सप्तरीको सामान्य किसान परिवारमा जन्मेर पनि आफ्नो मिहिनेत, कडा परिश्रम तथा केही गरेर छोड्ने अठोटले टिएल चौधरीलाई काठमाडौं ल्याइपु¥यायो । चौधरीको त्यही अठोट र मेहनतको फल हो आजको सफलता । सामुदायिक विद्यालयको शिक्षकबाट शिक्षा क्षेत्रमा पाइला चालेका चौधरीले आफ्नो स्थायी जागिर छोडेर संस्थागत विद्यालय खोल्न पुगे । आजको दिनसम्ममा आइपुग्दा यिनले स्थापना गरेको नाइटिङ्गेल स्कुल राष्ट्रिय स्तरको विद्यालय बन्न सफल भएको छ ।
चौधरीले दिवंगत पिताको नामबाट सतौन चौधरी स्मृति ट्रष्टको स्थापना गरी समाजका गरिब, दुःखी पीछडिएका सीमान्तकृत वर्गका व्यक्तिहरुलाई सक्दो सहयोग पु¥याएका छन् । विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय चौधरी २०४६ सालको जनआन्दोलन तथा २०६३ सालको दोस्रो जनआन्दोलनमा समेत सक्रिय रहे । हरेक जाति, धर्म, सम्प्रदायलाई उत्तिकै आदर र सम्मान गर्ने हुनाले व्यक्तिगत र सामाजिक रुपमा जनताका विश्वासपात्र बन्न सकेका छन् चौधरी ।
तेज एजुकेशन फाउन्डेशन, नाटिङ्गेल स्कुल, नाइटिङ्गेल कलेज, नर्सिङ कलेज आदिमा नेतृत्व गर्दै आएका टिएल चौधरी २०५२ सालदेखि राष्ट्रिय राजनीतिमा सक्रिय छन् । २०७० सालको संविधानसभाको सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित हँुदै मन्त्रीसम्म बन्न सफल भए । थारु महिला समाज, थारु विद्यार्थी समाज, थारु कल्याणकारी समितिको सल्लाहकारको रुपमा कार्य गर्दै आफ्नो संस्कृतिको संरक्षणमा लागेका चौधरी २०३५ सालताका राष्ट्रिय भलिबलको खेलाडीको रुपमा परिचित थिए ।
चौधरी २०६२ सालमा अल नेपाल स्पोर्टस् एशोसिएनको केन्द्रिय सदस्यको भूमिकामा पुगे । भलिबल तथा एथ्लेटिक्समा वीरेन्द्र शिल्ड विजेता चौधरी नेपाल सरकारबाट राष्ट्रिय शिक्षा पदक तथा राष्ट्रिय खेलकुद परिषद्बाट राष्ट्रिय खेल पदकबाट समेत सम्मानित छन् । विभिन्न संघ–संस्था तथा सरकारी निकायबाट सर्वोत्कृष्ट प्रिन्सिपल, शिक्षा सेवा पदक, राष्ट्रिय नागरिक सेवा पदक जस्ता राष्ट्रिय शिक्षा सेवा सम्मान आदिबाट सम्मानित चौधरी हाल पनि शिक्षा तथा खेलकुदको विकासमा निरन्तर लागिरहेका छन् । प्रस्तुत छ, चौधरीसँग गरिएको कुराकानी उनकै शब्दमा:
मैले आफ्नो जीवनको ३ दशकभन्दा बढी समय शिक्षा क्षेत्रमा विताएको छु । यसर्थ म आज जुन पदमा भएपनि शिक्षा क्षेत्रबाट भाग्न सक्दिनँ । मैले सामुदायिक तथा निजी विद्यालयबीचको विसंगति र विकृतिको खाडल नजिकबाट देखेको छु । शहरमा शिक्षित र सचेत आमाबाबुले आफ्नो छोराछोरी शिक्षित बनाउनु पर्छ भन्ने राम्ररी बुझेका छन् । तर, गाउँका हरेक आमाबाबुले अझै बुझेका छैनन् । शिक्षाको क्षेत्रमा सरकारी संयन्त्रको प्रयास प्रायः निश्फल देखिन्छ । सामुदायिक विद्यालयका अभिभावक र शिक्षकहरुमा जाँगर कम देखिन्छ । विद्यालयभित्र शैक्षिक र अन्य अतिरिक्त क्रियापकलापहरु कमजोर देखिन्छ ।
पछिल्लो समयमा संघीय संसदमा समेत सांसदको रुपमा कार्य गरिरहेको छु । मैले राजनीति गर्नुको अर्थ शिक्षा त्याग्नु होइन बरु राजनीतिको मार्फतबाट शिक्षा विकासको भूमिका खेल्नु हो । शिक्षालाई विकसित मुलुकमा पहिलो दर्जामा राखिन्छ । तर, हाम्रो देशमा कमजोर दर्जाको रुपमा राखिएको छ । शिक्षा क्षेत्रमा नीति नियम नै हाल भुमरीमा फसेको छ ।
शिक्षासँग सम्बन्धित कार्यालयहरुले पनि आवश्यकताअनुसार ध्यान दिइएको देखिंदैन । हाम्रो देशको शिक्षा नीति सामुदायिक र संस्थागत दुवैमा समान हुनुपर्छ । निजी विद्यालयमा जस्तै सामुदायिक विद्यालयमा पनि व्यवस्थापन र शिक्षकको जिम्मेवारी पनि स्तरीय हुनुपर्छ । सामुदायिक विद्यालयको गुणस्तर कमजोर हुनुमा व्यवस्थापनले ‘राम्रो होइन हाम्रो मान्छे’ सरुवा गर्ने चलनले पनि प्रमुख भूमिका खेलेको देखिन्छ । शिक्षामा देखिएको यस्तो विसंगतिलाई गम्भीर रुपमा लिई सुधार गर्न जरुरी छ ।
म हाल पनि राजनीतिमा सक्रिय छु । दोश्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्ष तर्फका चुनावमा विजय हासिल गर्ने मौका पाएँ । पछिल्लो समयमा संघीय संसदमा समेत सांसदको रुपमा कार्य गरिरहेको छु । मैले राजनीति गर्नुको अर्थ शिक्षा त्याग्नु होइन बरु राजनीतिको मार्फतबाट शिक्षा विकासको भूमिका खेल्नु हो । शिक्षालाई विकसित मुलुकमा पहिलो दर्जामा राखिन्छ । तर, हाम्रो देशमा कमजोर दर्जाको रुपमा राखिएको छ । शिक्षा क्षेत्रमा नीति नियम नै हाल भुमरीमा फसेको छ । न त जनतामुखी शिक्षा प्रणाली छ न त रोजगारी मुखी नै । हाम्रो देशको शैक्षिक बेरोजगारी समस्याले लाखौं युवाहरु विदेशिन बाध्य भएका छन् । शिक्षा प्रणाली उपलब्धिमूलक नभएका कारण शिक्षा आर्जन गर्ने नाममा हरेक वर्ष लाखौँ विद्यार्थीहरु विदेसिन बाध्य छन् । रोजगारीको नाममा होस् वा शिक्षा आर्जन गर्ने नाममा होस् यसरी नै युवाहरु विदेश पलायन हुने हो भने एउटा यस्तो युग आउनेछ, जब देशले खोजेको बेला युुवाशक्ति नै शून्य हुनेछ ।
हरेक गाउँ युवाविहीन हुने अवस्था आइसक्यो । हरेक घर युवाविहीन हुने समस्यामा छ । यी सब कुराको पछाडि देशले उपयुक्त शिक्षा नीति निर्माण र कार्यान्वयन गर्न नसक्नु हो । यही कुरालाई मनन गरेर यो देशको शिक्षा नीतिमा रोजगारीमूलक, सीपमूलक, देशकाल र माटो सुहाउँदो शिक्षा नीति बनाउने इच्छा शक्तिले म राजीनितिमा प्रवेश गरेको हँु । म देश, समाज र युवाहरुको विकासको लागि सक्दो प्रयास गर्नेछु ।
म युवा र शिक्षालाई जोड्ने कुरामा प्रयत्न गरिरहेको छु । नेपालमा स्वरोजगारको क्षेत्र विस्तार गरी यही देशमा गुणस्तरीय शिक्षा दिन सक्ने तथा विदेश जाने युवाहरुलाई आफ्नै देशमा अध्ययन र काम गर्न सक्ने वातावरण निर्माण गर्ने विषयमा पहल गर्नुपर्ने अवस्था रहेको छ ।
म मन्त्री हुँदाताका मेरो मुख्य एजेण्डा भनेको खेलकुदलाई सिष्टममा ल्याउने काम थियो । खेलाडीलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने ध्यान मेरा रहेको थियो । खेलको मूल भनेको स्कुल हो ।
सामुदायिक र निजी विद्यालयको विषयलाई लिएर जुन मतभेद देखिएको छ सो विषयलाई गम्भीरताका साथ लिइ भेदभाव नहुने गरी सम्बन्धित कानूनहरु परिमार्जनको आवश्यकता छ । हालको समयमा माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरिएको सन्दर्भमा राज्यले सञ्चालन गरेको तथा सञ्चालनका अनुमति दिइएका सबै विद्यालयको नियमन गर्ने निकाय स्थानीय तह हो भने उक्त तहभन्दा माथिका शिक्षाको नियमन गर्ने जिम्मेवारी प्रदेश र केन्द्रको हो । यसले गर्दा समयानुसार नीति नियम परिमार्जन गरि कार्यान्वयनमा समेत जोड दिनुुपर्दछ ।
म मन्त्री हुँदाताका मेरो मुख्य एजेण्डा भनेको खेलकुदलाई सिष्टममा ल्याउने काम थियो । खेलाडीलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने ध्यान मेरा रहेको थियो । खेलको मूल भनेको स्कुल हो । स्कुलमा कसरी खेलकुद विस्तार गर्न सकिन्छ भनेर मैले विशेष प्राथमिकता दिने प्रयोस गरेँ । खेलकुदमा देखिएको विवादको समाधानका लागि मेरो प्रयत्न रह्यो । राष्ट्रिय खेलकुद कसरी राम्रो र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर लाग्नुको साथै नेपालमा हुने दक्षिण एसियालीका लागि भौतिक पूर्वाधार व्यवस्थापन कसरी सफल पार्नेबारे समग्र संयन्त्र परिचालन गरेँ ।
मैले २०४९ सालमा ललितपुर जिल्लाको कुपण्डोलमा ४०÷५० जना विद्यार्थीहरुबाट सुरु गरेको नाईटिङ्गेल मावि हाल मुलुकको क श्रेणीको विद्यालयको रुपमा स्थापित भएको छ । आज यस विद्यालयमा २ हजार ५ सय विद्यार्थी र २ सय ५० शिक्षक कार्यरत छन् । नाईटिङ्गेलले शैक्षिक तथा गैह्रशैक्षिक क्षेत्रबाट अन्तर्राष्ट्रिय, क्षेत्रीय र उपत्यका स्तरीय रुपमा अनेकौं पुरस्कार तथा सम्मान पत्रहरु प्राप्त गरिसकेको छ ।
हामीले विद्यालयमा अध्यापन गर्दा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा मिटिङ छलफल गरी शैक्षिक क्यालेण्डर निर्माण गर्छौं । क्यालेण्डर बनाउँदा वार्षिक बिदामा ध्यान पु¥याउनुपर्छ । हामीले क्यालेण्डर बनाउँदा कम्तिमा २२० दिनभन्दा बढी कक्षा हुनुपर्छ भन्ने मान्यता हो ।
नाईटिङ्गेलको भावी योजनाहरुमा देश काल परिस्थिति सुहाउँदो सकेसम्म न्यूनतम शुल्कमा विद्यार्थीहरुलाइ अझ गुणस्तरीय शिक्षा र भौतिक सुविधा उपलब्ध गराउने, १०० सैयाको अत्याधुनिक सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, विद्यालय तहका विद्यार्थीहरुलाई विभिन्न अन्तर्राष्ट्रिय विद्यालयहरुसँग सहकार्य गरी शैक्षिक तथा सांस्कृतिक आदानप्रदान भ्रमण गराउने रहेको छ । आजको विश्वमा हाम्रो विद्यार्थी कुनै क्षेत्रमा पछि नपरुनु भन्नका लागि उमेरअनुसार ड्राइभिङ, कुकिङ, स्विमिङ तथा अनिवार्य रुपमा सबैलाई खाली हात नहुने खालको सीपमूलक तालिम दिई सक्षम बनाउने, कलेज तहमा बीबीए÷एमबीए कार्यक्रम सञ्चालन गर्ने नर्सिङमा बीएन र बीएससी नर्सिङको कार्यक्रम सञ्चालन गर्ने सोच रहेको छ ।
हामीले विद्यालयमा अध्यापन गर्दा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा मिटिङ छलफल गरी शैक्षिक क्यालेण्डर निर्माण गर्छौं । क्यालेण्डर बनाउँदा वार्षिक बिदामा ध्यान पु¥याउनुपर्छ । हामीले क्यालेण्डर बनाउँदा कम्तिमा २२० दिनभन्दा बढी कक्षा हुनुपर्छ भन्ने मान्यता हो । त्यो क्यालेण्डरमा वार्षिक बिदा, परीक्षाका कुरा, यूनिट टेस्ट, वार्षिक परीक्षालगायत वर्षभरीमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप समेत क्यालेण्डरमा समावेश गरिनुपर्छ ।
विद्यालयलाई नेपाल सरकारले शान्ति क्षेत्र घोषणा गरेको छ । विद्यालयलाई अति आवश्यक एम्बुलेन्स जस्तै छुटमा राखिएको छ । शैक्षिक सत्रको सुरुवातमा राजनीतिक पार्टीका भातृ संगठनहरुले बन्द, हड्ताल गरेको देखिन्छ । विद्यार्थीमा बन्द हड्तालले मानसिक र आर्थिक तनाव उत्पन्न भएको हुन्छ । अभिभावकहरुलाई मेरा छोराछोरीहरु स्कूल गएपछि फर्केर आउँछन् कि आउँदैनन् भन्ने जस्ता डर पालेर बस्नु परेको छ । यो समस्याले विद्यार्थीहरु बाध्य भएर विदेश पलायन भएको समस्याहरु हामीले देखेका छौं ।
राज्यले नीतिगत रुपमा केही विषयहरु ध्यान दिनुपर्छ । निजी तथा आवसीय विद्यालयहरुको छुट्टै ऐन बन्नुपर्छ । यसअन्तर्गत निजी विद्यालयले फस्टाउने बृद्धि विकास र नियन्त्रणमा ध्यान पु¥याउनुपर्छ । शिक्षा व्यावहारिक प्रयोगात्मक र प्रविधिमा बढी जोड दिनु पर्छ । यी तीन विषयले नेपालको शैक्षिक स्तरलाई बढाउँन सक्दछ ।
0 Comments