May 06, 2026
समाचार

२१ औँ शताब्दीको समय सापेक्ष शिक्षा नै एपेक्स लाइफ स्कुलको लक्ष्य

२१ औँ शताब्दीको समय सापेक्ष शिक्षा नै एपेक्स लाइफ स्कुलको लक्ष्य

   विद्यालयको कक्षाकोठा पाठ्यपुस्तकमा मात्र शिक्षण सिकाइ क्रियाकलापलाई सीमित नराखी स्थलगत भ्रमण, पुस्तक भन्दा बाहिरका सन्दर्भबाट व्यवहारिक कुशल सीप सिकाउने प्रयास गर्दै आएका छौं,’ विद्यालयका अध्यक्ष सुवास न्यौपाने भन्छन्, ‘अनुभवी, दक्ष, कर्तव्यनिष्ठ शिक्षकहरूद्वारा एउटा बालकलाई पूर्ण कर्मयोगी मानव बनाउने अभियानमा दत्तचित्त भएर हामीले पठनपाठन केन्द्रित गरेका छौं

तालिमप्राप्त योग्य शिक्षकद्वारा शिक्षण, उपयुक्त भौतिक संरचना, अत्याधुनिक पुस्तकालय, सुविधायुक्त फर्निचर तथा डिजिटल (आइसिटी) कक्षाकोठाको समुचित व्यवस्थापन साथै पर्याप्त खेलमैदानको सुविधा, सिर्जनात्मक क्रियाकलाप, विभिन्न श्रव्यदृश्य सामग्री एवं परियोजनात्मक क्रियाकलापका विद्यालयमा आवश्यकता अनुसार सञ्चालन गरिने विद्यालयका व्यवस्थापक विन्दु न्यौपानेको भनाइ यसका अतिरिक्त विभिन्न जातीय, धार्मिक एवं सांस्कृतिक विविधता झल्काउने खालको क्रियाकलापमा बढीभन्दा बढी विद्यार्थीलाई सहभागी गराईएको साथै विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलापबाट मात्र एउटा बालक पूर्ण शिक्षित नागरिक बन्न सक्छ भन्ने विद्यालयको मान्यता

शनिबारको कार्यक्रममा प्रखर प्रेरक प्रवक्ता एवं इस्कोन समितिका अध्यक्ष श्री गुरु रुपेशश्वरदास प्रमुख अतिथि छन् कार्यक्रममा विद्यार्थीका विविध प्रतिभा प्रस्तुत गरिने विद्यालयमा विगत बाह्र वर्षदेखि कार्यरत सहप्राचार्य प्रकाश भट्टराई बताउँछन् विसं २०४० मा शिशु निकेतनको नामबाट सुरु भएर पछि यसलाई सिरिन भ्याली स्कुलको नामबाट सञ्चालन गरिएकोमा २०६७ सालदेखि एपेक्स लाइफ स्कुल नामकरण गरियो २०७३ सालदेखि यो विद्यालय चावहिल सरस्वतीनगरमा सञ्चालन हुँदै आएको मन्टेश्वरीदेखि १० कक्षासम्म पढाइने यहाँ हाल करिब चार सय विद्यार्थी अध्ययनरत छन् हालसम्म २९ ब्याच विद्यार्थीले एसएलसी दिइसकेको उत्कृष्ट नतिजा हासिल गरेको सहप्राचार्य प्रकाश भट्टराई बताउँछन् साथै बालबालिकाको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिने विद्यालयको दावी

 एपेक्स लाइफ स्कुल चावहिल सरस्वतीनगरले गत वर्षदेखि कक्षा देखि कक्षासम्म पाठ्यक्रमलाई आधार मानेर रचनात्मक सिर्जनात्मक बनाउने उद्देश्यका साथ किताबरहित शिक्षण सिकाइमा जोड दिएको यस वर्षदेखि शिशु कक्षा पनि सञ्चालन गर्न थालेको सो विद्यालयले जनाएको कामकाजी अभिभावकलाई लक्षित गरेर बिहान आठ देखि साँझ साढे चारबजेसम्म आठ घण्टे कक्षा सञ्चालन गरेको

विद्यालयको २९औँ वाषिकोत्सव तथा अभिभावक दिवसलाई एनुअल कल्चर एक्सप्रेसन डे २०७९ नामकरण गरी यही फागुन १३ गते मनाउने सन्दर्भमा रहेको यस विद्यालयले २१ औँ शताब्दीको समय सापेक्ष शिक्षा नै आफ्नो लक्ष्य भएको जनाएको लामो समयदेखि पूर्वीय दर्शन तथा साहित्यलाई जगेर्ना उद्देश्यले संस्कृत भाषाको पनि शिक्षण सिकाइ क्रियाकलाप सो विद्यालयले सञ्चालन गर्दै आएको

 

 

0 Comments

Leave a comment