October 18, 2025
पत्र-पत्रिकाबाट

आंशिक प्राध्यापकहरूद्वारा पाउन बाँकी ज्याला र लकडाउन अवधिभरका लागि शैक्षिक भत्ताको माग

आंशिक प्राध्यापकहरूद्वारा पाउन बाँकी ज्याला र लकडाउन अवधिभरका लागि शैक्षिक भत्ताको माग

 

 

आंशिक प्राध्यापकहरूले पाउन बाँकी रहेको ज्याला तथा लकडाउन अवधिभरका लागि शैक्षिक भत्ता पाउनुपर्ने माग राखेका छन् । 

साथै उनीहरूले सामान्य अवस्थामा पढाएबापतको ज्याला पाउने गरेको र अहिले लकडाउनका वेला प्रत्यक्ष कक्षा रोकिएको भए पनि अनलाइन कक्षाहरू चलिरहेकाले ज्याला पाउनुपर्ने जनाएका हुन् ।

नेपाल आंशिक प्राध्यापक संघले आइतबार विज्ञप्ति जारी गरी अनलाइन कक्षा सञ्चालन भइरहेको अवस्थामा आंशिक प्राध्यापकहरू पनि सहभागी भइरहेको अवस्थामा ज्याला उपलब्ध गराउन संघले माग गरेको हो । 

साथै संघले आंशिक प्राध्यापकहरूको दीर्घकालीन व्यवस्थापनका लागि ८ मंसिर ०७४ मा मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न पनि माग गरेको छ । 

विज्ञप्तिमा उल्लेख छ, ‘भोको पेट लिएर काँचको सिसाका अगाडि उभिएर विश्वविद्यालयको लाज ढाकिदिन अब हामी सक्ने अवस्थामा छँदै छैनौँ, त्यसैले नेपाल आंशिक प्राध्यापक संघ आजका मितिदेखि विश्वविद्यालयका सम्पूर्ण शैक्षिक गतिविधिमा संलग्न नरहने व्यहोरा जानकारी गराउँदछ ।’

नयाँ पत्रिकाबा६

0 Comments

Leave a comment