ठूला परिवारका बच्चाहरुको उज्ज्वल भविष्यको लागि निजी विद्यालय नै रोज्ने गरेका छन् ।
निजी विद्यालय सुरुवात गर्ने व्यक्तिहरु हामी नै हौँ । निजी विद्यालयहरु धनाढ्य व्यक्तिहरुले खोल्छन भन्ने मान्यता रहेको छ, हाम्रो समाजमा । होला, आजभोली केही धनाढ्य मानिसहरुले निजी विद्यालयहरु खोलेका छन् । तर, धनी व्यक्तिहरु मात्र होइन हिजोआज युवावर्गहरु पनि निजी विद्यालय खोल्न लागिपरेका छन् । यसको कारण नेपालमा बेरोजगारहरुको संख्या धेरै रहनु हो । देशमा रोजगारीको अवस्थालाई हेर्ने हो भने धेरै जनशक्ति शिक्षण पेशामा नै आबद्ध भएका छन् । ३० वर्षमा निजी विद्यालयहरुमा धेरै प्रगति भएको छ । शिक्षा तथा स्वास्थ्यलाई सेवामूलक व्यावसाय बनाए राम्रो हुन्छ । निजी विद्यालयहरुलाई सरकारले कुनै पनि सहयोग गरेको छैन ।
एउटा तथ्यांकमा नेपालको शिक्षालयहरुको संख्याको बारेमा उल्लेख गरिएको छ । नेपालमा हालसम्म ३७ हजार भन्दा बढी विद्यालयहरु रहेका छन् । जसमा निजी विद्यालयहरु करिव ८ हजार मात्र रहेका छन् । सिटीइभिटीअन्तर्गतको कार्यक्रममा निजी विद्यालयको संख्या ९३ प्रतिशत, सरकारी विद्यालयको ७ प्रतिशत रहेको छ । मेडिकलमा निजी विद्यालयको ९० प्रतिशत, सरकारी विद्यालयको १० प्रतिशत रहेको छ । यसैगरी इन्जिनियरीङमा ८३ प्रतिशत निजी र १७ प्रतिशत सरकारी रहेको छ । स्नातकमा सरकारीको ३५ प्रतिशत, निजीको ६५ प्रतिशत, मावि तहको ११ र १२ कक्षामा सरकारीको ४५ प्रतिशत र निजीको ५५ प्रतिशत रहेको छ । त्रिविमा आंगिक क्याम्पस ६० वटा र सम्बन्धन प्राप्त १०८५ वटा संस्था रहेका छन् । यो तथ्यांकलाई हेर्दा शिक्षामा सरकारको लगानी न्यून रहेको छ । विदेशी मुलुकमा २० देखि ३० प्रतिशत मात्र निजी तहबाट शिक्षामा लगानी गर्ने गरिएको छ । यसका साथै विदेशमा शिक्षा निःशुल्क रहेको देखिन्छ ।
सरकारी विद्यालयहरुमा मात्र सरकारले राम्रो लगानी गरी नतिजा निकाल्न सकेमा यहाँ कुनै निजी विद्यालयको आवश्यक नै हुन्न । देशमा नाम चलेका निजी विद्यालय तथा मेडिकल संस्थाहरु आफ्नै मिहिनेतले नै सफल हुन सकेका हुन् ।
नेपालमा शिक्षाको लागि दक्ष जनशक्तिको नै कमी रहेको छ । सरकारी विद्यालयहरुको लागि शिक्षकहरु अपुग छन् । आ.व. २०७५÷७६ मा सरकारले शिक्षाको लागि १० प्रतिशत मात्र बजेट विनियोजन गरेको छ । विज्ञान तथा प्रविधि सहित गरि जम्मा १ खर्ब ३६ अर्ब मात्र बजेट विनियोजन गरेको देखिन्छ । हाम्रो देशमा आर्थिक रुपमा मात्र नभएर असल नेतृत्व गर्ने व्यक्तिको पनि कमी रहेको छ । एउटा विद्यालय सफल रुपमा विकास गर्नको लागि असल प्रधानाध्यापक हुनुपर्छ । विद्यालय व्यवस्थापन समितिले नै विद्यालयको नेतृत्व गर्न सक्ने प्रअको छनोट गर्न सक्नुपर्छ । विव्यस र प्रअ योग्य भएमा मात्र शिक्षक तथा विद्यार्थीहरुलाई नेतृत्व गर्न सक्दछ । मुलुकमा नाम चलेका विद्यालयहरु सफल हुनको लागि साथीहरुले धेरै मिहिनेत गर्नुभएको छ । राज्यले शिक्षामाथि भएको खराव राजनीतिकरणको अन्त्य गर्नुका साथै निजी विद्यालयमाथिको गलत धारणालाई पनि अन्त्य गर्नुपर्छ । निजी विद्यालयमा अध्ययन गरेका अधिकांश विद्यार्थीहरु धनी होस् या गरिब, उनीहरु अवसरको लागि विदेशमा जानु खराब होइन । यसले ज्ञान र अनुभवको दायरा फराकिलो पार्छ ।
सरकारी विद्यालयहरुमा मात्र सरकारले राम्रो लगानी गरी नतिजा निकाल्न सकेमा यहाँ कुनै निजी विद्यालयको आवश्यक नै हुन्न । देशमा नाम चलेका निजी विद्यालय तथा मेडिकल संस्थाहरु आफ्नै मिहिनेतले नै सफल हुन सकेका हुन् । सरकारले निजी विद्यालयहरुसँग कर त लिन्छ तर दुःखको कुरा त्यसबाट उनीहरुलाई कुनै पनि सहयोग पाइएको छैन ।
अहिले मुलुक संघीयतातर्फ गएको छ । केन्द्रिय स्तरमा भएको सबै अधिकार विकेन्द्रीकृत भएको छ । यसले शिक्षाको विभिन्न तहलाई पनि केन्द्रिय, प्रादेशिक र स्थानीय तहमा विभाजन गरेको छ । मुलुकमा अहिले प्राथमिक विद्यालय स्तरको शिक्षाको लागि योग्य जनशक्ति अभाव छ । विद्यालयमा भएको संरचनाले नै सरकारले बनाएको नीति अनुरुप जान कठिन रहेको छ । बौद्धिक स्तर बाहेकका अन्यले विद्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सक्दैनन् ।
निजी विद्यालयको भविष्य राम्रो बनाउनको लागि सरकार र निजी विद्यालयका लगानीकर्ताकाबीच सहकार्य हुनुपर्छ । शिक्षामा निजी क्षेत्रको लगानी ८५ प्रतिशत रहेको छ । त्यसैले निजी विद्यालयहरुमा भएको छाडापनको अन्त्य गरि सही तरिकाबाट नियमन गर्नुपर्छ । निजी विद्यालयको अन्त्य गर्नुपर्छ भनी कुनै पनि संस्थाहरु लाग्नु हँुदैन ।
मौलिक हकमा रुपमा राज्यले सबै बालबालिकाहरुलाई निःशुल्क पढाउने हो भने कति कक्षासम्म र कहाँ गएर पढ्ने हो स्वयं विद्यार्थीलाई छान्न दिई त्यसवापतको रकमको भौचर वितरण गर्नुपर्छ । यसका साथै विद्यार्थीको संख्या, भौगोलिक अवस्थालाई हेरेर सरकारले कुन ठाउँमा निजी विद्यालय सञ्चालन गर्नुहुन्छ, कहाँ गर्नुहुन्न भनी स्पष्ट नीति बनाउनुपर्छ । यस्तो गरेमा विद्यार्थी विना विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था नहुन सक्छ । विद्यालयहरुलाई सञ्चालनको लागि के कस्ता भौतिक संरचना चाहिने हो त्यो पूरा भएमा मात्र सम्बन्धन दिनुपर्छ । यसका साथै निजी विद्यालयले पनि प्रत्येक वर्षको आयव्यय के–कस्तो रहेको छ खुलाउनुपर्छ । शिक्षाको प्रगति गर्नको लागि निजी तथा सरकारी एकअर्कामा सहयोगी भावनाको साथ अगाडि बढ्नुपर्छ । यदि व्यापार वा नाफा नै लिनु छ भने शिक्षामा मात्र नभएर अरु क्षेत्रमा पनि लगानी गर्दा राम्रो हुन्छ ।
शिक्षाको विकासमा गति ल्याउनको लागि म राजनीतिमा आएको हुँ । मैले विवेकको साथ काम गर्ने गरेको छु । यसले गर्दा म कुनै पनि क्षेत्रमा असफल भएको छैन । नेपालमा भएको राम्रो अवसरको कारणले गर्दा यहाँ विदेशीहरु पनि लगानीको लागि आउने गरेका छन् । म राजनीतिमा पैसा तथा पदको लागि आएको होइन । म नेपालको शिक्षा तथा शिक्षा नीतिलाई अगाडि बढाउनको लागि आएको हुँ । मैले शिक्षाबाट एउटा आत्मसम्मान पाएको छु, जुन सम्मान अरु क्षेत्रबाट पाउन गाह्रो हुन्छ । शिक्षाको विकासको लागि म एउटा फाउन्डेशन खोल्ने सोचमा रहेको छु, जसबाट शिक्षा तथा राज्यको लागि थप टेवा पुग्न सक्छ ।
हाम्रो देश एउटा यस्तो देश हो जहाँ विकास गर्न धेरै अवसरहरु रहेको छ । विश्वको अरु देशमा नपाईने हावापानी तथा वातावरण यहाँ पाउन सक्छौँ । यहाँ असल नेतृत्व गर्ने नेतृत्वदायी र नीतिको कमी भएकोेले गर्दा विकास हुन कठिन भएको हो ।
0 Comments