May 06, 2026
समाचार

डिष्ट्रक गभर्नर मा लायन श्याम कुमार यादव निर्वाचित

डिष्ट्रक गभर्नर मा लायन श्याम कुमार यादव  निर्वाचित

लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ ई को चौथो बार्षिक अधिबेशन भब्य र सब्य रुपमा सम्पन्न भएको छ। यस अधिबेशनबाट लायन बर्ष २०२६/ २०२७ का लागि डिष्ट्रक गभर्नर मा लायन श्याम कुमार यादव, प्रथम भाईस डिष्ट्रिक गभर्नरमा लायन बिमल कुमार श्रेष्ठ र द्वितीय भाईस डिष्ट्रिक गभर्नरमा लायन राजन श्रेष्ठ निर्वाचित हुनुभएको छ। काठमाण्डौको युनिभर्सल रिसेप्शन सुकेधारामा सम्पन्न अधिवेशनमा डिस्ट्रिक्ट गभर्नर लायन हिरा प्रसाद गुप्ता ज्यूले बर्ष भरिको कामहरुको वेरामा प्रकाश पार्नुभयो ।डिस्ट्रिक्टको महत्वपूर्ण कामहरु सम्पन्न गर्न सहयोग गर्नु हुने लायन साथीहरुलाई सम्मान पनि गर्नुभयो । पूर्व प्रधान न्नायधिस तथा मंत्रिपरिषदका अध्यक्ष खिलराज रेग्मि प्रमुख अतिथ्यता र लायन्स अन्तर्राष्ट्रीयका पूर्व अन्तर्राष्ट्रीय निर्देशक लायन संजय खेतान ज्यूको विशेष आतिथ्यतामा सम्पन्न डिस्ट्रिक्ट अधिवेशनमा क़रीब ३०० लायन सदस्यहरुको सहभागिता रहेको थियो । मल्टिपल डिस्ट्रिक्ट ३२५ ई का बिभिन्न डिस्ट्रिक्टका गर्भनरहरु , पूर्व गर्भनरहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सेक्रेटरी लायन भुवन पोखरेल र ट्रेजरर लायन गोविंद चौलागाईले आफ्नो बार्षिक प्रतिवेदन पेश गर्नुभयो । प्रमुख अतिथि सम्मानिय पूर्व मन्त्रिपरिषद अध्यक्ष ज्यूले डिस्ट्रिक्ट ३२५ ई नेपालमा मात्रै नभएर विश्वमा नै उत्कृष्ट डिस्ट्रिक्टको रुपमा रहेको बताउनु भयो। डिस्ट्रिक्ट गभर्नर लायन हिरा प्रसाद गुप्ता ज्यूले सेवा कार्यमा हाम्रो डिस्ट्रिक्ट अब्बल रहेको कुरा राख्नु भयो । डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित लायन श्याम कुमार यादव ज्यूले लायन बर्ष २०२६/२७ को लागि क्याबिनेट सेक्रेटरीमा लायन अजय खनाल, ट्रेजररमा लायन कृष्ण शर्मा र प्रमुख सलाहकारमा लायन होम प्रसाद घिमिरे लाई नियुक्त गर्नुभयो ।

 

 

 

0 Comments

Leave a comment