शिक्षालय नेपाल तथा ग्लोवल एक्सन नेपालको सयुक्त प्रस्तुतिमा जुम एजुकेशन टक शो शिक्षा संवादको चौथो श्रृङ्खलामा एसईई परीक्षा विषयस्तुमा केन्द्रित भएर शिक्षा संवाद गरिएको छ । यस शिक्षा संवादमा डा. विद्यानाथ कोइराला, राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेल, प्याब्सनका सहअध्यक्ष डी.के. ढुङ्गाना, सेरिडका निर्देशक गेहनाथ गौतम, ग्लोवल एक्सन नेलालका निर्देशक बि.के. श्रेष्ठको सहभागीता रहेको थियो । यस संवादमा भएको छलफललाई सारांशमा प्रस्तुत गरिएको छ ।
यो कोरोना भाइरसको महामारीले गर्दा कहिलेसम्म लकडाउन हुन्छ ? केही भन्न सकिने आधारहरु छैनन् ? कहिलेसम्म विद्यार्थीहरुलाई पढ् पढ् भनेर भन्ने हो ? एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुको लागि वाटो खुलाई दिनुपर्छ भनेर प्याब्सनले आधिकारिकरुपमा प्रेस रिलिज गरेर एसईई परिक्षाको विकल्प खोज्नको लागि नेपाल सरकारसंग आह्वान गरेको हो ।
विद्यार्थीहरुले एसईई परीक्षालाई जुन ढंगले तयारी गरिरहनु भएको छ । त्यसलाई निरन्तरता दिनुहोस् । सामान्य अवस्थामा आएपछि एसईई परीक्षा गर्न सकिन्छ । यदि सहज वातावरण सिर्जना नभएको अवस्थामा परीक्षका विकल्पहरु खोज्न सकिनेछ ।
यो कोरोनाको विषम अवस्थामा घरमा वसेर परीक्षा दिने व्यवस्था, आन्तरिक मूल्याङ्न पद्धति, केही विषयको मात्र परीक्षा लिने वा जीवन उपयोगी सीपसँग जोडेर थुप्रै माध्यमबाट घरबाट एसाइन्मेण्ट बुझाउने पद्धतिको विकास गर्न सकिन्छ भन्ने जस्ता विषयवस्तुमा केन्द्रित भएर छलफल भएको थियो ।




0 Comments