शिक्षालाई हामी राष्ट्र विकासको मेरुदण्डका रूपमा हेर्ने गर्दछौँ। विद्या, ज्ञान र शिक्षालाई पर्यायजस्तो मानिन्छ । कतिपय अवस्थामा हामी साक्षरतालाई शिक्षा र शिक्षालाई साक्षरतामा लिन पुग्छौँ । आजको आम बुझाइ चाहिँ विद्यालय र विश्वविद्यालयमा चार भित्ताका बीचमा बन्द भएर किताबको पाठ घोक्नु नै शिक्षा भन्ने रहेको देखिन्छ । तर यसलाई कदापि शिक्षा मान्न सकिन्न । मेरो विचारमा शिक्षाको अर्थ विद्यार्थीको सिर्जनात्मक क्षमता बढाउने उत्प्रेरणा जगाउने कुरा हो ।
परीक्षाका अङ्कभारले गह्रौँ बनाइ दिएका प्रमाणपत्रहरूले आज म र मजस्ता धेरैलाई गिज्याइरहेका छन् जस्तै लाग्छ । ती सबै कुरा कुनै न कुनै बेला घोकेर उत्तरपुस्तिकामा उतारिएका कारण हासिल भएका प्राप्ताङ्कका सूचक मात्र भएर बसेका छन् । अङ्क भारलाई क्षमता ठानेर प्राप्ताङ्क बढाउने सुरमा आफ्नो सिर्जनशीलतालाई चाहिँ झन्डै तिलाञ्जली दिएको रहेछु-अहिले मलाई यस्तो अनुभूत भएको छ ।
आज हामी बाँचिरहेको इन्टरनेट क्रान्तिको युगलाई प्राप्ताङ्क कि सिर्जनशीलताको खाँचो छ रु यो प्रश्न अहिले सर्वाधिक विचारणीय छ भन्ने लाग्छ । अबको दुई वा तीन दशकसम्ममा वर्तमान ढाँचाको रोजगारी वा कामको आधा ढाँचा नयाँ प्रविधिसँगै विस्थापित हुनेछ । हो १ अहिले जुन ढाँचामा राम्रो काम, जागिरवा अवसरको कल्पनामा हामी विद्यार्थीलाई घोकाइ घोकाई पढाइरहेका छौँ ती सबै विस्थापित हुने छन्। हामीसँग नयाँ प्रविधिमा काम गर्न सक्ने जनशक्तिको चाहिँ कमी हुनेछ । अबका तीन दशकमा सम्पूर्ण विश्व इन्टरनेटर प्रविधिको नयाँ युगमा हुनेछ । “के हाम्रो शिक्षा प्रणालीले हाम्रा विद्यार्थीलाई त्यस युगका लागि तयार गरिरहेको छ त रु”
विद्यार्थी भनेका देशका भविष्य र आशा हुन् ।
आज कम्प्युटरबाट छिनैमा सम्भव हुन्छ । यस्तो अवस्थामा घोक्ने र घोकाउने शिक्षा प्रणालीले कस्तो जनशक्ति उत्पादन होलारु यसैले आजको शिक्षाको चुनौती विद्यार्थीमा सिर्जनात्मक क्षमतालाई कसरी तीब्र तर गतिमा विकास गर्ने वा बढाउने हो भन्ने हो ।
हाम्रा भविष्यका यी आशाहरूलाई अहिले नै उपयुक्त तरिकाले तयारी अवस्थामा राख्न सकेनौँ भने देशको विकास र सामाजिक परिचालनको हाम्रो सपना अधुरै रहने छ । हामी हाम्रा विद्यार्थीलाई भोलिका निम्ति तयारी अवस्थामा राख्न चाहान्छौ भने हाम्रो शैक्षिक परिपाटी बदल्न आवश्यक छ ।
हिजो हामीसँग सीमित विषय र सीमित जानकारी थिए । तिनलाई याद राख्न सम्भव थियो र याद गर्ने बाहेक सूचना भण्डारण गर्ने उपाय पनि थिएन ।
आज इन्टरनेटको आगमनसँगै असीमित विषय र जानकारीहरू सहज पहुँचिला भएका छन् । मानव स्मरणको क्षमतालाई कम्प्युटरको कयौँ गुणा बढीको स्मरण सामर्थ्यले धक्का दिएको छ र कृत्रिम बौद्धिकताले आज भौतिक जगतलाई सञ्चालन गर्ने सामर्थ्य विकास गरेको छ । पहिले मानिसले घन्टौँ लगाएर निकाल्ने हिसाब आज कम्प्युटरबाट छिनैमा सम्भव हुन्छ । यस्तो अवस्थामा घोक्ने र घोकाउने शिक्षा प्रणालीले कस्तो जनशक्ति उत्पादन होलारु यसैले आजको शिक्षाको चुनौती विद्यार्थीमा सिर्जनात्मक क्षमतालाई कसरी तीब्र तर गतिमा विकास गर्ने वा बढाउने हो भन्ने हो ।
विज्ञान र प्रविधिको गतिसँगै मानिसको सिर्जनात्मक क्षमता धारिलो भएन भने विश्वका विभिन्न मुलुकमा विकास भएको ज्ञान र प्रविधिकै मुकाबिला हामी र हाम्रो भावी पुस्ताले गर्न सक्दैन । अर्थात युगअनुसारै शिक्षाका पनि प्रविधि र पद्धति अवलम्बन भएन भने हामी विश्वमा एक्ला हुन पुग्छौँ । विश्व कृत्रिम बौदिकताको युगमा हामीले औद्योगिक क्रान्तिको पाठ घोकेर र घोकाएर के हासिल गर्न सक्छौँ रु यसैले हरेक मुलुकमा आ(आफ्नो क्षमता र सिर्जनशीलताको फरकफरक शिक्षा आजको आवश्यकता बनेको छ ।
विज्ञान र प्रविधिले विज्ञताको दायरालाई झनझन साँघुरो बनाउँदै लगेको अवस्थामा आजका विज्ञ भोलि अनभिज्ञ हुने अवस्था हुनेछ ।
मानिस र यन्त्र मानवमा एउटै कुराको फरक छ (मानिससँग भावना र विवेक छ भने यन्त्र मानवमा यो छैन् । बुद्धि मात्रैको कुरा गर्दा त कृत्रिम बुद्धि यन्त्र मानवमा बढी थन्क्याउन सकिन्छ । मानिस सिर्जनशील छ भने मेसिन स्मरणशील छ । हाम्रो आजको शिक्षा त्यही विद्यार्थीलाई स्मरणशील बनाउनेमा जोड दिन्छ अर्थात् हामी मानिस हैन मानवयन्त्र बनाउन उद्धत छौँ । युग मेसिनलाई मानिसजस्तो बनाउने दिशामा छ तर हाम्रो शिक्षा रु मानिसलाई मेसिन बनाउने दिशामा ।
यसैले मेरो विचारमा पहिलेको शिक्षा प्रणाली त्यसबेलाको लागि ठीक थियो आजका लागि हैन । कक्षाकोठामा शिक्षकले किताबका प्रश्नको सही उत्तर सिकाएका शैलीबाट भोलिको समस्या सम्बोधन हुने छैन किनभने शिक्षक र विद्यार्थी कसैलाई पनि थाहा नभएका प्रश्नको हल गर्ने दिन भविष्यमा आउनेछ ।
यसैले सिर्जनात्मक र रचनात्मक रूपले विषय बोध गर्ने क्षमता कसरी विकास गर्ने अहिलेको शिक्षामा मूल प्रश्न हो । विज्ञान र प्रविधिले विज्ञताको दायरालाई झनझन साँघुरो बनाउँदै लगेको अवस्थामा आजका विज्ञ भोलि अनभिज्ञ हुने अवस्था हुनेछ ।
यसैले सिर्जनशील शैक्षिक पद्धति के हो रु यसका उपयुक्त उपाय के हुन् सक्छन् रु यसको उपयुक्त मापनविधि के हुन् सक्छरु अहिले उत्तर खोजिनुपर्ने प्रश्न हुन् । चुनौतीलाई खतरा मानेर रोकिने जनशक्ति अवको युगमा टिक्न सक्दैन ।
यसैले परिस्थितिको सामना कसरी सिर्जनात्मक रूपमा गर्ने क्षमता विद्यार्थीमा विकास गर्नेरु घोकेर उत्तर पुस्तिकामा लेखेको आधारमा विद्यार्थीलाई ल्याकतदार मानिएसम्म सिर्जनशीलताको मापन नहुने भएकाले विद्यार्थीको क्षमता मापन गर्ने विधिमा परिवर्तन जरूरी छ । यसैले अहिलेको यक्ष प्रश्न हाम्रा लब्धाङ्कपत्रलाई हाम्रो सिर्जनात्मकताको सूचक बनाउने कि अभिभावकले तिरि दिएको शुल्कको सम्झौटा रु
0 Comments